२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

थप १० जनामा कोरोना संक्रमण, संक्रमित संख्या २९१

थप १० जनामा कोरोना संक्रमण भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा रौतहट फरहदवा ९ का ७ जनार इशनाथका ३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। उनीहरुको उपचार भइरहेको छ भने स्वास्थ्य अवस्था सामान्य छ। यो सँगै संक्रमितको संख्या २९१ पुगेको छ। कोरोनाका कारण पहिलो पटक एक महिलाको मृत्यु भइसकेको छ।

२७ जिल्लामा देखियो कोरोना, संक्रमित हुनेको संख्या २ सय ८१ पुग्यो

शनिवार थप १४ जनामा कोरोना पोजिटिभ देखिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ८१ जना पुगेको छ। पछिल्लो संक्रमित हुनेहरुमा कपिलवस्तुका बर्दियाकी २८ वर्षीय महिला, सिराहाका ३० वर्षीय पुरुष, पर्साका २८ र २९ वर्षीय पुरुष ,सर्लाहीकी १८ वर्षीय महिला र चितवनकी २५ वर्षीय महिला छन्।

कोरोनाबाट मृत्यु भएकी महिलाको विद्युतीय शवदाह गृहमा अन्त्येष्टि

काभ्रेपलाञ्चोकको धुलिखेल अस्पतालमा बिहीबार कोरोना संक्रमणका कारण मृत्यु भएकी महिलाको अन्तिम संस्कार गरिएको छ। उनको अन्तिम संस्कार पशुपती आर्यघाट स्थित विद्युतीय शवदाह गृहमा भएको हो। शव व्यवस्थापन गर्न भक्तपुर अस्पतालको एम्बुलेन्ससहितको टोली धुलिखेल गएको थियो।

नेपालमा पहिलो पटक कोरोनाका कारण एक जनाको मृत्यु

नेपालमा पहिलो पटक कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको छ।धुलिखेल अस्पतालमा उपचारका लागि ल्याइएकी सिन्धुपाल्चोककी एक सुत्केरीको नोबल कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिकरुपमा पुष्टि गरेको छ। छ।

प्रदेश दुईमा परीक्षण बढाउन सुझाव

पर्साको सदरमुकाम वीरगन्ज पछिल्लो समयमा कोरोनाको ‘इपी सेन्टर’ बन्न थालेपछि प्रदेश सरकार र सरोकारवालाले चिन्ता जाहेर गरेका छन्। प्रदेशको एक मात्र महानगरपालिका वीरगन्जमा सामुदायस्तरमा कारोना संक्रमण फैलिन लागेकोले यसको ‘नियन्त्रण तथा चुनौतीको व्यवस्थापन’को बारेमा वीरगन्जमा शनिबार बृहद छलफल भएको छ।

८३ हजारले गरे कोरोना बीमा

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएपछि आर्थिक संकट टार्न सूरु गरिएको‘कोरोना बीमा’प्रति सर्वसाधारणको आकर्षण बढ्दै गएको छ। मुलुकमा कोरोना संक्रमितको संख्या वृद्धि भएसँगै कोरोना बीमा गर्नेको संख्या पनि बढ्दै गएको सम्वन्धित व्यवसायिहरुले बताएका छन्।

मृतक महिलाको घर र माइती गाउँ सिल

सिन्धुपाल्चोककी एक सुत्केरीको धुलिखेल अस्पतालमा मृत्यु भएपछि उनको घर र माइतीगाउँ सिल गरिएको छ। अस्पतालको रिपोर्टमा पीसीआर पोजेटिभ देखिएको थियो। उनको मृत्युको कारणबारे थप अनुसन्धान भइरहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए।

कपिलवस्तुमा थप ३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २७६ पुग्यो

कपिलवस्तुमा थप तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विज्ञप्ती अनुसार कपिलवस्तुमा थप तीन जनामा कोरोना पुष्टि भएको जानकारी दिएको छ । विहानमात्र थप ६ जनामा पुष्टि भएको थियो आज शनिबार मात्र नौ जना नयाँ संक्रमित थपिएका हुन् ।

