coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

काउण्टरकै कर्मचारीबाट ठगिँदै यात्रु, चर्को भाडा असुल्ने सात जना पक्राउ

ट्राफिक प्रहरीले यात्रुसँग तीनगुणा बढी  भाडा लिने सात कर्मचारीलाई पक्राउ गरेको छ। उपत्यकामा निषेधाज्ञा जारी भएपश्चात् वैदेशिक रोजगारबाट आएका र अत्यावश्यक भई उपत्यका बाहिरका जिल्ला जानुपर्ने यात्रुहरुसँग टिकट बुकिङ काउण्टरकै कर्मचारीहरुले बढी भाडा असुल्ने गरेको आरोपमा प्रहरीले सातजनालाई पक्राउ गरेको छ।

प्रहरीले सावित्रा काउण्टर कलंकीमा कार्यरत महोत्तरी गौशाला घर भई थानकोट बस्ने ५३ को मनु अर्याल र उनकै ३० वर्षीय छोरा अनु अर्याललाई पक्राउ गरेको जनाएको छ। त्यस्तै, नारायणी यातायात काउण्टरका टिकट बुकिङ कर्मचारी हेटौंडाका ३८ वर्षका नवराज घिमिरे, कुलेश्वर बस्ने ४४ वर्षका बिपिज सुवेदी र जय नेपाल सुपर डिलस्क का बुकिङ इन्चार्ज सुन्धारा काठमाडौंका ४९ वर्षका ज्ञानेन्द्र साह बढी भाडा लिएको कसुरमा पक्राउ गरेको छ।

उनीहरुले धनुष, महोत्तरी र वीरगञ्ज जाने यात्रुहरु संकलत गरी प्रतिप्व्यत्ति २ हजार ५ सयदेखि ३ हजारसम्म भाडा लिने गरेको पाइएको जनाउँदै प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले यात्रुसँग लिएको भाडा तोकिएको भन्दा तीन गुणा बढी भएको बताए।

यसैगरी  प्रहरीले गोंगबु बसपार्कबाट रुकुम जाने यात्रुहरुसँग ६ हजारका दरले भाडा लिने रुकुम पश्चिम यातायात प्रा.लि.का कर्मचारी गणेश रावल र भागरीराम छिनाललाई पक्राउ गरेको छ।

प्रकाशित: २५ वैशाख २०७८ ०९:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App