coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml

कोभिड–१९ का कारण बन्द नाका खुलेनन्

नाकाबन्दीका कारण आफ्नो उत्पादनले बजार नपाउनु र उत्पादन बिक्री गरी आफ्ना लागि दैनिक उपभोग्य वस्तु आयात गर्न नसक्नुले सीमावर्ती क्षेत्रका बासिन्दाको दैनिकीमा कठिनाइ भई बस्ती स्थानान्तरणको जोखिम बढेको पालिकाले ठहर गरेको छ।

चीनले लगायो कोराेनाविरुद्धको एक अर्ब डोज खोप

चीनले शनिबारसम्ममा देशभर कोभिड–१९ विरुद्धको एक अर्बभन्दा बढी डोज खोप लगाएको छ। राष्ट्रिय स्वास्थ्य आयोगले आधुनिक चीनको इतिहासमा यो सबैभन्दा ठूलो खोप अभियान रहेको जनाएको छ।

भारतीय सेनाद्वारा नेपाली सेनालाई स्वास्थ्य सामग्री सहयोग

कोभिड १९ महामारीको प्रतिकार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाली सेनालाई भेन्टिलेटर, आइसियू बेडहरु, पीपीई सेट र एम्बुलेन्सलगायतका सामग्री प्रदान गरेको नेपाली सेनाले जनाएको छ।

एमालेले दियो अक्सिजन कन्सन्ट्रेटर र १ लाख मास्क

कोभिड–१९ को नियन्त्रण र रोकथामका लागि चिनियाँ कम्युनिस्ट पार्टीबाट प्राप्त हाइड्रोजन अक्सिजन जेनेरेटर विथ नेबुलाइजर (कन्सन्ट्रेटर) ३० थान र एन–नाइन्टी फाइभ मास्क १ लाख सरकारलाई हस्तान्तरण गरेको पार्टी महासचिव कमरेड ईश्वर पोखरेलले बताए।

रसुवाका दुईवटा अस्पतालका लागि स्वास्थ्य सामग्री हस्तान्तरण

प्रतिनिधि सभा सदस्य मोहन आचार्यले प्रमुख जिल्ला अधिकारी तथा केन्द्रका संयोजक ईश्वरीप्रसाद ढकाललाई सामग्री हस्तान्तरण गरेका छन्।

उद्योगीलाई सुटुक्क खोप, स्थानीयले थाहा पाएपछि स्वास्थ्यकर्मी र उद्योगीको भागाभाग

प्रदेश १ का विपक्षी दलहरूले प्रदेश सरकारले पहुँचका आधारमा सुकुक्क आसेपासे र ठूला उद्योगी व्यवसायीलाई खोप दिएको आरोप लगाइरहेका बेला शुक्रबार विराटनगरस्थित सिटी सिनेमा हलमा खोप लगाउने गरेको पुष्टि भएको हो।

उदयपुरमा फेरि थपिए ७८ संक्रमित, जेठ २१ सम्म निषेधाज्ञा

जिल्लामा संक्रमितमध्ये १४ महिलासहित ३१ जना रहेका छन्। योसहित निको हुनेको संख्या उदयपुरमा २ सय ८ पुगेको छ। निको हुनेमा त्रियुगामा ३२ महिलासहित ९३ जना छन् भने चौदण्डीगढीमा २१ महिलासहित ४७ जना छन्।

चीनबाट प्राप्त खोप ४० देखि ५९ वर्ष उमेर समूहलाई लगाइने

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले इन्सिडेण्ट कमाण्ड सिस्टमको आज बसेको बैठकले पूर्वाधारको हिसाबले अस्पताल छनोट गरी ४० देखि ५९ वर्ष उमेर समूहका नागरिकलाई खोप दिने तयारी भएको जानकारी दिए।

८ लाख डोज खोप लिन जहाज चीन जाने

चीनले नेपालका लागि अनुदानमा दिएको कोभिडविरुद्धको ८ लाख डोज खोप लिन नेपाल एयरवेजको जहाज चीन जाने भएको छ। आइतबार चीन प्रस्थान गर्ने जहाजले सोमबार खोप ल्याइपुर्‍याउने स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाले जनाएको छ।

खोपको प्रभावकारिता ७८ प्रतिशतः ढुक्क भएर लगाउन आग्रह

सरकारले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप ‘कोभिशिल्ड’ को प्रभावकारी ७८ प्रतिशत रहेको जनाएको छ।

कोरोनाविरुद्धको खोप लगाउने व्यक्तिको विवरण सूचीकृत गरिँदै

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाउने व्यक्तिको विवरण सूचीकृत गर्न थालेको छ।

‘खोप कहिले आउने ठेगान छैन’

छिमेकी राष्ट्र भारतमा केही दिनमै कोरोना भाइरसविरुद्धको खोप लगाउने तयारी भइरहेका बेला नेपालमा भने खोप कहिले र कहाँबाट आउने भन्ने यकिन हुन सकेको छैन। भारतका विभिन्न राज्यमा शुक्रबार खोप लगाउने पूर्वाभ्यास गरिएको छ भने विभिन्न भारतीय सहरमा वितरण केन्द्र स्थापना गरिएका छन्।

‘कोरोनाको परिवर्तित बेलायती रूपलाई खोपले नरोक्न सक्छ’

एरिजोना विश्व विद्यालयका जीवशास्त्री माइकल वोरोबीले कोभिड–१९ संक्रमण गर्ने १ लाखभन्दा बढी भाइरसका स्ट्रेन देखेका थिए । जब उनले बेलायतमा हालसालै देखिएको फरक रूप (भेरियन्ट) देखे, त्यो अन्यभन्दा फरक थियो । ‘पूरा महामारीको अवधिमा मैले देखेकोमा यो भाइरस नयाँ खाले थियो, मैले एक कदम पछाडी फर्केर भने, ओह कस्तो खाले भेरियन्ट,’ उनले भने ।

कोभिड–१९ विरुद्धको खोप निर्माणमा तिब्र प्रतिस्पर्धा, सहज आपूर्तिको प्रतिक्षामा गरिब राष्ट्र

लकडाउन, सामाजिक दूरी जस्ता उपायले मात्र कोरोनाभाइरसलाई परास्त गर्न सकिने सम्भावना निकै कम देखिएको वैज्ञानिकहरुले बताएका छन्।

रूसद्वारा कोभिड–१९ विरुद्ध खोप अभियान सुरु

रूसले राजधानी मस्कोका क्लिनिकहरूमार्फत् कोरोना भाइरसको उच्च जोखिममा रहेका मानिसहरूलाई कोभिड–१९ विरुद्ध खोप सेवा उपलब्ध गराउन थालेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्