२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

खराब मौसमले किसान मर्कामा

बैशाखको पहिलो हप्तादेखि नै बिग्रिएको मौसमका कारण मुलुकको कृषि क्षेत्र मर्कामा परेको छ । निरन्तरको झरीसहित आएको हावाहुरी र असिनाका कारण तरकारी, भित्र्याउनै लागेको बाली, फलफूल लगायतमा क्षति पुराएको हो ।

गोरखा आउनेहरु सिँधै क्वारेन्टाइनमा

जिल्लालाई ‘सिल’ गरेका बेला अन्यत्रबाट गोरखा आएकाहरु सिधै क्वारेन्टाइनमा राख्न थालिएको छ । गोरखा भन्दा बाहिरबाट घर फर्किएका र आफन्तकहाँ आएकाहरुलाई स्थानीय तह, प्रहरीको निगरानीमा क्वारेन्टाइनमा राखिएको हो ।

नर्समा कोरोना संक्रमण भएपछि कपिलवस्तु अस्पतालको अकस्मिक बाहेक सबै सेवा बन्द

स्टाफ नर्समा समेत कोरोना संक्रमण भएको पुष्टी भएपछि कपिलवस्तु अस्पतालको अकस्मिक बाहेका सबै सेवा शुक्रबारबाट बन्द गरिएको छ । ३ दिन अघि अस्पतालका कार्यरत २५ वर्षीया एक स्टाफ नर्ससहित कपिलवस्तु नगरपालिकाका ८ जनामा कोरोना संक्रमण देखिएको थियो । अस्पतानलको प्रसुति वार्डमा कार्यरत ती स्टाफ नर्स अस्पताल कै आइसोलेसन बेडमा उपचाररत छिन् । स्टाफ नर्स संक्रमित भए पनि अस्पतालमा सेवा सुचारु गरिएको प्रति तौहिलवा बिरोध सुरु भएको थियो ।

गजुरीमा स्वाब संकलन बुथ निर्माण

कोरोना परीक्षणका लागि स्वाब संकलन सहज र सुरक्षित बनाउन धादिङको गजुरीमा स्वाब संकलन ‘टेस्ट बुथ’ निर्माण गरिएको छ । गजुरी गाउँपालिका अन्र्तगतको गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा निर्माण गरिएको हो । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमितको स्वाब पीक्षण गर्ने स्वास्थ्यकर्मीको सुरक्षाको लागि स्वाब संकलन बुथ जडान गरिएको गजुरी प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. खगेन्द्र श्रेष्ठले बताए ।

रसुवाको दुईवटा अस्पतालमा बुथ सञ्चालन, १४ वटा बुथ हस्तान्तरण

रसुवामा सञ्चालनमा रहेका दुईवटा अस्पतालमा स्वाब कलेक्सन बुथ सञ्चालनमा आएको छ । जिल्लाको कालिका गाउँपालिका–५, जीवजीवेमा रहेको जीवजीवे ग्रामीण अस्पताल र धुन्चेस्थित रसुवा अस्पतालमा बुथ सञ्चालनमा आएको हो ।

थप ९ जनालाई कोरोना, संक्रमितको संख्या २५८ पुग्यो

थप ९ जनालाई कोरोना पुष्ट् भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भेरी अस्पताल नेपालगन्जमा गरिएको परीक्षणमा ९ जनामा कोरोना देखिएको हो।

प्रदेश १ मा खाद्य अवस्था, हचुवा तथ्यांकमा सरकार ढुक्क

लामो लकडाउनले मुलुक ठप्प बनेको दुई महिना बित्नै लागेको छ । कोरोना संक्रमण दर बढ्दै गएका कारण यो अवस्था कति लम्बिने हो, यकिन छैन । उत्पादनमूलक काम ठप्प हुँदा नागरिकको क्रयशक्ति पनि कमजोर बनिरहेको यो बेला खाद्य सामग्रीको जोहोको अवस्था के छ ? खाद्यवस्तुको मौजुदा अवस्थाले बाँकी समय धान्ला ?

