६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

सरकारका क्रियाकलाप विरुद्ध सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय

नेकपा एमालेले सरकारका असंसदीय, अलोकतान्त्रिक र विभाजनकारी योजनाको सशक्त प्रतिवाद गर्ने बताएको छ। ललितपुरको च्यासल स्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा मंगलबार बसेको स्थायी कमिटीको  बैठकले सो निर्णय गरेको हो।  

'हाम्रो पार्टी गठबन्धन सरकारका यस्ता असंसदीय, अलोकतान्त्रिक र विभाजनकारी योजनाप्रति गम्भीर विरोध प्रकट गर्दछ। लोकतान्त्रिक प्रणालीलाई नै विवादित बनाउने र सङ्कटतिर धकेल्ने यस क्रियाकलाप प्रति खबरदारी गर्दै सशक्त प्रतिवादगर्ने सङ्कल्प गर्दछ।' पार्टीका प्रवक्त प्रदीप ज्ञावालीद्वारा हस्ताक्षर गरेको पत्रमा भनिएको छ, 'यसबाट उत्पन्न हुने परिणामप्रति सरकार नै जिम्मेवार हुनुपर्ने छ। पार्टीका सबै नेता, कार्यकर्ताहरुलाई पार्टीलाई विभाजित गर्ने हरेक षड्यन्त्रकाविरुद्ध दृढतापूर्वक उभिन र पार्टी एकताको पक्षमा सक्रिय योगदान गर्न आह्वान गर्दछ।'

संसदलाई एक महिनासम्म बिजनेस विहीन बनाएर गठबन्धनले यस अगाडि भनिएका विषय ढोंग र आडम्बर देखाएको एमालेको भनाई छ। 'संसद अधिवेशनलाई आकस्मिक रुपले अन्त्य गरेर पार्टी विभाजनकालागि अध्यादेश ल्याउने, प्रमुख प्रतिपक्षीदल भित्रका केही अराजक र पद लोलुप व्यक्तिहरुलाई विभाजनका लागि वैधानिक आधार प्रदान गर्ने र लोकतान्त्रिक प्रणाली भित्र चरम विकृति र भ्रष्टता भित्र्याउने जुन तयारी गरिँदैछ, यो विषय अत्यन्त आपत्तिजनक, निन्दनीय र अस्वीकार्य छ।' 

यस्तै, एमालेले अफगानिस्तानमा रहेका नेपालीहरुको शीघ्र र सुरक्षित स्वदेश फिर्ती सुनिश्चित गर्न माग समेत गरेको छ।

प्रकाशित: १ भाद्र २०७८ ११:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App