१० आश्विन २०८१ बिहीबार
image/svg+xml
अर्थ

किसानलाई उन्नत जातका बाख्रा र बोका वितरण

सहिद भूमि गाउँपालिका धनकुटाले किसानलाई उन्नत जातका बोयर बाख्रा तथा बोका वितरण गरेको छ।

गाउँपालिकाको वडा नं १ धापमा रहेको धाप इनोभेटिक पशुपालन कृषि समूहलाई १३ वटा उन्नत जातको बोयर बाख्रा र २ वटा बोका वितरण गरेको हो। गाउँपालिकाका उपाध्यक्ष रत्नश्वरी राईले बाख्रा र बोका वितरण गरिएको पशु शाखा प्रमुख नगेन्द्र पौडेलले जानकारी दिए।  

मासुमा आत्मनिर्भर ताथा व्यवसायिक पशुपालन व्यवसाय विस्तारका लागि गाउँपालिकाले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत बाख्राका साना व्यवसाय उत्पादन केन्द्र पकेट विकास कार्यक्रमबाट ३ लाख बराबरको बाख्रा तथा बोका वितरण गरिएको गाउँपालिकाले जनाएको छ।

पालिकाले जम्मा ५ वटा कृषि समूहलाई वितरण गर्ने योजना रहेको गाउँपालिकाले जनाएको छ।

प्रकाशित: १३ असार २०७८ ११:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App