२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

कोभिड दोस्रो लहरबाट सबै गाउँपालिकामा असर

कोभिड–१९ को दोस्रो लहरबाट हुम्लाको सातवटै गाउँपालिकामा असर गरेको छ। जिल्लाका गाउँपालिकामा पि.सि.आर र एन्टिजेन विधिबाट एक हजार १५५ जनामा परीक्षण गर्दा हालसम्म १६६ जनामा पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी भक्ति फडेराले जानकारी दिए।  

सञ्चो हुने ९३  जना, एक जनाको जिल्ला अस्पतालबाट रिफर र एक जनाको मृत्यु भएको जनाइएको छ। त्यस्तै कोरोना पोजेटिभबाट सक्रिय संख्या ७३ छ।  

रेडक्रसद्वारा जिल्ला स्वास्थ्य कार्यालयलाई मास्क  

नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयले हुम्लालाई २० हजार पाँच सय थान मास्क हस्तान्तरण गरेको छ। जिल्लाका स्वास्थ्यकर्मीलाई पाँच हजार, १० उपशाखा कार्यालयलाई एकएक हजार, सुरक्षामा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीलाई एकएक सय र स्वयंसेविकालाई केही मास्क वितरण गरिएको रेडक्रसका सभापति गणेशबहादुर महतले बताए। रासस 

प्रकाशित: २४ जेष्ठ २०७८ १०:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App