१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

रसुवाका दुईवटा अस्पतालका लागि स्वास्थ्य सामग्री हस्तान्तरण

रसुवामा सञ्चालनमा रहेका रसुवा अस्पताल र जीवजीवे ग्रामीण अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ। कोभिड–१९ को जोखिमलाई न्यूनीकरण गर्नका लागि जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र रसुवामार्फत सामग्री हस्तान्तरण गरिएको हो।  

प्रतिनिधि सभा सदस्य मोहन आचार्यले प्रमुख जिल्ला अधिकारी तथा केन्द्रका संयोजक  ईश्वरीप्रसाद ढकाललाई सामग्री हस्तान्तरण गरेका छन्। प्राप्त भएको सामग्री आवश्यकताअनुसार वितरण गरिने प्रजिअ ढकालले बताए। ‘आएका सामग्री रसुवा अस्पतालमा पठाइएको छ’, उनले भने, ‘अस्पतालले आवश्यक व्यवस्थापन गर्नेछ।’  

प्रतिनिधि सभा सदस्य आचार्यले आफ्नो व्यक्तिगत खर्चमा बाइलेभल पोजेटिभ एयरवे प्रेसर (बाइम्याप) ४ थान, सर्जिकल मास्क ३ हजार पिस, अक्सिमिटर ३० वटा, बेड ५ वटा प्रदान गरेका छन् । त्यसैगरी उनले पहल गरेर चार वटा अक्सिजन कन्सन्ट्रेटेड मेसिन ल्याएका छन्।  

उनले जिल्लाबासीलाई कोरोनाबाट बचाउनका लागि अस्पताललाई आवश्यक पर्ने सामग्री दिइएको बताए।  उनले यसअघि पनि समितिलाई स्वास्थ्य सामग्री प्रदान गरेका थिए।

प्रकाशित: २० जेष्ठ २०७८ ११:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App