७ आश्विन २०८१ सोमबार
image/svg+xml

उपत्यकामा थप एक हप्ता निषेधाज्ञा लम्ब्याउने तयारी, खाद्यान्न पसल खुल्ने समय बढाइँदै

उपत्यकामा जारी निषेधाज्ञालाई थप एक साताको लागि लम्ब्याइने भएको छ। हाल भइरहेको निषेधाज्ञालाई केही खुकुलो पार्दै म्याद थप्नेबारे छलफल भइरहेको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए। उनका अनुसार खाद्यान्न पसल र तरकारी पसल खोल्ने समय बढाइने छ।

उपत्यकामा दुई महिना मेलम्चीको पानी नआउने

मेलम्ची खानेपानी विकास समितिले आउँदो असार १ गतेबाट आयोजनाको सुरुङ खाली गरेर निरीक्षण गर्ने भएकाले तत्कालका लागि मेलम्चीबाट पानी नआउने भएको हो।

उपत्यकामा असारदेखि ‘लुज डाउन’

'यसअघि ‘लकडाउन’ थियो, असारदेखि भने ‘लुज डाउन’ लागू गर्ने योजना छ, मुलुकभरको सुझाव आएपछि त्यसको आधारमा आवश्यक निर्णय लिइने छ', दाहालले भने,'केही सहजीकरण भने पक्कै हुनेछ।' सङ्क्रमणभन्दा निको हुने दर दोब्बर हुँदै गएको र मृत्युदरसमेत न्यून भएकाले निषेधाज्ञामा केही खुकुलो गर्ने योजनाका साथ अहिले काम भइरहेको छ।

उपत्यकामा नृसिंह जयन्ती

हरेक वर्ष वैशाख शुक्ल चतुर्दशीका दिन नृसिंह जयन्ती मनाइन्छ। हामी सबैलाई थाहा भएकै कुरा हो कि शक्तिशाली राक्षसराज हिरण्यकशिपुका पुत्रका रूपमा भगवत भक्त प्रल्हादको जन्म भएको हो। भक्त प्रल्हादले कुरा गर्न जान्ने भएदेखि नै भगवान्को नाम लिने गरेका थिए।

कोरोना संक्रमण चक्र: उपत्यकामा स्थिर,बाहिर बढ्दो

गाडी रिजर्भ गरेर या अन्य तरिकाले गाउँ पुगेकाहरूलाई यसपटक १० दिन अनिवार्य क्वारेन्टिन राख्ने कार्यमा कमी आएकाले जोखिम त्यतातिर बढेको सहप्रवक्ता समीर अधिकारीको दाबी छ।

खोटाङका थप ६५ जनालाई संक्रमण

यससँगै जिल्लामा कोभिड–१९ बाट सक्रिय संक्रमितको संख्या ३२६ पुगेको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देलले बताए।

उदयपुरमा संक्रमित ५ सय नाघे, घरबाहिर ननिस्कन प्रशासनको अपिल

संक्रमित र मृतकको संख्या दिनानुदिन बढ्दै गएपछि सर्वसाधारणलाई घरबाहिर ननिस्कन सरोकारवाला निकायहरुले आग्रह गरेका छन्। जिल्ला प्रशासन कार्यालय, प्रहरी, स्थानीय तहहरुले सबैलाई घरघरमा बस्न आग्रह गरेका छन्।

काउण्टरकै कर्मचारीबाट ठगिँदै यात्रु, चर्को भाडा असुल्ने सात जना पक्राउ

ट्राफिक प्रहरीले यात्रुसँग तीनगुणा बढी भाडा लिने सात कर्मचारीलाई पक्राउ गरेको छ। उपत्यकामा निषेधाज्ञा जारी भएपश्चात् वैदेशिक रोजगारबाट आएका र अत्यावश्यक भई उपत्यका बाहिरका जिल्ला जानुपर्ने यात्रुहरुसँग टिकट बुकिङ काउण्टरकै कर्मचारीहरुले बढी भाडा असुल्ने गरेको आरोपमा प्रहरीले सातजनालाई पक्राउ गरेको छ।