उदयपुरमा कोरोना संक्रमण तेस्रो चरणमा, संक्रमित संख्या ३३ पुग्यो

१६ जमातिसहित ३२ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित भेटिएको उदयपुरमा शुक्रबार साँझ थप १ जनामा संक्रमण पुष्टि भएको छ । बुधबार २६ पत्रकारसहित ६० को स्वाव संकलन गरी परीक्षण गर्न बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको रिपोर्टले २५ वर्षीय युवामा संक्रमण पुष्टि भएको देखाएको हो ।

‘मृतकलाई एउटै खाल्डोमा पुरपार गरिन्थ्यो’

एकै दिन एउटै गाउँका पाँच जनासम्मको मृत्यु हुन्थ्यो । संस्कार अनुसार शव सदगद गर्ने अवस्था थिएन । त्यही भएर मृतकलाई एउटै खाल्डोमा पुरपार गरिन्थ्यो । मलामी जानेलाई नै रोग सर्ने त्रास हुन्थ्यो, कतिलाई त सरे पनि । यो भयवह महामारीको कुरो बिक्रम सम्बत १९९२/०९३ सालतिरको हो ।

नरैनापुरका कोरोना संक्रमित आठै जनालाई दाङ पठाइयो

बाँकेको नरैनापुरमा फेला परेका कोरोना संक्रमित आठै जनालाई दाङ पठाइएको छ । एम्बुलेन्समार्फत उनीहरुलाई दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालको आइसोलेसनमा पठाइएको हो । बाँकेमा आइसोलेसन कक्ष खाली नभएपछि दाङको अस्पतालमा पठाइएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

सात संचारकर्मीसहित २ सय ६५ जनाको स्वाब संकलन

कपिलवस्तुमा शुत्रबार ७ संचारकर्मीसहित थप २ सय ६५ जनाको स्वाब संकलन गरिएको छ । जिल्लका स्थानमा स्वाब संकलन गरी प्रदेश नम्बर ५ को भैरहवास्थित जन स्वास्थ्य प्रयोगशाला पठाइएको हो । जिल्ला स्बास्थ्य कार्यालय अनुसार कपिलवस्तु अस्पतालमा १ सय १० , महाराजगंजमा १ सय ५ र बिजयनगरमा ५० जनाको स्वाब संकलन गरिएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कुमार थापाले बताए ।

थप ९ जनामा कोरोना, संक्रमितको संख्या २६७ पुग्यो

थप ९ जनामा कोरोना संक्रमण भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र भेरी अस्पताल नेपालगन्जमा गरिएको परीक्षणमा नयाँ पुष्टि भएको हो।

ताप्लेजुङमा ६ जना क्वारेन्टाइनमा, विदेशिएका नागरिकको बिवरण तयार पार्न सुरु

पूर्णतया खाली भईसकेका ताप्लेजुङमा क्वारेन्टाइनमा फेरी संख्या थपिने क्रम सुरु भएको छ । शुक्रबारसम्ममा यहाँका २ स्थानीय तहले बनाएका क्वारेन्टाइनमा ६ जना रहेका छन् । कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिका सचिव एवम् प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाका अनुसार सिदिङ्वा गाउँपालिकाको केन्द्र साब्लाखु भञ्ज्याङको क्वारेन्टाइनमा ४ तथा पाथीभरा याङ्वरक गाउँपालिकाको वडा नं ३ तिरिङ्गेको रहेको क्वारेन्टाइनमा २ जना गरी अहिले जम्मा ६ जना क्वारेन्टाइनमा रहेका छन् ।

भारतबाट आएकालाई सम्बन्धित स्थानीय तहमा पुर्‍याइने

रोजगारीका लागि भारतमा रहेका कर्णालीका नागरिकहरु घर फर्कनेक्रम सुरु भएसँगै उनीहरुको व्यवस्थापनमा प्रदेश र स्थानीय सरकार सक्रिय बनेका छन् । भारतमा रेल सेवा सुरु भएसँगै त्यहाँ रहेका कर्णालीबासीहरु आउनेक्रम सुरु भएको छ । शुक्रबार एकैदिन तीन सयबढी कर्णालीका नागरिकहरु मुख्य प्रवेशद्धार बबई आइपुगेका छन् । प्रदेश सरकारले भारतबाट आएका नागरिकहरुलाई तीन दिनसम्म नाकामा राखेर सम्बन्धित स्थानीय तहसम्म पुर्‍याउने निर्णय गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्