६ वैशाख २०८१ बिहीबार
राजनीति

अफगानिस्तानमा रहेका नेपालीलाई शीघ्र उद्धार गर्ने सरकारको निर्णय

सरकारले अफगानिस्तानमा रहेका नेपालीलाई शिघ्र उद्धार गर्ने निर्णय गरेको छ। सोमबाार बसेको मन्त्रीपरिषदको बैठकले अफगानिस्तानमा भएको घटनाप्रति गम्भिर चासो देखाउँदै त्यहाँ रहेका नेपालीलाई शीघ्र उद्धार गर्ने निर्णय गरेको सरकार प्रवक्ता ज्ञानेन्द्र कार्कीले बताए ।

उनले भने, ‘अफगानिस्तानमा विकसित घटनाप्रति सरकारको गम्भिर चासो लिँदै त्यहाँ रहेका नेपाली नागरिकहरुलाई सकुशल शीघ्र उद्धार गर्ने । त्यसका लागि नेपाल सरकारका सम्बन्धित निकायलाई समन्वयात्मक रुपमा कार्य अघि बढाउन निर्देशन दिने।’

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले उद्धारका लागि नेपाल सरकारका सम्बन्धित निकायहरुलाई तत्काल कार्य अगाडि बढाउन निर्देशन दिएको छ।  

यस्तै, बेलायतमा जारी भूतपूर्व ब्रिटिस गोरखा सैनिकको आमरण अनशनमा पनि सरकारको ध्यानाकर्षण भएको जनाएको छ। भूतपूर्व ब्रिटिस गोरखा सैनिकका समस्या कुटनितिक माध्यमबाट समाधान गर्न नेपाल सरकार अघि बढिको र अनशन विरोध लगायतका कार्यहरु तत्काल फिर्ता लिन उनिहरुलाई आह्वान गरेको छ।

प्रकाशित: ३२ श्रावण २०७८ ०६:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App