१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

एमालेले दियो अक्सिजन कन्सन्ट्रेटर र १ लाख मास्क

कोभिड–१९ को नियन्त्रण र रोकथामका लागि चिनियाँ कम्युनिस्ट पार्टीबाट प्राप्त हाइड्रोजन अक्सिजन जेनेरेटर विथ नेबुलाइजर (कन्सन्ट्रेटर) ३० थान र एन–नाइन्टी फाइभ मास्क १ लाख सरकारलाई हस्तान्तरण गरेको पार्टी महासचिव कमरेड ईश्वर पोखरेलले बताए।

होम डेलिभरी नरोक्न अन्तरिम आदेश

सर्वोच्च अदालतले कोभिड–१९ को नियन्त्रण तथा न्यूनीकरणका लागि जारी निषेधाज्ञाका समयमा पनि अनलाइनबाट हुने कारोवार तथा होम डेलिभरी नरोक्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ।

जब वुहानको झल्को दियो !

विशेषतः मधुमेहका बिरामीलाई ‘कालो ढुसी’को समस्या देखिएको छ। दोस्रो लहरमा धेरै मानिस सिकिस्त भए र एस्टेरोइडजस्ता औषधि जथाभावी चिकित्सकको परामर्शबिनै प्रयोग गर्दा वा अस्पतालमै पनि लामो समय प्रयोग गर्दा ‘कालो ढुसी’को समस्या देखिँदै गएको भनिएको छ। कालो मात्र नभएर ‘सेतो ढुसी’को समेत समस्या देखिएको छ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ‘कोभिड–१९ विशेष’ ओपिडि सुरु

पाेखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले कोभिड–१९ को विशेष ओपिडि सेवा पनि सुरु गरेको छ।

कोभिड दोस्रो लहरबाट सबै गाउँपालिकामा असर

निकाे हुने ९३ जना, एक जनाको जिल्ला अस्पतालबाट रिफर र एक जनाको मृत्यु भएको जनाइएको छ। त्यस्तै कोरोना पोजेटिभबाट सक्रिय संख्या ७३ जना रहेकाे छ।

उदयपुरमा काेराेनाः १३ संक्रमित थपिदा २२ निको, २ को मृत्यु

उदयपुरमा पछिल्लो २४ घण्टामा ४ महिलासहित १३ जना नयाँ संक्रमित थपिएका छन्। यो सँगै जिल्लामा सक्रिय संक्रमितको संख्या १ हजार १ सय ३१ पुगेको छ। जसमा महिलाको संख्या ५ सय ८ र पुरुष ६ सय २३ छन्।

संकट सामनामा गुणस्तरीय तथ्यांक

विश्वव्यापी मानवीय प्रणाली निकै प्रभावकारी छ। तर आजको खास आवश्यकता के हो भन्ने कुरा निश्चयका साथ भन्न सजिलो छैन।

ख्वप अस्पताल कोभिड युनिटलाई साढे चार करोड सहयोग

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताल कोभिड युनिटका विभिन्न सहकारी संस्था, संघसंस्था र दाताहरूबाट आर्थिक सहयोग प्राप्त हुने क्रम शुक्रबार पनि जारी रह्यो।

उपत्यकामा खाद्य पसल खोल्ने गरी थपिएको निषेधाज्ञाः के गर्न पाइने, के नपाइने ?

कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि जारी भएको काठमाडौँ उपत्यकाको निषेधाज्ञाका समयमा आजदेखि खाद्य पसल खोल्न पाइने छ । उपत्यकाका तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीसहित बुधबारको बैठकले आजदेखि लागू हुने गरी केही खुकुलो पार्दै १० दिन निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको थियो ।

धादिङमा अक्सिजन मिनिप्लान्ट जडान

धादिङबेसीस्थित अस्थायी कोभिड अस्पतालमा अक्सिजन मिनिप्लान्ट जडान गरिएको छ । नीलकण्ठ नगरपालिकाले ३३ लाख लगानीमा २ वटा मिनि अक्सिजन प्लान्ट जडान गरिएको हो । यो अक्सिजन प्लान्ट जिल्लाकै पहिलो हो ।

कर्णालीमा थप ६ जना संक्रमितको मृत्यु

कोभिड–१९ (कोरोना भाइरस) संक्रमणका कारण पछिल्लो २४ घण्टाभित्र कर्णालीमा ६ जनाको मृत्यु भएको छ । प्रदेश राजधानी सुर्खेतमा चार, रुकुम पश्चिम र हुम्लामा एक/एकजना कोरोना भाइरस संक्रमितको मृत्यु भएको हो ।

नेपालमा अहिले नयाँ भेरियन्ट भेटिएको छैन : स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोभिड–१९ को कुनै नयाँ भेरियन्ट नभेटिएको स्पष्ट पारेको छ।

रसुवाका दुईवटा अस्पतालका लागि स्वास्थ्य सामग्री हस्तान्तरण

प्रतिनिधि सभा सदस्य मोहन आचार्यले प्रमुख जिल्ला अधिकारी तथा केन्द्रका संयोजक ईश्वरीप्रसाद ढकाललाई सामग्री हस्तान्तरण गरेका छन्।

वीपीको कोभिड अस्पतालमा ५ वर्षीय बालकको ब्रेन ट्युमरको शल्यक्रिया

‘ट्युमरको ठूलो अप्रेशन नै हो, हिजोको भन्दा आज राम्रो भएको छ । छटपटाएर दिमागमा रगत जम्न नदिन एक दुई दिन बेहोस् जस्तै राख्छौं,’ डा.दाहालले भने ।

किस्टमा निःशुल्क कोभिड ओपिडी

किस्ट शिक्षण अस्पतालले निःशुल्क ओपिडी सेवा सुरु गरेको छ। कोभिड ओपिडीमा बिरामीका लागि क्लिनिकल परामर्श, आहार परामर्श र फिजियोथेरापी जस्ता सेवा निःशुल्क उपलब्ध हुनेछन्। साथै कोभिड बिरामीका लागि अन्य परामर्श चाहिएमा आवश्यकता अनुसार निःशुल्क रूपमा उपलब्ध गराउने किस्ट शिक्षण अस्पतालले जानकारी गराएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्