२३ श्रावण २०८३ शनिबार
image/svg+xml
बजार

गाडीका पार्टपुर्जाको अवैध कारोबारी पोते पक्राउ

अवैध रूपमा टाटा गाडीका नक्कली पार्टपुर्जा तथा लुब्रिकेन्ट आयात गरी बिक्री–वितरण गर्दै उपभोक्तालाई ठगी गरेको आशंकामा जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको टोलीले राजकुमार पोतेको बनेपास्थित नेष्ट जेनेरेशन अटोमोटिभ प्रा.लि.को पसल तथा गोदाममा छापा मारेको छ।

छापा मार्ने क्रममा प्रहरीले करोडौँ मूल्यका अवैध रूपमा आयात गरिएका नक्कली पार्टपुर्जा बरामद गरेको जनाएको छ। प्रहरीले निजको पसल तथा १० वटा गोदाममा सिलबन्दी गरी निजलाई पक्राउ गरेको छ।

निज यसअघि पनि पटक–पटक राजस्व ठगीको मुद्दामा पक्राउ परी कारबाहीमा परेका व्यक्ति रहेको बताइएको छ।

यस्ता नक्कली पार्टपुर्जाको प्रयोगले सवारी दुर्घटना व्यापक रूपमा बढ्नुका साथै ठूलो मात्रामा जनधनको क्षति हुने र राज्यले प्राप्त गर्ने राजस्वको ठूलो हिस्सा गुम्ने गरेको छ। साथै, वैधानिक रूपमा कारोबार गर्ने व्यवसायीहरू समेत प्रत्यक्ष रूपमा प्रभावित भई व्यवसायबाटै पलायन हुने अवस्थामा पुगेका छन्।

यस विषयलाई ध्यानमा राख्दै प्रहरी प्रशासनले देशभर यस्ता अवैध कारोबारमा संलग्न व्यक्तिहरूको व्यापक खोजी तथा कारबाहीलाई तीव्र बनाउने जनाएको छ।

प्रकाशित: २२ श्रावण २०८३ १९:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App