२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

सात संचारकर्मीसहित २ सय ६५ जनाको स्वाब संकलन

कपिलवस्तु- कपिलवस्तुमा शुत्रबार ७ संचारकर्मीसहित थप २ सय ६५ जनाको स्वाब संकलन गरिएको छ । जिल्लका  स्थानमा स्वाब संकलन गरी प्रदेश नम्बर ५ को भैरहवास्थित जन स्वास्थ्य प्रयोगशाला पठाइएको हो । जिल्ला स्बास्थ्य कार्यालय अनुसार कपिलवस्तु अस्पतालमा १ सय १० , महाराजगंजमा १ सय ५ र बिजयनगरमा ५० जनाको स्वाब संकलन गरिएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कुमार थापाले बताए ।

रिपोटिङकाक्रममा जोखिममा परेका ७ जना पत्रकारले महाराजंग नगरपालिका– ८ सिसवा स्वास्थ्य चौकीमा पिसिआर टेस्टका लागि स्वाब दिएको पत्रकार महासंघका जिल्ला अध्यष्क्ष डिलारमा भुसालले बताए । पत्रकार महासंघले जिल्ला स्बास्थ्य कार्यालय र प्रशासन कार्यालयलाई पिसिआर टेस्टका लागि माग गरेको थियो । राजमार्ग क्षेत्रका २, तौहिलावका २ र कृष्णनगर क्षेत्रका ३ जनाको स्वाब संकलन गरिएको हो ।  

यस्तै ४ दिन अघि कपिलवस्तु अस्पतालमा कार्यरत एक नर्स कोरोना सक्रमित भेटिएपछि शुक्रबार अस्पतालका स्टाफ, प्रहरी, नर्सका परिवार गरी कुल १ सय ५ जनाको स्बाव संकलन गरिएको फोकलपर्सन थापाले बताए । बिहीबार मात्र अस्पतालका मेसु र संक्रमति नर्ससहित ७ जनाको स्वाब संकलन गरिएको थियो । यस्तै बिजयनर गाउँपालिकाका क्वारेन्टाइनमा रहेका ५० जनाको समेत शुक्रबार स्वाब संकलन गरिएको छ । भारतको बिभिन्न शहरबाट फर्कर क्वारेन्टाइनमा ७ दिन बिताएकाहरुको स्वाब संकलन गरिएको हो ।  

हालसम्म कुल ९ सय ३४ जनाको स्वाब संकलन गरिएको छ । पुरानो ६ सय ६९ मध्ये अब २८ जनको मात्र रिपोर्ट आउन बाँकी छ । शुक्रबार साँझसम्म जिल्लामा ४० जना संक्रमति भेटिएका छन् । जसमध्ये ३३ जना भारतका बिभिन्न शहरबाट फर्ककाहरु हुन । यस्तै चार सुरक्षाकर्मी, एक नर्स, २ कर्मचारी र एक ६ वर्षिया बालिका छन् । शक्रबारसम्म पिसिआर टेस्टको स्वाब संकलनका लागि १ हजार २७० भिटिएम कीट प्राप्त भएको स्वास्थ्य कार्यालयका प्रमुख योगेन्द्र भगतले बताए ।  

 

प्रकाशित: २ जेष्ठ २०७७ १५:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App