रौतहटबाट गोरखा आएका ४ जना क्वारेन्टाइनमा

रौतहटको इट्टाभट्टामा काम गर्दै आएका चार जना मजदुर बिहीबार गोरखा भित्रिएपछि उनीहरुलाई क्वारेन्टाइनमा राखिएको छ । निर्माण सामग्री ढुवानी गर्ने गाडीमा गोरखा आएका नगरपालिका उनीहरुलाई क्वारेन्टाइनमा राखिएको नगरप्रमुख राजनराज पन्तले बताए ।

लकडाउन यता नेपालमा रहेका ४ हजार ८ सय ७८ विदेशी स्वदेश फर्के

विश्वव्यापीमहामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमण जोखिमका कारण नेपालमा लकडाउन भएयताविभिन्न ६० भन्दा बढी देशका ४ हजार ८ सय ७८ नागरिक आफ्नो देश फिर्ता भएका छन्।

काठमाडौंका एक बालक सहित तीन जनामा कोरोना, संक्रमितको संख्या २४९ पुग्यो

थप तीन जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ संक्रमितमा काठमाडौं दहचोकका ७ वर्षिय बालक, जनकपुर र धादिङका एक एक जना छन्। उनीहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा परीक्षण गरिएको थियो। यो सँगै संक्रमितको संख्या २४९ पुगेको छ।

सूर्यविनायक नगरपालिकामा उपत्यका बाहिरबाट आएकालाई खोज्न माइकिङ

भक्तपुरको थिमी र दुवाकोटमा मंगलवार कोरोना संक्रमित भेटिएपछि स्थानीयले नगरपालिकाका बिभिन्न वडामाबाहिरवाट आएकालाई खोज्ने अभियान नै चलाएका छन्। प्रहरीले बुधवार नै नगरपालिकाको शंखधर चोक सिल गरेको छ।

जिल्ला भित्र चल्ने सवारीको पास पनि खारेज

गृह मन्त्रालयले यसअघि जारी भएका सबै पास खारेज गर्ने भएको छ। जिल्ला प्रशासन कार्यालयले जारी गरेका पासपनि शनिबारदेखि लागू हुने गरी खारेज गर्ने निर्णय गृहमन्त्रालयमा आज बसेको बैठकले गरेको हो। यस अघि गृहले एक जिल्लाबाट अर्को जिल्लामा जाने पास खारेज गरेको थियो। नयाँ निर्णय अनुसार जिल्ला भित्र चल्ने सवारीको पास पनि खारेज भएको छ।

कार्तिकसम्म निर्माणका काम गर्न सकिँदैन: महासंघ

नेपाल निर्माण व्यवसायी महासंघले विश्वव्यापी महामारीको रुपमा रहेको कोराना भाइरस (कोभिड १९) का कारण २०७७ कार्तिक मसान्तसम्म निर्माण कार्यहरु अगाडि बढाउन नसकिने जनाएको छ।

राहतको ठेक्कामा मिलेमतोः अख्तियारद्वारा कागजपत्र नियन्त्रणमा

मजदुर र गरिव परिवारलाई राहात बितरण गर्न २ करोड ६१ लाखको ठेक्का मिलेमतोमा दिएको र किरा परेको चामल बितरण भएको भन्दै कारवाहीको व्यापक माग उठेपछि अख्तियार दुरुपयोग अनुसन्धान महेन्द्रनागरको टोलीले धनगढी उपमहानगरपालिका कार्यालयमा बिहिवार छापा मारेर कागजपत्र नियन्त्रणमा लिएको छ।

रसुवामा एम्बुलेन्स चालकको स्वास्थ्य सुरक्षालाई प्राथमिकता

रसुवामा सञ्चालन हुने एम्बुलेन्सका चालकको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) सेटको व्यवस्था गरिएको छ । यसअघि प्रत्येक एम्बुलेन्समा छेकाबारको व्यवस्था गरिएकोमा अहिले पीपीइ सेटको व्यवस्था गरिएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्