१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

राष्ट्रियसभा बैठकः जयसिंह धामीको घटनाबारे सत्यतथ्य बाहिर ल्याउन नसकेको भन्दै सरकारको चर्को आलोचना

फाइल तस्बिर

राष्ट्रियसभाका सांसदहरुले तुईन तर्ने क्रममा महाकाली नदीमा बेपत्ता भएका जयसिंह धामीको घटनाबारे अझै पनि सत्यतथ्य बाहिर ल्याउन नसकेको भन्दै सरकारको चर्को आलोचना गरेका छन्।

मंगलबार राष्ट्रियसभा बैठकको शुन्य समयमा बोल्दै सांसद दीपा गुरुङले महाकाली नदीमा बेपत्ता भएका धामीको घटनाको सत्यतथ्य बाहिर ल्याउन ढिलाई नगर्न पनि सरकारलाई सचेत गराइन्।  

उनले भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन काटेर महाकाली नदीमा बेपत्ता भएका धामीको घटना जघन्य अपराध भएको बताइन्। सांसद गुरुङले शहीद गोविन्द गौतमलाई गोली हानेर एसएसबीले मारेको घटना नेपाली जनताको मानसपटलमा ताजै रहेकोले यो घटनाको चाँडो सत्यतथ्य बाहिर ल्याउन सरकारको ध्यानाकर्षण गराइन्।

'आज भन्दा १२ दिनअघि महाकाली नदीमा भएको तुइन दुर्घटना हामी नेपालीहरुको निम्ति भारतीय फौजबाट भएको दोश्रो जघन्य अपराध हो, शहिद गोविन्द गौतमलाई पनि गोली हानेर मृत्युशैय्यामा पुर्‍याएको घाउ हाम्रो मानसपटलमा ताजै छ, अहिले पनि तिनै भारतीय फौजबाट तुइन काटेर मान्छे मार्ने काम प्रत्यक्षदर्शीबाट खुलासा भएको छ', उनले भनिन्, 'सरकारले छानबिन समिति बनाएपनि आजसम्म सत्य बाहिर आउन सकेको छैन, विगतमा भका यस्तै थुप्रै जघन्य अपराध सिमानामा भएका नेपालीहरुले मानसिक र शारीरिक भोग्दै आएका छन् र जयसिंह धामीको त आलै घाउ छ। यो गठबन्धन सरकारले सत्यतथ्यमा आधारित छिटो भन्दा छिटो घटनाको विवरण बाहिर ल्यायोस्, सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछु।'

त्यसैगरी सांसद नैनकला ओझाले कालापानी लिपुलेक, लिम्पियाधुराको भारततद्वारा मिचिएको जमिन छिटो भन्दा फिर्ता गराउन सरकारको ध्यानाकर्षण गराएकी छन्। उनले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले उक्त जमिन फिर्ता हुनुपर्छ भन्दै गर्दा कसको निर्देशनमा विवाद अघि सारेर सरकारले गरेका राम्रा काममा भाँजो हालेको भन्दै प्रश्न समेत गरिन्।

उनले भनिन्, 'कालापानी लिपुलेक, लिम्पियाधुराको भारतद्वारा मिचिएको जमीन छ, त्यो जमीन फिर्ता हुनुपर्छ भन्दै गर्दा एक्कासी के का लागि, कसको निर्देशनमा विवाद मात्र अघि सारी सरकारले गरेका राम्रा काममा पनि अपव्याख्या गरी असहयोग गर्ने काम भयो?'

प्रकाशित: २६ श्रावण २०७८ ०८:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App