२२ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

ख्वप अस्पताल कोभिड युनिटलाई साढे चार करोड सहयोग

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताल कोभिड युनिटका विभिन्न सहकारी संस्था, संघसंस्था र दाताहरूबाट आर्थिक सहयोग प्राप्त हुने क्रम शुक्रबार पनि जारी रह्यो। ख्वप अस्पताल कोभिड युनिटमा अक्सिजन प्लान्ट जडान गर्न भक्तपुर नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा २०७८ जेठ ५ गतेदेखि २१ गतेसम्ममा ४ करोड ६० लाख ४५ हजार ४२ रूपैयाँ ८७ पैसाबराबरको आर्थिक तथा भौतिक सहयोग प्राप्त भएको छ। यसै क्रममा शुक्रबार मात्र २७ लाख ५४ हजार ६४ रूपैयाँ सहयोग प्राप्त भएको छ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र उपप्रमुख रजनी जोशीले सहायता रकम ग्रहण गरे। त्यस क्रममा उनीहरूले विषम परिस्थितिमा जनतालाई स्तरीय उपचार सेवा प्रदान गर्न आवश्यक स्वास्थ्य उपकरण खरिद कार्यमा जनस्तरबाट स्वेच्छाले आर्थिक, भौतिक तथा नैतिक सहयोग प्रदान गर्नुहुने संघसंस्था, विद्यालय, कलेज, उद्योगी व्यवसायी तथा शुभचिन्तकमा नगरपालिकाको तर्फबाट धन्यवाद ज्ञापन गरे। आगामी दिनमा भक्तपुर नपाको कोषमा रकम जम्मा गर्न चाहने महानुभाव तथा संघसंस्थाले भक्तपुर नगरपालिका, प्रकोप व्यवस्थापन कोषको नेपाल बैंक लिमिटेड, कमलविनायक शाखामा रहेको खाता नं. ०१९०३०००००७००२०००००३ मा जम्मा गर्नुहुन अथवा भक्तपुर नगरपालिकामा उपलब्ध गराउन अनुरोध गरिएको छ।

प्रकाशित: २२ जेष्ठ २०७८ ०१:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App