२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

अफगानिस्तानमा रहेका नेपालीलाई शीघ्र उद्धार गर्ने सरकारको निर्णय

सोमबाार बसेको मन्त्रीपरिषदको बैठकले अफगानिस्तानमा भएको घटनाप्रति गम्भिर चासो देखाउँदै त्यहाँ रहेका नेपालीलाई शीघ्र उद्धार गर्ने निर्णय गरेको हो।

लुम्बिनी सरकारको पहिलो निर्णय: क्यान्सर,मिर्गौला र मुटुका रोगीलाइ २ लाख सहयोग

लुम्बिनी प्रदेश सरकारले क्यान्सर,मिर्गौला र मुटुका रोगका बिरामीलाइ २ लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।

राजस्व दोब्बर पार्न अर्थमन्त्रीको निर्देशन

अर्थसचिव मधुकुमार मरासिनीले राजस्व देशकै प्राणरेखा भएको भन्दै संकलनको निर्धारित लक्ष हेरफेर हुने संभावना रहेको बताए। राजस्व समूहका कर्मचारीले १०–५ को ड्यूटी गरेर नपुग्ने भएकाले सोही अनुसार थप जाँगर चलाएर काममा खटिन निर्देशन दिए।

कोरिया रोजगारी सुरु हुन समय लाग्ने

पहिलो लहरको कोरोना महामारी फैलिएका बेला नेपालले बन्द गरेको कोरिया रोजगारी अहिले कोरिया सरकारले बन्द गरेको हो।

कुलमान बुढो भएपछि के गर्छ त यो सरकारले? : सांसद महत

‘पुरानो सरकारले हनुमान मात्रै देख्यो। नेपाल सरकारले कुलमान मात्रै देख्यो। एउटा सरकारले हनुमान बाहेक अरु नदेख्ने, एउटा सरकारले कुलमान बाहेक अरु नदेख्ने। यसको मतलव मैले कुलमानलाई हनुमानसँग दाँजेको होइन, हनुमानले त हाम्रो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान धुँजाधुँजा पारिहाले,' उनले भने।

लुम्बिनीमा एमाले सरकार ढल्यो

चार दल सम्मिलित विपक्षी गठबन्धनका प्रमुख दुई दल कांग्रेस र माओवादी केन्द्रले प्रदेश सरकारको बाँकी अवधि ‘आधाआधा’ नेतृत्व गर्ने सहमति गरेका छन्।

सरकारको प्राथमिकतामा परेन एमसिसी

प्रमुख प्रतिपक्षी दलका नेता तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धनको न्यूनतम साझा कार्यक्रममा एमसिसी उल्लेख नभएको भन्दै प्रश्न उठाएका छन् ।

ओली आरोप, आक्रोश र अपेक्षा

ओलीले आफूले सरकारको नेतृत्व गर्दा गरेका कमीकमजोरी ढाकछोप गर्दै गठबन्धन सरकारका प्रधानमन्त्री शेरबहादुर देउवाले अब १५ महिना सरकार चलाउने, त्यसपछि आफू नै शक्तिमा आउने बताए। उनले सरकारले भूमिसम्बन्धी आयोग खारेज गरेका प्रति असन्तुष्टि पोख्दै यसबाट सुकुमबासीको घाँटी सेर्ने काम भएको बताए।

वित्तीय अनुशासनमा विचलनः अर्थतन्त्रलाई नयाँ गति प्रदान गर्ने अर्थमन्त्रीको घोषणा

अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभालाई मुलुकको आर्थिक अवस्थाबारे जानकारी गराउँदै जनताको स्वास्थ्य रक्षा गरी थप राहत र पुनस्र्थापनाका कार्यक्रम एवं नीतिगत सुधारका माध्यमबाट अर्थतन्त्रलाई नयाँ गति प्रदान गर्नु वर्तमान सरकारको दायित्व र प्राथमिकता दुवै रहेको बताएका छन्।

सरकारले बाढीग्रस्त मेलम्ची क्षेत्रमा तत्काल चार वटा यान्त्रिक पुल निर्माण गर्ने

प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा मंगलबार अपरान्ह सिंहदरवारमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकले प्रभावित क्षेत्रको जनजीवनलाई सहज बनाउने गरी बाढीग्रस्त मेलम्ची क्षेत्रमा तत्काल ४ वटा यान्त्रिक पुल निर्माण गर्ने निर्णय गरेको हो।

'ओली फोबिया'का कारण सरकार विस्तार हुन सकेन: खिमलाल भट्टराई

‘केपी ओली सिंहदरबार छोडेर, बालुवाटार छोडेर उहाँ बालकोट जानुभाको छ। तरपनि राजनीति चाहीँ उहाँकै वरिपरि घुमेजस्तो चाहीँ हामी देख्छौँ,' उनले भने, 'सदनमा आउँदा पनि उहाँकै चर्चा हुन्छ। सदनमा आउँदाखेरी कतिपय सत्तापक्षका माननीयहरुले उहाँको विरोधमा चर्चा गरिराख्नुभएको हुन्छ। आज सरकार बनिराखेको छैन। मलाई के लाग्छ भने यो सरकार नबन्नुको पछाडी पनि केपी ओलीकै फोबिया छ की भन्ने मलाई लाग्छ।’

राष्ट्रियसभा बैठकः जयसिंह धामीको घटनाबारे सत्यतथ्य बाहिर ल्याउन नसकेको भन्दै सरकारको चर्को आलोचना

राष्ट्रियसभाका सांसदहरुले तुईन तर्ने क्रममा महाकाली नदीमा बेपत्ता भएका जयसिंह धामीको घटनाबारे अझै पनि सत्यतथ्य बाहिर ल्याउन नसकेको भन्दै सरकारको चर्को आलोचना गरेका छन्।

फुटबल ग्राउण्ड निर्माणमा विवाद

'एक स्थानीय तह एक खेलमैदान' निर्माण गर्ने संघीय सरकार र स्थानीय सरकारको अवधारणा अनुसार हलेसी तुवाचुङ नगरपालिकाले सुरु गरेको खेलमैदान निर्माणको काम सुरुवाती चरणबाटै विवादमा फसेको हो।

मन्त्रिपरिषद् बैठक : कर्मचारीको नयाँ तलबमान स्वीकृत

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको नेपाल सरकारका प्रवक्तासमेत रहेका कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

ओली सरकारले गरेका असंवैधानिक नियुक्ति खारेज गर्छौं : देवेन्द्र पौडेल

नेकपा (माओवादी केन्द्र) का नेता तथा सांसद देवेन्द्र पौडेलले ओली सरकारले गरेका असंवैधानिक नियुक्तिहरु खारेजी गर्ने र नयाँ नियुक्तीहरु गरिने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्