coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

कृषि मन्त्री भुषालले भने : 'सलहसँग सतर्क रहनुस् तर नआत्तिनुस्'

कृषि मन्त्री घनश्याम भुसालले सलह किरादेखि नआत्तिन किसानलाई अनुरोध गरेका छन् । सलह किरा प्रबेश गर्नेवित्तिकै आत्तिनुपर्ने अवस्था आएको छैन, उनले भने, सतर्क र सचेत रहनुपर्छ तर आत्तिनु हुदैन ।  

असार पन्ध्रमा मनाइने धान दिवश मनाउन विपी राजमार्ग हुँदै उदयपुरतर्फ जाने क्रममा पत्रकारहरुसँगको भेटघाटमा उनले यस्तो बताएका हुन् । सलह किराले कत्तिको हानी पुर्‍याउछ भन्ने निश्चित भइनसकेको भन्दै मन्त्री भुषालले हावाको वाहब भारतमा सलह गएको बाटो लगायतका कुराहरुले यसलाई निर्धारित गर्ने बताए । स्थानीय तहमार्फत धुवा लगाउने माइकहरु बजाउने लगायतका ठूला ठूला आवाज निकाल्ने जस्ता क्रियाकलाप गर्नलाई संकलन गर्ने कार्य भएको छ, उनले भने, हालसम्म सलहले त्यस्तो क्षति नगरेको र कत्तिको क्षति हुन्छ त्यो विषयमा छलफल भइरहेको छ ।

पालिका तथा प्रदेश सरकारले विभिन्न क्रियाकलाप गरि सलह नियन्त्रण गर्ने कार्य गर्न सकिने र सलह नियन्त्रण गर्नकै लागि बजेट अभाव भए केन्द्र सरकारले बजेट व्यवस्था गर्नेछ, मन्त्री भुषालले भने । मन्त्री भुसालले वारा, पर्सा र रौतहट, सर्लाही र कपिलवस्तु जिल्ला हुँदै सलह किरा पहाडी जिल्ला सिन्धुली उत्तरतिर लागेको बताए ।  

कृषि मन्त्रालयले कृषिमा आत्मानिर्भर बनाउनका लागि संरक्षित र सुनिश्चित बचतमा हालको बजेट केन्द्रित भएको बताए । विश्वका विभिन्न देशले कृषिलाई संरक्षित गरेर बचाएका कारण नेपाल सरकारले पनि संरक्षण गर्न लागेको बताए । उत्पादनदेखि व्यवस्था भण्डारण र किसानको खरिद विक्रि गर्ने व्यवस्था समेत स्थानीय तहले लिनुपर्ने मन्त्री भुषालको भनाइ छ ।

प्रकाशित: १४ असार २०७७ १५:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App