२३ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

उपचार अभावमा छटपटाएरै आइसाेलेसनमा युवकको मृत्यु

उपचार अभावमा प्रादेशिक अस्पताल जनकपुरमा छटपटाउँदै प्राण त्यागेका धनुषाको हंसपुर नगरपालिका—७ नौवाखोर परसाहीका राजु सदाकी आमा विक्षिप्त छिन् । परिवारको ‘मुख्य पिलर’ एक्लो छोरा १६ वर्षीय राजुको मृत्युपछि आमा लिलम देवी घरीघरी बेहोस हुन्छिन् । छोरालाई पुकार्दै उनी दिनभरी बर्बाउँदै अचेत हुन्छिन् । असहय पीडाले छटपटाइ रहेकी उनलाई सन्तवना दिन घरमा आफ्न्त र छिमेकीको घुँइचो लागेको छ ।  

‘राजुलाई क्वारेन्टिन व्यवस्थापक र अस्पतालका डाक्टरले मारेका छन् । लगातार चार दिन छटपटाउँदै उनी मरेका छन्,’ राजुकी काकी असिमा सदाले भनिन्, ‘अब उनी फर्केर यो संसारमा आउँदैनन् । तर मार्नेलाई कारवाही हुनुपर्यो । क्षतिपुर्ती दिनुपर्यो । अधिकारकर्मी र छिमेकीहरू सबैले राजुले न्याय पाउँछन् भनेर हामीलाई विश्वास दिलाउनु भएको छ ।’  

हंसपुर नगरपालिका—७ स्थित क्वारेन्टिनमा बिरामी परेपछि थप उपचारकालागि राजुलाई कोभिड अस्पताल जनकपुरमा पठाइएपछि उपचार नपाएर असार ९ गते विहान उनले प्राण त्यागेको उनले बताइन् ।  

परिवारिक अवस्था दयनीय भएपछि गुजारा चलाउन करिब १६ महिनाअघि राजु भारतको तामिलनाडुमा एक होटेलमा काम गर्न पुगेका थिए । तीन बहिनी र आमाबुवाको एक्लो सहारा रहेका राजुको मृत्युले उनको परिवारमा बज्रपात परेको छ ।  

‘कमाउन नजान मैले धैरै सम्झाएको थिए । एउटै छोरा भएकाले मैले धेरै रोकेको थिएँ । तर उसले कमाएर बहिनीलाई पढाउँछु । घर बनाउँछु भनेर जिद्धि कसे । आमाको कुरा पनि सुनेन्,’ उनका बुवा असे सदाले भने । गएको जेठ १४ गते पैदल गाडी र टे«न चढेर उनी तामिलनाडुबाट ८ दिनको यात्रापछि जटही नाकामा आइपुगेका थिए । बाटोमा राम्रो राम्रो खाना नपाएका कारण उनलाई पखाला लागेको राजुसँगै फर्केका स्थानीय अरुण सदाले बताए ।  

त्यही दिन जटही नाकाबाट उनको टोल छेउमै रहेको क्ववारेन्टिनमा उनलाई राखियो । उनका अनुसार क्वारेन्टिनमा राजुका आमा बुवा भेट्न जाँदा उनको अवस्था राम्रै थियो । तर पाखालाको कारण शरिर कमजोर भएको साथीहरूलाई बताइरहेका थिए ।  

‘राजुले क्वारेन्टिनमा त्यहाँका स्वास्थ्यकर्मी र साथीहरूलाई टाउको दुखिरहेको, खाना खाँदा उल्टी भैरहेको कुरा सुनाएको थियो,’ अरुणले भने, ‘कमजोरी महसुस भइरहेकाले डाक्टरलाई पानी चढाउन पनि उनले पटक पटक भनेका थिए तर डाक्टरले यहाँ चढाउने पानी छैन् भएपनि अनुमती छैन् भनेर बास्ता गरेन ।’ त्यहाँ क्वारेन्टिनमा स्वास्थ्यकर्मीले राजुलाई केही औषधी समेत दिएका थिए तर उनको अवस्था विग्रिदै गयो ।  

‘छोरालाई म बाहिरै लगेर उपचार गराउँछु भन्दा त्यहाँबाट रिपोर्ट नआउन्जेल कतै जान दिन्नौ भनेर डाक्टरले भन्यो तर न उपचार गर्न दियो न आफैँले गर्यो । मेरो छोरालाई उपचारै नगरेर मारदियो,’ राजुका बुवा असेले भक्कानिदै भने । १४ दिन राजुलाई क्वारेन्टिनमै राखियो । अवस्था बिग्रिन थालेपछि अरुणसँगै टिपरमा चढाई जेठ २८ गते प्रादेशिक अस्पताल जनकपुर उनलाई पठाइयो ।  

