६ आश्विन २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

नर्समा कोरोना संक्रमण भएपछि कपिलवस्तु अस्पतालको अकस्मिक बाहेक सबै सेवा बन्द

कपिलवस्तु- स्टाफ नर्समा समेत कोरोना संक्रमण भएको पुष्टी भएपछि कपिलवस्तु अस्पतालको अकस्मिक बाहेका सबै सेवा शुक्रबारबाट बन्द गरिएको छ । ३ दिन अघि अस्पतालका कार्यरत २५ वर्षीया एक स्टाफ नर्ससहित कपिलवस्तु नगरपालिकाका ८ जनामा कोरोना संक्रमण देखिएको थियो । अस्पतानलको प्रसुति वार्डमा कार्यरत ती स्टाफ नर्स अस्पताल कै आइसोलेसन बेडमा उपचाररत छिन् । स्टाफ नर्स संक्रमित भए पनि अस्पतालमा सेवा सुचारु गरिएको प्रति तौहिलवा बिरोध सुरु भएको थियो ।  

अस्पतालका निमित्त मेसु डाक्टर गणेश क्षेत्रीले अस्पतालमा कार्यरत नर्स संक्रमित भएपछि अस्पतालमा आकस्मिक सेवा र प्रसुति सेवा बाहेक सबै सेवाहरु बन्द गरिएको सूचना निकालेका छन् । अस्पतालमा कार्यरत कर्मचारीहरुमा पनि कोरोनाको जोखिममा परेको र स्वाब संकलन कार्य जारी रहेको डाक्टर क्षेत्रीले बताए । स्वाबको रिपोर्ट नआएसम्मका लागि अस्पतालमा सेबा बन्द गरिएको हो । अस्पतालमा कार्यरत कर्मचारीलाई सुरक्षित र अस्पतालको सम्पर्कमा रहन आग्रह गरिएको छ ।  

कपिलवस्तु अस्पतालका मेसु, संक्रमित नर्ससहित ७ जनाको स्बाव संकलन गरी बिहीबार नै भैरहवामा पठाइएको अस्पतालका ब्यवस्थापक रत्नाकर शुक्लाले बताए । ब्यवस्थापक शुक्ला अनुसार अस्पतालका कर्मचारी, स्वस्थ्यकर्मी, प्रहरी गरी ९० जनाको स्वाब संकलन कार्य जारी रहेको छ । कपिलवस्तु नगरपालिकाको बुद्धपदम उमाबि र महेन्न्द्र आधाभुत विद्यालयम क्वारेन्टाइन तथा अस्पतालको ५ जना गरी कुल १ सय ३ स्वाब पठाइएकोमा ८ जना संक्रमित भेटिएको नगरपालिकाका स्वास्थय संयोजक उमेश गुप्ताले बताए ।  

जिल्ला स्वास्थ्य कार्यालयका कोरोनाका फोकल पर्सन कुमार थापाले संक्रमित भेटिएकी नर्सको लामो कन्टयाक्ट हिस्टी भएकाले समय लागने बताए । ‘ कन्ट्याक्टर हिस्ट्री र टे«सिङको कार्य जारी छ, एक दुई दिन अझै लाग्छ ’ उनले भने । कपिलवस्तनुमा ४० जना संक्रमित भेटिएका छन् । 

प्रकाशित: २ जेष्ठ २०७७ ०७:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App