१४ माघ २०८२ बुधबार
image/svg+xml

सर्वोच्चले भन्यो- संसद् पुनः स्थापनको मागमा २० गते पेसी तोकिएको होइन, हल्ला फैलाइयो

सर्वोच्च अदालतले संसद् पुनः स्थापना माग गर्दै दायर भएका रिट निवेदनमा २० गते पेसी तोकिएको भन्ने हल्ला सही नभएको जनाएको छ।

पश्चिम नेपालमा वर्षा र हिमपात सुरु, राति पूर्वतर्फ सर्दै आउने

आज साँझ प्रवेश गरेको पश्चिमी न्यून चापीय प्रणालीका कारण हाल पश्चिम नेपालबाट वर्षा र हिमपात सुरु भएको छ।

रविको मुद्दामा सरकारी वकिलको अभियोजन कमजोर पार्ने प्रयास

सहकारी ठगीसहित संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको मुद्दा फिर्ता प्रक्रियाले देशभरका अन्य मुद्दा पनि प्रभावित हुने देखिएपछि सर्वोच्च अदालतले मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिटमा थप सक्कल प्रमाण कागजात झिकाउन आदेश गरेको छ।

कांग्रेसको प्राथमिकता सुशासन र विकास

नेपाली कांग्रेसले सुशासन र आर्थिक विकासलाई प्राथमिकतामा राखेर आगामी घोषणापत्र बनाउने जनाएको छ।

अरुण तेस्रो आयोजनामा कार्यरत एक मजदुर मृत फेला

सङ्खुवासभाको मकालु गाउँपालिका–५ फ्याक्सिन्दास्थित अरुण तेस्रो जलविद्युत् आयोजनाका एक मजदुर मृत फेला परेका छन्।

अस्पतालबाटै शव साटिएको घटनामा छानबिन गर्न समिति गठन

सिरहाको लहानस्थित रामकुमार शारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालमा ‘परीक्षण’ का लागि राखिएको शव साटिएको घटना छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरिएको छ।

२७ बुँदामा जसपाको प्रतिबद्धता: प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको एजेण्डा कायमै

प्रत्यक्ष्य निर्वाचित कार्यकारी राष्ट्रपति र संविधान संशोधन अथवा पुनलेर्खनको माग राख्दै जनता समाजवादी पार्टी (जसपा) ले २७ वटा बुँदामा प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ।

पेट्रोलियम पदार्थ आयात निरन्तर उकालो

वीरगञ्ज नाका हुँदै गत आवको ६ महिनाको तुलनामा चालु आवमा सोही अवधिमा दुई अर्ब ७५ करोड बढी रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको हो ।

भरतपुर महानगरका पूर्वइन्जिनियर आचार्यविरुद्ध साढे ६ करोडको भ्रष्टाचार मुद्दा

अभियोगपत्रमा आचार्यले पदको दुरुपयोग गरी अकुत सम्पत्ति कमाएको दाबी गरेको छ । आचार्यले भरतपुर महानगरपालिकाको विकास निर्माण बजेट दुरुपयोग गरी अकुत सम्पत्ति कमाएको देखिन्छ ।

विदेश पठाउने भन्दै २७ लाख ठगी गर्ने तीन पक्राउ

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिने भन्दै २७ लाख ८० हजार ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ।

प्रतिनिधिसभा निर्वाचन: एक करोड ८९ लाख मतदाता, २३ हजार मतदान केन्द्र

यस्तै आयोगले १० हजार ९६७ ठाउँमा मतदान स्थल निर्धारण गरेको छ भने, २३ हजार ११२ वटा मतदान केन्द्र तोकिएका छन्।

खुट्टामा संक्रमण भएपछि रवि लामिछाने अस्पताल भर्ना

खुट्टामा संक्रमण देखिएपछि उनलाई महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ हस्पिटल) मा भर्ना गरिएको हो।

प्रदेशसभा बैठक वीरेन्द्र सभागृहमा राख्ने तयारी

जेनजी आन्दोलनमा कोशीको प्रदेशसभा भवन जलेपछि पहिलोपटक बस्न लागेको बैठक वीरेन्द्र सभागृहमा राख्न लागिएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्