कोरोनाको रिपोर्ट आइनसकेकाले दुबै जनालाई आइशोलेसनमा नराखी चिकित्सकले मिटिंग भवनमा बेग्लै राखे । जहाँ राजु , अरुण र एक जना सिहारका गरी तीन जना मात्र थिए ।  

आइसाेलेसन कक्षभन्दा बाहिर राखिएकाले चिकित्सक तथा नर्सहरू पटक पटक नबोलाउँदासम्म नआएको अरुणले सुनाए । उनका अनुसार अस्पताल आउँदा समेत राजुलाई पाखाला लागेको थियो । ‘टाउको दुखिरहेको थियो, उल्टी पनि भइरहेको थियो । कमजोरीले उनी हिँडडुल पनि गर्न सक्दैनथ्यो,’ राजुको पीडा सुनाउँदै अरुणले थपे, ‘राजु छटपटाउँदै थियो । तर कसैले वास्ता गरेन् । पीडाले कयौँ रात उनले सुत्न पनि सकेका थिएन् । ३÷४ पटक फोन गर्दा मात्र नर्सले औषधी दिएर जान्थे ।’

उनको अवस्था झन नाजुक बन्दै गयो । असार ५ गते विहान अचानक राजु बेड लगेपछि जिउ तन्काउन थाले । बोल्न समेत नसक्ने भए उनी । राजु अन्तिम अवस्थामा आइसकेपछि मात्र नर्सले पानी चढाउन सुरु गरेको सँगै बसेका अरुणको भनाइ छ ।  

जेठ ८ गते छोराको अवस्था बिग्रिएको सूचना पाएपछि उनका आमाबुवा प्रादेशिक अस्पताल पुगे । त्यहाँ पुग्नसाथ डाक्टरले रिपोर्टमा कोरोना नदेखिएकाले थप उपचारकालागि बाहिर लैजान भनेको उनका बुवा असेले बताए । त्यसपछि उनलाई  प्रादेशिक अस्पतालको इमरजेन्सीमा भर्ना गरियो । त्यो बेला राजु अन्तिम अवस्थामा पुगिसकसेको थियो । ‘८ गते दिउँसो भर्ना गरउना लाँदा डाक्टरले अन्तिम अवस्थामा अस्पतालमा ल्याउनु भएको सुनाउनुभयो । त्यसको भोलिपल्टै विहानै ३ बजे डाक्टरले मरिसक्यो भनेर भन्यो,’ उनले थपे, ‘डाक्टरले तुरन्त एम्बुलेन्स बोलाएर घर लानु भन्यो । हत्यालाई ढाकछोप गर्न वडाध्यक्ष र मेयरले २० हजार रुपैँया दिएर चुपचाप बस्न भन्यो ।’

प्रादेशिक अस्पताल जनकपुर र स्थानीय नौवाखोरमा क्वारेन्टिनमा खटिएको नर्स, प्रशासन र व्यवस्थापकीय पक्षको लापरबाहीले राजुको मृत्यु भएको परिवारजनको आरोप छ । उनीहरू न्यायकालािग अधिकारकर्मी तथा स्थानीय प्रशासनलाई समेत गुहार लगाएको बताए ।  

उनका परिवारजन तथा अधिकारकर्मीले घटनाको अनुसन्धान गर्न माग गरेका छन् । ‘प्रादेशिक अस्पतालका मेसु, प्रशासन र आइशोसलेसन सहित इम्रजेन्सी, क्वारेन्टिनका व्यवस्थापक माथि कारवाही गरिरयोस । अबिलम्ब राहतको व्यवस्था गरियोस,’ परिवारजनले बुधवार जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ । 

कोरोना अस्पताल धनुषाका संयोजक डा.जामुन सिंहले राजु सदालाई आइसोलेशन वार्डमा भर्ना गरिदा समेत उनको स्वाव संकलन गरि रिर्पोटको लागि ल्यावमा पठाउँदा ७ दिन पछि रिर्पोट आउँदा निगेटिभ पाइएपछि उपचारको लागि परिवारजनको उपस्थितीमा इमरजेन्सी वार्डमा भर्ना गरेको बताए । उनका अनुसार विरामीको अवस्था नाजुक रहेको बारेमा आइसोलेशन वार्डमै रहेका वेला धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौला र सामाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेलगायतलाई जानकारी गराइएको थियो ।

प्रकाशित: १० असार २०७७ १४:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App