२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

खरिद १० रुपैयाँ प्रतिकिलो, बिक्री ७० रुपैयाँ !

लमही नगरपालिका वडा नम्बर ४ घुम्नाका रञ्जीत चौधरीको १७ कठ्ठा जमिनमा लटरम्म तरकारी फलेको छ । करेला, बोडी, भिण्डि लगाएतका तरकारी फलाएका रञ्जीत आफ्नो उत्पादन विक्री गर्न बजार सम्म पुग्न सक्दैनन् । कारण— लकडाउन । जिल्लाका बिभिन्न बजारहरुबाट तरकारी व्यापारीहरु उनको बारीमै तरकारी खरिद गर्न पुग्छन् । तर रञ्जीतले आफूले उत्पादन गरेको तरकारीको मूल्य तोक्न पाउँदैनन् । उनै ब्यापारिहरुले मूल्य तोकिदिन्छन् ।

विद्युत खपतदेखि निर्यात बढाउनेसम्मका योजना समेटिने

ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा स्वदेशमा विद्युत खपत बढाउनेदेखि छिमेकीमुलुक भारतमा बिजुली निर्यात बढाउने खालको नीति अबलम्वन गरिने भएको छ । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम शुक्रबार सार्वजनिक गर्दैछ । तर,ऊर्जा मन्त्रालयले भने नीति तथा कार्यक्रममा ऊर्जा खपतदेखि बिजुली निर्यातसम्मका योजना नीति तथा कार्यक्रममा समावेश भएर आउने जनाएको छ ।

विवाह खर्च कटाएर कोरोना अस्पताललाई सहयोग

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विप्लव समूहका राप्ती व्यूरो सदस्य तथा रुकुम पश्चिम जिल्ला सेक्रेटरी चन्द्रबहादुर बुढाले विवाहको फजुल खर्च कटौती गरेर कोरोना अस्पताल र सहिदका छोराछोरीलाई आर्थिक सहयोग गरेका छन् । भूमिगत शैलीमा जनवादी विवाह गरेका चन्द्रबहादुरले रुकुम पश्चिममा रहेको कोरोना अस्पताल आठवीसकोट र दाङका सहिद गोकुल रानाका छोराछोरीलाई २५/२५ हजार रूपैयाँ सहयोग गरेका हुन् ।

बाँकेका अस्पतालमा कोरोना उपचार

नेपालगन्जमा पहिलो कोरोना संक्रमित फेला परेको दुई साता पुग्दा अहिलेसम्म संक्रमितको संख्या २५ पुगिसकेको छ । पहिलो संक्रमित नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ७ का ६० बर्षिय ब्यक्तिको कन्ट्रयाक्ट ट्रेसिङमार्फत नेपालगन्ज–८ निवासी २४ जना संक्रमित फेला परेका हुन् ।

कोरोना परीक्षणमा भूगोल बाधक

कर्णालीमा कोरोना परीक्षणका लागि भूगोल बाधक बनेको छ । यहाँका गाउँबस्तीसम्म पुग्न हरेक जिल्ला सदरमुकामदेखि ग्रामिण क्षेत्रसम्म पुग्न एकदेखि तीन दिनसम्म लाग्ने गर्छ । भौगोलिक रुपमा निकै विकट भएको समयमै स्वास्थ्यकर्मी परिचालन भएपनि स्वाब संकलन र र्‍यापिड परीक्षणका क्रियाकलाप प्रभावित हुने गरेका छन् । एक साता अघि कर्णालीको मुगु जिल्ला खत्याड गाउँपालिकामा र्‍यापिड परीक्षण गर्दा एक जनामा कोरोना पोजेटिभ देखिएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाबाट स्वास्थ्यकर्मीको टोली खटिएको थियो ।

कालिमाटी फलफूल तथा तरकारी बजारमा कोरोना परीक्षण

कोरोनाको उच्च जोखिम देखिएपछि नेपालकै ठूलो कालिमाटी फलफूल तथा तरकारी बजारमा समितिमा कार्यरत सम्पुर्ण पदाधिकारी तथा त्यहाँ प्रत्यक्ष रुपमा कृषि बस्तुको खरीद विक्री कार्यमा संग्लन हुनेहरुमा कोरोना परीक्षण सुरु गरिएको छ ।

वडाध्यक्षका समर्थकद्वारा तालाबन्दी

पाँच दिनअघि कालिकोटको पलाँता गाउँपालिका भएको विवादले चर्को रुप लिदैं गएको छ । बैशाख २७ गते पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बम, वडा नं. २ का अध्यक्ष मानबहादुर भण्डारी र नेकपाका गाउँपालिका अध्यक्ष बिष्णु रोकायाबीच भएको विवाद वडा कार्यालयमा तालाबन्दीसम्म पुगेको छ ।

