२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

रसुवाको दुईवटा अस्पतालमा बुथ सञ्चालन, १४ वटा बुथ हस्तान्तरण

रसुवा- रसुवामा सञ्चालनमा रहेका दुईवटा अस्पतालमा स्वाब कलेक्सन बुथ सञ्चालनमा आएको छ । जिल्लाको कालिका गाउँपालिका–५, जीवजीवेमा रहेको जीवजीवे ग्रामीण अस्पताल र धुन्चेस्थित रसुवा अस्पतालमा बुथ सञ्चालनमा आएको हो ।  

नेपाल इन्जिनियरिङ एसोसिएसन बाग्मती प्रदेशले दुवै अस्पताललाई बुथ उपलब्ध गराएको हो । बागमती प्रदेशका काठमाडौं, भक्तपुर र ललितपुर बाहेक बाँकी जिल्लामा १६ वटा बुथ उपलब्ध गराउने लक्ष्यअनुसार हालसम्म १४ वटा बुथ हस्तान्तरण गरिएको इन्जिनियर विकास भट्टले बताए । ‘कोरोनाको शंकास्पद बिरामीको स्वाब कलेक्सनको लागि बुथ सञ्चालनमा ल्याइएको हो,’ उनले भने, यसले स्वास्थ्यकर्मीलाई सम्भावित जोखिमबाट जोगाउँछ ।’  

बिरामीबाट स्वास्थ्यकर्मीलाई कोरोना सर्न सक्ने जोखिमबाट मध्यनजर गर्दै बुथ सञ्चालनमा ल्याइएको हो । स्वास्थ्यकर्मीले स्वाब लिँदा कोरोनाको जोखिम हुने भएकाले बुथ स्थापना गरिएको उनको भनाइ छ । यसले पछिका दिनमा अन्य सरुवा रोगको नमुना संकलन गर्दा समेत सहयोग पुर्‍याउने छ ।  

बुथमा इनलेट अक्सिजन र आउटलेट अक्जिनको व्यवस्था छ । जसमा बुथभित्र रहने स्वास्थ्यकर्मीलाई पर्याप्त अक्सिजन पुर्‍याउँछ । यसअघि स्वाब संकलन गर्दा स्वास्थ्यकर्मीले व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) को प्रयोग गर्ने गरेका थिए ।

प्रकाशित: २ जेष्ठ २०७७ ०३:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App