ई–कर्मसका काममा रोक नलगाउन सरकारसँग माग

अनलाईन सेवा प्रदायक कम्पनीहरुले जारी निषेधाज्ञामा होम डेलिवरी लगायतका ई कर्मसका काममा रोक नलगाउन सरकारलाई आग्रह गरेको छ । हाल जारी रहेको निषेधाज्ञामा सरकारले अनलाईन अर्डर डेलिभरीमा कुनै रोक लगाउने आधिकारिक निर्णय नलिएपनि प्रशासनले भने अनलाईन डेलिभरीमा रोक लगाउँदै आएको छ ।

लम्बियो उपत्यकाको निषेधाज्ञा, घरबाहिर निस्कन कडाइ

‘यो अघिको निषेधाज्ञामा अनावश्यक रुपमा हिँड्नेहरु पनि देखिए, त्यसले गर्दा पनि निषेधाज्ञा, निषेधाज्ञा जस्तो भएन, यो पटक भने कडा हुन्छ, हामीले प्रहरी प्रशासनलाई त्यही अनुसार गर्नका लागि निर्देशन दिन्छौं।'

निषेधाज्ञाले उपत्यकामा खपत घट्दा तरकारी सस्तियो

तरकारी स्टक राख्दा कुहिएर क्षति हुने भएकाले किसानले सस्तो मूल्यमा बिक्री गरिरहेका छन्। कोभिडको संक्रमण बढेपछि उपभोक्ताहरू तरकारी किन्न बजारमा कम निस्किएका छन्। तरकारी किन्ने ठाउँमा भिडभाड हुने भएकाले पनि त्रसित छन्।

उपत्यकामा निषेधाज्ञा: आजबाट थप कडाइ

शनिबार बसेको सिसिएमसीको बैठकले आइतबारदेखि निषेधाज्ञा जारी भएका काठमाडौं उपत्यका र ठूला सहरहरूमा बैंक तथा वित्तीय संस्थाहरूका शाखाहरूमा एक चौथाइ कर्मचारी राखी सञ्चालन गर्ने, नेपाल राष्ट्र बैंकले यसमा सहजीकरण गर्ने निर्णय गरेको छ। अत्यावश्यक सेवाबाहेक अन्य कार्यालयहरू एक चौथाइ कर्मचारीद्वारा सञ्चालन गर्ने निर्णय गर्दै सञ्चारकर्मीको आवागमनमा पनि कडाइ गर्ने निर्णय गरेको छ।

उपत्यकामा निषेधाज्ञाको पहिलो दिन चेकजाँचमा कडा (फोटोफिचर)

प्रहरीले चोकचोकमा कडा चेकजाँच गरिरहेको छ भने पास बिना सञ्चालित यातायातका साधनलाई होल्ड गरेको गरेको छ। विनाकाम हिँड्नेलाई पनि होल्ड गरेको छ।

निषेधाज्ञामा सवारी पास: कसले पाउने, कसले नपाउने?

नयाँ भेरियन्टको कोभिड–१९ महामारी नेपालमा समेत फैलिएपछि संक्रमण नियन्त्रणका लागि सरकारले बिहीबारदेखि जारी गरेको निषेधाज्ञालाई प्रभावकारी बनाउन सवारी साधनको वर्गीकरण गरेको हो।

निषेधाज्ञा अवधि खेर नफाल्न विज्ञको सुझाव

निषेधाज्ञाको अवधिमा महामारी नियन्त्रणका लागि रणनीति र कार्ययोजना घोषणा गरी अगाडि नबढाए यो अवधि त्यत्तिकै खेर जाने र फेरि जस्ताको तस्तै स्थिति आउन सक्नेमा विज्ञ चिन्तित देखिएका छन्। नेपाल मेडिकल एसोसिएसनका अध्यक्ष डा. लोचन कार्की कोरोनाको दोस्रो लहर आउँछ भन्ने थाहा हुँदाहुँदै पनि सरकारले आवश्यक तयारी नगरेको बताउँछन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्