लकडाउनका बीच सामाजिक काममा युवा

लकडाउनका बीचमा खोटाङ फुटबल एकेडेमीका युवाले दिक्तेलस्थित माटिकोरेस्थित खेलमैदानमा दुबो रोपे । बिहान–बिहान १५ दिन श्रमदान गरेका एकेडेमीका युवाले पारिश्रमिक दिएर पाँच दिन कामदार पनि लगाए । दुबो रोपिएको खेलमैदानमा दुई महिनाका लागि खेल्न वा मर्निङवाक गर्न रोक लगाइएको एकेडेमीका कोच रोशेस श्रेष्ठले बताए ।

शिक्षण अस्पतालमा उपचाररत कपिलबस्तुकी बालिकामा कोरोना

महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल माभर्ना भएकी एक बालिकामा कोरोना देखिएको छ। त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका कोभिड-१९ व्यवस्थापन समितिका संयोजकडा. सन्त कुमार दासले उपचारत ६ वर्षिया बालिकामा कोरोना देखिएको पुष्टि गरे।

‘गोरखा सिल’ आजदेखि वित्तीय संस्था पनि नखुल्ने

कोरोना भाइरस (कोभिड–१९)को सम्भावित जोखिम न्यूनीकरणका लागि भन्दै गोरखा जिल्ला ‘सिल’ गरिएको छ । बुधबार जिल्ला प्रशासन कार्यालयमा भएको सर्वपक्षीय बैठकले जेठ ५ गतेसम्म वित्तीय संघसंस्था (बैंक, सहकारी) बिमा कम्पनी चल्न नदिने निर्णय गरेको हो ।

कोरोना संक्रमित २ सय ४५ मात्रै, स्वास्थ्य मन्त्रालयले गल्ती सच्यायो

थप पाँच जनालाई कोरोना संक्रमण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयाका अनुसार संक्रमित हुनेहरु सर्लाही धन्कौल नगरपालिकाका १ जना, धनुषा, जनकपुर नगरपालिकाका र मिथिला नगरपालिकाका एक एक जना, महोत्तरी जलेश्वर र बलवाका एक एक जना गरी ५ जना छन्।

कालीमाटी तरकारी बजारमा कोरोना परीक्षण हुने

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबार कोभिड १९ को आरडिटी र पिसिआर परीक्षण गर्ने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र काठमाडौं महानगरपालिकाको आयोजनामा गरिने परीक्षण कार्यक्रममा बजार क्षेत्र भित्र प्रत्यक्ष रुपमा बिक्री बितरणमा संलग्नहरुलाई परीक्षण गरिने समितिले जनाएको छ।

कृषिलाई विशेष प्राथमिकता: २० प्रतिशत थप बजेट

कोभिड १९ का कारण रोजगारी गुमाएकालाई कृषि क्षेत्रमा संलग्न गराउने गरी सरकारले आगामी आर्थिक वर्ष २०७७–७८ को बजेटमा थप २० प्रतिशत बजेट दिने भएको छ।कोरोनाको असरले स्वास्थ्यबाहेक अन्य मन्त्रालयको बजेट कटौती गरेर नयाँ सिलिङ दिइरहेका बेला कृषिमा भने बढाउने तयारी भएको हो।

बाँकेका अबैध नाकाबाट साढे चार सय भित्रिए (अपडेट)

बाँकेको विभिन्न अबैध नाकाबाट ४ सय ४७ जना नेपाली नागरिक प्रवेश भएका छन् । सबैभन्दा बढी जिल्लाको राप्तीपारी नरैनापुरका नाकाबाट भित्रिएका छन् । उक्त नाकाबाट ३ सय ७३ जना प्रवेश भएका छन् । नरैनापुर गाउँपालिका अध्यक्ष ईस्तियाक अहमद शाहले सिमाबाट प्रवेश भएर आएका ३ सय ७३ जनालाई ८ वटा क्वारेन्टाइनमा राखिएको बताए । ‘केहीदिन अघि सीमापारी आएर बसेका थिए, उनीहरुलाई ल्याएर क्वारेन्टाइनमा राखेका छौं,’ अध्यक्ष शाहले भने ।

फौजी किराको प्रकोप (अपडेट)

कोरोना भाइरस (कोभिड–१९)को त्रास फैलिरहेका बेला अमेरीकन फैजी किराको प्रकोप देखिएको छ । मकै खेतीमा देखिएको प्रकोपका कारण किसानमा चिन्ता छाएको छ । भर्खरै उम्रिएको र गोड्ने बेला भएको मकैको पात, गुभो तथा बोटनै फौजी किराले खाएर मकैलाई नष्ट गरीरहेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्