६ आश्विन २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

रसुवामा एम्बुलेन्स चालकको स्वास्थ्य सुरक्षालाई प्राथमिकता

रसुवा- रसुवामा सञ्चालन हुने एम्बुलेन्सका चालकको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) सेटको व्यवस्था गरिएको छ । यसअघि प्रत्येक एम्बुलेन्समा छेकाबारको व्यवस्था गरिएकोमा अहिले पीपीइ सेटको व्यवस्था गरिएको हो ।

विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट जोगाउनका लागि यो व्यवस्था गरिएको जिल्ला विपद् व्यवस्थापन समिति रसुवाले जनाएको छ । समितिले पुनः प्रयोग गर्न मिल्ने र धुन मिल्ने एकएक वटा कपडाको पीपीई सेटको व्यवस्था गरेको हो ।  

जेठ १ गतेदेखि यसअघि जारी गरिएको सवारी पास खारेज भएको  छ । एम्बुलेन्स तथा शववाहन सवारी साधन हकमा सवारी अनुमति आवश्यक पर्दैन । जिल्ला बाहिर आउँदा  एम्बुलेन्सले बेत्रावतीमा अनिवार्य निसंक्रमण गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए । उनीहरूको हेल्थ डेस्कबाट स्वास्थ्य जाँच गर्नुपर्ने व्यवस्था गरिएको छ ।

एम्बुलेन्सका चालकले सम्बन्धित कार्यालय तथा कम्पनीको परिचयपत्र साथमा राख्नुपर्नेछ । यसैगरी रसुवा जिल्ला भित्रै एक स्थानबाट अर्को स्थानमा ढुवानी गर्ने सवारी साधनलाई  सम्बन्धित वडा कार्यालयको सिफारिस आवश्यक पर्छ । सिफारिसको आधारमा नजिकको सुरक्षा पोष्टबाट ढुवानी कार्ड जारी गरिन्छ ।  

जिल्ला बाहिर जाने खाद्यान्न, तरकारी, कुखुरा, पानीको ढुवानी गर्ने सवारी साधनलाई सम्बन्धित वडा कार्यालयको सिफारिसमा नजिकैको सुरक्षा पोष्टले ढुवानी कार्ड जारी गर्ने छ । जिल्ला बाहिरबाट अत्यावश्यक सामग्री बोकेर आउने सवारी साधनलाई बेत्रावतीमा निसंक्रमण गरेर स्वास्थ्य चेकजाँच पश्चात सुरक्षा पोष्टबाट उपलब्ध हुने ढुवानी कार्डका आधारमा अनुमति प्रदान गरिने समितिले जनाएको छ ।

सवारी चालक र सहचालक बाहेक अन्य तेस्रो व्यक्ति सवारी साधनमा बस्न नपाइने व्यवस्था गरिएको छ । जिल्ला बाहिरबाट आउने खाद्यान्न ढुवानीका सवारी साधनले आएको स्थान र पुग्ने स्थान खुलेको बिलबिजक वा सम्बन्धित पसल, ब्यवसायीको सामग्री ढुवानी माग खुल्ने कागजात पेस गर्नुपर्नेछ ।

प्रकाशित: १ जेष्ठ २०७७ १३:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App