२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

लकडाउन यता नेपालमा रहेका ४ हजार ८ सय ७८ विदेशी स्वदेश फर्के

स्वदेश फर्कदै गरेका अमेरिकी नागरिक। तस्बिर : केशव थोकर

काठमाडौं- विश्वव्यापीमहामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड –१९) संक्रमण जोखिमका कारण नेपालमा लकडाउन भएयताविभिन्न ६० भन्दा बढी देशका ४ हजार ८ सय ७८ नागरिक आफ्नो देश फिर्ता भएका छन्।

कोरोना जोखिमका कारण लकडाउनको निर्णयसँगै सरकारले राष्ट्रिय तथाअन्र्तराष्ट्रिय उडान बन्द गरेपनि चाटर्ड विमानमार्फत विभिन्न ६० भन्दा बढी देशहरुले नेपालमा रहेका आफ्ना नागरिक फिर्ता लगेका हुन्। 

अध्यागमनविभागकाअनुसार २०७६ चैत १४ यताहालसम्मविभिन्न देशहरुले ५१ वटाविशेष विमानमार्फत नेपालबाट उद्धार गरेका हुन्।

अध्यागमनविभागकानिर्देशक रामचन्द्र तिवारीले कोरोना भाइरसको विश्वव्यापी संक्रमणका कारण चैत ११ गतेदेखि सरकारले मुलुकभर लकडाउन गरि अन्र्तराष्ट्रिय सीमातथा उडान बन्द गरेपनिविमान चाटर्ड गरि आफ्ना नागरिक लैजान सक्ने निर्णय गरेको थियो। उनकाअनुसार सरकारको निर्णयसँगै चैत १४ गतेदेखि बैशाख २७गतेसम्मको अवधीमा ५१ वटाविशेष विमानमार्फत ६० भन्दा बढी देशकानागरिकहरु आफ्नो देशफर्किएका छन्। 

विभागकाअनुसार उद्धार विमानमार्फत आफ्ना नागरिक फिर्ता लैजाने देशहरुमा बेलायत, जर्मनी, अमेरिका फ्रान्स लगायतका देशहरु अगाडि छन्।विभागको तथ्यांकअनुसार बेलायतले नेपालमा रहेका ६ सय ६६ जनाआफ्ना नागरिक लगेको छ भने जर्मनीले ६ सय ५६ जनानागरिक फिर्ता लगेको छ। त्यसैगरि अमेरिकाले ५ सय ३५, फ्रान्सले ४ सय २५, क्यानडाले ३ सय २२, अष्ट्रेलियाले २ सय ३६, नेदरल्याण्डस्ले १ सय ५६, दक्षिण कोरियाले १ सय ६३ जनाआफ्ना नागरिकहरु फिर्ता लगेका छन्। 

त्यसैगरि जापानले १ सय ६२, स्पेनले १ सय ३४, स्विजरल्याण्डले १ सय १४, इटलीले १ सय १३, रसियाले १ सय ४, पोल्याण्डले ९२, अष्ट्रियाले ८४, स्विडेनले ७४ बेल्जियमले ६५, श्रीलंकाले ५७, मेलियासले ४५, भुटानले ४४, डेनमार्क ४३, फिनल्याण्डले ४२ र बंगलादेशले ३२जनाआफ्ना नागरिक फिर्ता लगेका छन्। त्यसैगरि चीनले २० र भारतले २० जनानागरिकहरु फिर्ता लगेका छन्। यसरी चाटर्ड विमानमार्फत नागरिकहरु फिर्ता लैजाने देशहरुमायमन, ताइवान, माल्टा, आइसल्याण्ड, मंगोलिया, लुथानीया, बेलारुस लगायतका देशका छन्। कुटनीतिक स्रोतकाअनुसार चाटर्ड विमानमार्फत आफ्ना नागरिक फिर्ता लैजादा केही देशहले सबै खर्च आफैले व्यहोरेर लगेका छन् भने केही देशहले सम्वन्धितनागरिकले रकमव्यहोर्ने गरि नेपालमा रहेका नागरिकलाई आफ्नो देश फर्काउने व्यवस्थामिलाएकाहुन्।

प्रकाशित: १ जेष्ठ २०७७ १५:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App