ट्राफिक प्रहरीलाई प्रोत्साहन भत्ता दिन अर्थमन्त्रालय असहमत
सरकारले ट्राफिक प्रहरीको दिदै आएको प्रोत्साहन भत्ता रोकेको छ। साेमबार अर्थमन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्रचार गर्दै भत्ता तत्काल उपलब्ध गराउन नसक्ने भन्दै रोकेको हो।
सरकारले ट्राफिक प्रहरीको दिदै आएको प्रोत्साहन भत्ता रोकेको छ। साेमबार अर्थमन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्रचार गर्दै भत्ता तत्काल उपलब्ध गराउन नसक्ने भन्दै रोकेको हो।
गण्डकी प्रदेशमा ट्राफिक प्रहरीले ‘चालकसँग एक मिनेट’ कार्यक्रम सुरु गरेको छ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले कोटेश्वर स्थित तीनकुनेको खाली जग्गामा १५ सय वटा गुर्जोको विरूवा रोपेको छ ।
कोभिड–१९ को महामारीबीच पनि ड्युटीमा खट्ने ट्राफिक प्रहरीको सुरक्षालाई मध्यनजर गरी एमएडब्लू ग्रुपअन्तर्गतको एमएडब्लू फाउन्डेसनले काठमाडौं उपत्यकाका सबै ट्राफिक प्रहरीका लागि फेससिल्ड र मास्क सहयोग गरेको छ ।
ट्राफिक प्रहरीले गण्डकी प्रदेशमा नमस्ते अभियान सञ्चालन गरेको छ। गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयको निर्देशनमा प्रदेशका ११ वटै जिल्लामा नमस्ते अभियान सञ्चालन गरेको हो।
कोरोना पुष्टि भएकाहरुको सम्पर्कमा आएकाहरुलाई बाहिर आउ–जाउ गर्न बन्देज लगाइएको छ। शुक्रबार महाशाखाका दुई जना ट्राफिक प्रहरीमा संक्रमण देखिएको थियो। त्यसपछि महाशाखालाई सिल गरिएको हो।
सरकारले लकडाउन अन्त्य गरेपछि बुधबारदेखि उपत्यकालगायत देशभर नै चहलपहल बढेको छ। कोरोना भाइरस नियन्त्रणका लागिसरकारले करिब ४ महिनापछि लकडाउन खुलाएपछि यातायात, व्यवसायिक क्षेत्र, सरकारी कार्यालयलगायतमा चहलपहल बढेको हो।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा विभिन्न समयमा हराएका मोटरसाएकल खोज तलासपछि असार ९ गते ३० थान र असार २१ गते २० थान गरी असारमा ५० वटा भेटिएका मोटरसाइकल तथा स्कुटर सम्बन्धित धनीलाई बुझाएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले बताए । काठमाडौं उपत्यकामा विभिन्न समयमा विभिन्न ठाउँबाट मोटरसाइकल तथा स्कुटर हराइरहेका हुन्छन् ।
घोराही तुलसीपुर सडक खण्डका विभिन्न स्थानमा सडक उप्किएर जिर्ण बनेपछि ट्राफिक प्रहरी कार्यालयले सडकमा परेका खाल्डा पुरेको छ । पिच उप्किएर सडकमा ठूल्ठूला खाल्डा परेपछि दुर्घटनाको उच्च जोखिम बढेको थियो । दुर्घटना न्यूनिकरणका लागि ट्राफिक प्रहरी कार्यालयले सडकमा परेका खाल्डा पुर्न सुरु गरेको हो । काम थालेको हो । प्रहरीले सडकका खाल्डाहरूमा ग्राबेल बिछ्याएको छ ।
भरतपुर महानगरपालिकाको प्रमुख बजार क्षेत्र र राजमार्गमा ट्राफिक व्यवस्थापन गर्न आइल्यान्ड राख्न थालिएको छ।