२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

कुलमान बुढो भएपछि के गर्छ त यो सरकारले? : सांसद महत

क्याप्शन

सांसद गजेन्द्रबहादुर महतले वर्तमान सरकारले कुलमान मात्रै देखेको भन्दै टिप्पणी गरेका छन्। सरकारले कुलमान घिसिङ बाहेक अर्को मान्छे नभएको जस्तो गरेको भन्दै कुलमान बुढो भएपछि सरकारले के गर्छ भन्ने प्रश्न गरेका छन्।  

प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद महतले डुबेका नेपाल एयरलाइन्स लगायतका संस्थानतर्फ पनि सरकारको ध्यानाकर्षण गराएका छन्।  

‘पुरानो सरकारले हनुमान मात्रै देख्यो। नेपाल सरकारले कुलमान मात्रै देख्यो। एउटा सरकारले हनुमान बाहेक अरु नदेख्ने, एउटा सरकारले कुलमान बाहेक अरु नदेख्ने। यसको मतलव मैले कुलमानलाई हनुमानसँग दाँजेको होइन, हनुमानले त हाम्रो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान धुँजाधुँजा पारिहाले,' उनले भने।

उनले अगाडि भने, 'पाँच महिनाको तलव एकैपटक हाजिर नभएका मान्छेलाई कर्मचारीले खुवाइरहेका छन्। कुलमानले विद्युत प्राधिकरणलाई फाइदामै ल्याएका छन्। तर कुलमान बाहेक अर्को मान्छे छैन त? कुलमान बुढो भएपछि के गर्छ त यो सरकारले? कुलमान बुढो भएपछि अर्को कुलमान कसरी खोज्छ त? विद्युत प्राधिकरण मात्रै छ? कुलमान मात्रै छ? नेपाल एयरलाइन्स छैन? अरु संस्थानहरु डुबेका छैनन्? खाली किन कुलमान मात्रै?’

प्रकाशित: २८ श्रावण २०७८ १०:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App