१० मंसिर २०८१ सोमबार
image/svg+xml

चिनी अभावले उद्योग संकटमा

चिनी अभावका कारण नेपालका बिस्कुट, जुसलगायत उद्योग संकटमा परेका छन्। नेपाली बजारमा पर्याप्त मात्रामा चिनी नपाइएपछि कच्चा पदार्थ अभावका कारण नेपाली उद्योग संकटमा परेका हुन्।

चिनी अभावले उद्योग संकटमा

चिनी अभावका कारण नेपालका बिस्कुट, जुसलगायतका उद्योग संकटमा परेका छन् । नेपाली बजारमा पर्याप्त मात्रामा चिनी नपाइएपछि कच्चा पदार्थ अभावका कारण नेपाली उद्योगहरू संकटमा परेका हुन् ।

उपचार अभावमा ज्यान गुमाएका राजु र वीरेन्द्रसहित तीन परिवारलाई प्रदेश सरकारको ५ लाख

उपचार नपाएर मृत्यु भएका धनुषाका राजु सदा र वीरेन्द्र गुरमैता यादवसहित अकालमै ज्यान गुमाएका तीन परिवारलाई प्रदेश २ सरकारले राहत प्रदान गरेको छ ।

छाङ्गरु र तिङ्करमा खाद्यान्न अभावः चामल प्रतिकेजी २ सय ५० रूपैयाँ

दार्चुलाको व्यास गाउँपालिका–१ छाङ्गरु र तिङ्करमा खाद्यान्न ढुवानी गर्न बाटो नहुँदा यहाँका दुवै गाउँमा खाद्यान्न अभाव हुन थालेको छ। गत वैशाखमा कुञ्चा सरेका व्यासीका लागि नेपालतिर भएर गाउँ जान बाटो नहुँदा खाद्यान्न अभाव हुन थालेको हो।

कृषि मन्त्री भुषालले भने : 'सलहसँग सतर्क रहनुस् तर नआत्तिनुस्'

कृषि मन्त्री घनश्याम भुसालले सलह किरादेखि नआत्तिन किसानलाई अनुरोध गरेका छन् । सलह किरा प्रबेश गर्नेवित्तिकै आत्तिनुपर्ने अवस्था आएको छैन, उनले भने, सतर्क र सचेत रहनुपर्छ तर आत्तिनु हुदैन ।

रोपाइँको सिजन, मल अभाव

प्रदेश १ मा धान लगाउने सिजनमै रासायनिक मल अभाव भएको छ । समयमै आयात नहुँदा धान लगाउने सिजनामा मल अभाव भएको हो । सरकारले कृषिलाई प्राथमिकता राखेको बताइरहे पनि मुख्यबाली धान लगाउने सिजनमै मल अभाव भएपछि भनाइ र व्यवहारमा फरक देखिएको छ ।

विद्यालय र स्वास्थ्य संस्थामा कर्मचारी अभाव

देश संघीय संरचनामा गए पनि सामुदायिक विद्यालय र सरकारी स्वास्थ्य संस्थाहरुमा अझै कर्मचारी अभाव रहेको संसदीय समितिले ठहर गरेको छ ।

उपचार अभावमा छटपटाएरै आइसाेलेसनमा युवकको मृत्यु

उपचार अभावमा प्रादेशिक अस्पताल जनकपुरमा छटपटाउँदै प्राण त्यागेका धनुषाको हंसपुर नगरपालिका—७ नौवाखोर परसाहीका राजु सदाकी आमा विक्षिप्त छिन् । परिवारको ‘मुख्य पिलर’ एक्लो छोरा १६ वर्षीय राजुको मृत्युपछि आमा लिलम देवी घरीघरी बेहोस हुन्छिन् । छोरालाई पुकार्दै उनी दिनभरी बर्बाउँदै अचेत हुन्छिन् । असहय पीडाले छटपटाइ रहेकी उनलाई सन्तवना दिन घरमा आफ्न्त र छिमेकीको घुँइचो लागेको छ ।

धान सिजनमा मल अभाव

प्रदेश १ मा धान लगाउने सिजनमै रासायनिक मल अभाव भएको छ । समयमै आयात नहुँदा धान लगाउने सिजनामा मल अभाव भएको हो । सरकारले कृषिलाई प्राथमिकता राखेको बताइरहेपनि मुख्यवाली धान लगाउने सिजनमै मल अभाव भएपछि भनाई र व्यवहारमा फरक देखिएको छ ।

उखु खेती पनि मल अभावको मारमा

सर्लाहीका उखु किसान हरिश्याम रायको दैनिकी आजभोलि रासायनिक मलको खोजीमा बित्छ, तर मल पाउँदैनन्। ‘यसपटक समयमै पानी परेकोले उखुमा अगाडि नै मल राखेर माटो भर्नुपर्ने थियो।

आइसोलेसन कक्ष अभाव हुने देखियो

कोरोना संक्रमित बढ्दा आइसोलेसन कक्ष भरिन थालेका छन् । बिस्तारै देखिन थालेका संक्रमित ह्वात्तै बढ्न थालेसँगै केही दिनमै आइसोलेसन कक्षको चरम अभाव हुने देखिएको छ ।

क्वारेन्टिनमा क्षमताभन्दा तेब्बर व्यक्ति, न शौचालय, न बाथरुम

महोत्तरीको सम्सी गाउँपालिका–२ स्थित राष्ट्रिय माध्यमिक विद्यालयमा करिब सय जना क्षमता भएको क्वारेन्टिनमा अढाइ सय व्यक्तिलाई राखिएको छ । १२ वटा कोठामा भुइमै ओछयाइएको त्रिपालमा उनीहरू कोच्चिएर बसिरहेका छन् । भारतबाट आएकाहरूमा कोरोना भाइरस संक्रमणको उच्च जोखिम रहेको हुँदा दुरी कायम गरेर बस्न सरकारले आदेश दिएको विषयमा क्वारेन्टिनका हरेक व्यक्ति ज्ञात छन् ।

औषधि अभावले रोकियो परीक्षण

विराटनगरस्थित कोसी अञ्चल अस्पतालको ल्यावमा प्रयोग हुने औषधि अभाव भएपछि दुई दिनदेखि कोरोना परीक्षण रोकिएको छ । प्रयोगशालामा प्रयोग हुने औषधि अभाव भएका कारण दुई दिनदेखि स्वाब परीक्षण रोकिएको अस्पतालले जनाएको छ ।

कैलालीका किसानलाई मल अभाव

भजनी नगरपालिका–८ का किसान गौरी चौधरी मलको खोजीमा भौतारिन थालेको दुई साता बित्यो। उनले मलको खोजीमा आसपासका पालिकाका सबै सहकारी धाए। तर अहिलेसम्म एक बोरा मल पाउन सकेका छैनन्।

४२ जिल्लामा फौजी किराको प्रकोप

गत वर्ष मकै बालीमा पहिलोपटक देखिएको अमेरिकन फौजी किराको प्रकोप अहिले अधिकांश जिल्लामा फैलिएको छ । एक वर्षअघि पहिचान भएको यो किराबारे किसान अनभिज्ञ रहेको यस क्षेत्रमा संलग्न विज्ञ बताउँछन् । यसअघि जानकारी नै नभएको नयाँ जातको किरा बालीमा फैलिएका बेला लकडाउनका कारण विषादी प्रयोग गर्न नपाउँदा मकै सखाप हुने चिन्तामा किसान छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्