१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

ढुंगेपाटनमा बंगलादेश बैंकको विस्तारित सेवा

नेपाल बंगलादेश बैंकले कास्कीको पोखरा महानगरपालिकाको वडा नम्बर ३० खुदी ढुंगेपाटनमा विस्तारित सेवा सञ्चालनमा ल्याएको छ। उक्त सेवा केन्द्रको औपचारिक उद्घाटन पोखरा महानगरपालिका वडा नम्बर ३० का वडा अध्यक्ष श्रीराम पोखरेलले गरेका छन्।

उक्त सेवा केन्द्रले महानगरपालिकाको वार्ड नम्बर २९, ३०, ३१, ३२ तथा ३३ मा वित्तीय पहुँच  पुर्‍याई हरेक नेपालीको एक बैंक खाता खोल्ने नेपाल सरकारको नीतिलाई सघाउ पुर्‍याउने  उद्देश्य लिएको बैंकले जनाएको छ। उक्त विस्तारित सेवा केन्द्र पोखरा विश्वविद्यालय हातानजिकै खोलिएकाले विश्वविद्यालयमा अध्ययनरत विद्यार्र्थी तथा शिक्षक वर्ग पनि लाभान्वित हुने बैंकको विश्वास छ। हाल बैंकले एक सय शाखा, आठ एक्सटेन्सन काउन्टर, तथा ८१ एटिएमबाट बैंकिङ सुविधा दिँदै आएको छ।

प्रकाशित: २ भाद्र २०७८ ०३:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App