२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

अस्ट्राजेनेका खोप शनिबार र सोमबार आइपुग्ने

जापान सरकारले नेपाललाई कोरोनाविरुद्वको थप अस्ट्राजेनेका खोप उपलब्ध गराउने भएको छ। जापानले नेपाललाई दिने भनेको १६ लाख डोजमध्ये आधा यसअघि नै आइसकेको छ भने बाँकी शनिबार र सोमबार गरेर नेपाल आइपुग्ने छ।

नयाँ दलले मान्यता पाएपछि मात्र मन्त्रिपरिषद् विस्तार

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकमा केही समय मन्त्रिपरिषद् विस्तार नगर्ने समझदारी भएको छ । दाहालले भने, ‘निर्वाचन आयोगमा दर्ता नयाँ पार्टीको सनाखत हुनेबित्तिकै मन्त्रिपरिषद् विस्तार हुन्छ ।’

मनाङका बाढीपीडितलाई घर बनाउन दुई लाख दिइने

मनाङमा यो बर्खामा ८५ घर पूर्ण रूपमा क्षति भएको प्रदेश सरकारले बताएको छ । नासों गाउँपालिका–१ मा मात्र ७० घरमा क्षति पुगेको छ। त्यस्तै धारापानीमा १२ घरमा क्षति पुगेको गाउँपालिका अध्यक्ष चन्द्र घलेले बताए।

वाग्मती प्रदेश प्रमुखमा शर्मा सिफारिस

प्रसाईंलाई ओली नेतृत्वको तत्कालीन सरकारले प्रदेश प्रमुख बनाएको थियो। देउवा नेतृत्वको सरकारले लुम्बिनी, गण्डकी र प्रदेश २ प्रमुखमा नयाँ नियुक्ति गरिसकेको छ।

२०८० सम्म प्रत्येक प्रदेशमा एउटा सरकारी मेडिकल शिक्षण संस्था स्थापना हुने

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २०८० सम्म प्रत्येक प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल शिक्षण संस्था स्थापना गर्ने बताएको छ।

अफगानिस्तानमा रहेका नेपालीलाई छिटो उद्धार गर्न सरकारलाई निर्देशन

प्रतिनिधिसभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिले अफगानिस्तानमा रहेका नेपालीहरुको छिटो उद्धार गरी स्वदेश फिर्ता ल्याउन सरकारलाई निर्देशन दिएको छ।

ढुंगेपाटनमा बंगलादेश बैंकको विस्तारित सेवा

नेपाल बंगलादेश बैंकले कास्कीको पोखरा महानगरपालिकाको वडा नम्बर ३० खुदी ढुंगेपाटनमा विस्तारित सेवा सञ्चालनमा ल्याएको छ।

लुम्बिनीमा दुई सांसदलाई कारबाहीको माग गर्दै एमालेले गर्‍यो सदन अवरुद्ध

लुम्बिनीमा नयाँ सरकार गठन पछि आह्वान भएको संसद अधिवेशनको पहिलो बैठक एमालेको अवरोधका कारण स्थगित भएको छ। ४ दलीय गठबन्धन सरकारको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले मंगलबार संसदको नवौं अधिवेशन आह्वान गरेका थिए।

दशैं अघि नै सरकार परिवर्तन हुन्छः प्रमुख सचेतक कार्की

‘अविश्वासको प्रस्ताव आउला भन्ने डरले संसदको अधिवेशन सरकारले अन्त्य गरेको हो’, कार्कीले भने, ‘शेरधन राई नेतृत्वको सरकार संसददेखि डरले जति भागेपनि सरकार परिवर्तन भएरै छाड्ने निश्चित छ,’ कार्कीले भने।

कस्तो होला तालिवानको नयाँ सरकार?

नयाँ सरकारका बारेमा अफगानिस्तान, तालिबान र अन्तरराष्ट्रिय मामिलाका जानकारले आआफ्ना अनुमान सार्वजनिक गरिरहेका छन्। उनीहरुमध्ये अधिकांशले अफगानिस्तानमा फेरि पनि कट्टरपन्थी, रुढीवादी, अनुदारवादी र अलोकतान्त्रिक शासन व्यवस्था लागू हुने अनुमान गरेका छन्।

सरकारका क्रियाकलाप विरुद्ध सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय

नेकपा एमालेले सरकारका असंसदीय, अलोकतान्त्रिक र विभाजनकारी योजनाको सशक्त प्रतिवाद गर्ने बताएको छ। ललितपुरको च्यासल स्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा मंगलबार बसेको स्थायी कमिटीको बैठकले सो निर्णय गरेको हो।

अधिवेशन अन्त्य गरेपछि बजेटमा अन्योल

सरकारले संसद् पुनःस्थापनापछि दोस्रोपटक क्रियाशील भएको संसदको अधिवेशन सोमबार २९ दिनमै अन्त्य गरेको छ। अब तत्काल अधिवेशन बोलाउने सम्भावना कम रहेकाले आर्थिक अध्यादेश संसदबाट पारित हुने सम्भावना कम छ। भदौ ३० सम्म अध्यादेश संसदबाट पास भएर राष्ट्रपतिबाट प्रमाणीकरण नभए चालु आवको बजेटको वैधानिकता हुँदैन।

पारामा पनि दर्शकलाई अनुमति छैन

पारा ओलम्पिक २०२० एक सातापछि सुरु हुँदै छ। ‘हालै मात्र टोकियो ओलम्पिक २०२० सफलतापूर्वक सम्पन्न भयो। त्यस दौरान अपनाइएका सुरक्षाविधि यस पटक पनि अपनाइनेछ। त्यसमा थप केही स्वास्थ्य मापदण्ड जारी गरिनेछ,’ जापान सरकार र अन्तर्राष्ट्रिय पारा ओलम्पिक कमिटीले सोमबार जारी गरेको संयुक्त विज्ञप्ति भनिएको छ, ‘प्रतियोगितादौरान दर्शक प्रवेशमा पूर्ण रूपमा रोक लगाइएको छ ।’

मन्त्रीको लागि भैंसेपाटीमा २७ वटा सुविधा सम्पन्न भवन तयार

सहरी विकास मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंहले सकेसम्म आगामी चैत महिनामा, कारणवश चैतमा नसके वैशाख महिनासम्म पुल्चोकस्थित मन्त्री क्वार्टरलाई भैंसेपाटीमा सार्ने तयारी भएको बताए। ‘भवन निर्माण भइसकेका छन्। रंगरोगन र फिनिसिङको मात्र काम बाँकी छ,’ सिंहले भने, ‘त्यो काम पनि चैतसम्म पूर्णरूपमा सक्ने योजना छ।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्