१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
राजनीति

लुम्बिनी सरकारको पहिलो निर्णय: क्यान्सर,मिर्गौला र मुटुका रोगीलाइ २ लाख सहयोग

लुम्बिनी प्रदेश सरकारले क्यान्सर,मिर्गौला र मुटुका रोगका बिरामीलाइ २ लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। बिहीबार साँझ बसेको मन्त्रीपरिषद्काे पहिलो बैठकले क्यान्सर,मिर्गौला पत्यारोपण र मुटुको भल्भ फेर्नु पर्ने बिरामीलाइ अहिले पाइरहेको सेवा सुविधाका अतिरिक्त थप २ लाख रुपैँया उपलब्ध गराउने निर्णय गरेको हो।  

मुख्यमन्त्री कुलप्रसाद केसीको अध्यक्षतामा बसेको बैठकले काभिड-१९ का बिरामीको तत्काल उद्धार गर्न हटलाइन एम्बुलेन्स सञ्चालन गर्ने, कोरोना प्रभावित क्षेत्रमा घुम्ति शिविरमार्फत एन्टिजेन परीक्षण गर्ने र प्रभावितको उपचार र उद्धार गर्ने निर्णय गरेको छ। कोरोना खोपलाइ प्रभावकारी बनाई प्रदेशका जनतालाइ खोपको सुनिश्चिता गर्न विशेष व्यवस्था गर्ने  निर्णय गरेको छ। बैठकले प्रदेश नं. ५ प्रदेश सरकार कार्यसम्पादन पहिलो संशोधन नियमावली २०७८ स्वीकृत गर्ने निर्णय गरेको छ।  

बैठकले सरकारको प्रवक्तामा मन्त्री कृष्णध्वज खड्कालाइ चयन गरेको छ। मुख्यमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा अम्मरबहादुर डाँगीलाइ नियुक्त गरीएको छ। दाङबाट प्रदेशसभामा निर्वाचित एमालेका तत्कालिन सांसद डाँगीले गत वैशाखमा पदबाट राजीनामा दिएका थिए।

प्रकाशित: २९ श्रावण २०७८ ०५:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App