काठमाडौं- थप तीन जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ संक्रमितमा काठमाडौं दहचोकका ७ वर्षिय बालक, जनकपुर र धादिङका एक एक जना छन्। उनीहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा परीक्षण गरिएको थियो। यो सँगै संक्रमितको संख्या २४९ पुगेको छ।
प्रकाशित: १ जेष्ठ २०७७ १५:१३ बिहीबार