८ वैशाख २०८१ शनिबार
अर्थ

ई–कर्मसका काममा रोक नलगाउन सरकारसँग माग

अनलाईन सेवा प्रदायक कम्पनीहरुले जारी निषेधाज्ञामा होम डेलिवरी लगायतका ई कर्मसका काममा रोक नलगाउन सरकारलाई आग्रह गरेको छ । हाल जारी रहेको निषेधाज्ञामा सरकारले अनलाईन अर्डर डेलिभरीमा कुनै रोक लगाउने आधिकारिक निर्णय नलिएपनि प्रशासनले भने अनलाईन डेलिभरीमा रोक लगाउँदै आएको छ ।

सरकारको पछिल्लो निर्णय अनुसार बजार पसल बिहान ७ बजेदेखि ९ सम्म मात्र खोल्ने निर्देशन भएको छ  । तर नेपाल बाहेक अन्य देशले लकडाउनमा इ विजनेसलाई प्राथमिकता दिएपनि नेपालमा भने सरकारले रोक लगाएको भन्दै अनलाईन बजारहरुको छाता संगठन ई–विजनेस एसोसियनले यसमा केही खुकुलो रणनिती अपनाउन सरकारको ध्यानाकर्षण गराएको हो ।  

इ–विजनेस एसोसिएशन नेपालले सिंगापुर, चीन, पाकिस्तान, बंगलादेशले अनलाईनबाट संक्रमण नियन्त्रणमा सधाउ पु¥याएको भन्दै अन्र्तराष्ट्रिय अभ्यास अनुसार यो क्षेत्रलाई चलायमान गरि आम नागरिकको प्रत्यक्ष सम्पर्कलाई टुटाउन सहयोग पुग्ने विश्वास दिलाएको छ ।

डेलिभरी र इ कमर्समा पूर्ण रुपमा प्रतिबन्ध लगाउनुले उपभोक्ताहरूलाई उनीहरूको किनमेल आवश्यकताहरू पूरा गर्न निषेधात्मक आदेशहरूको बाबजुद घर छोड्न बाध्य तुल्याएको एसोसिसनको ठम्याई छ ।

कोभिडविरुद्वको लडाईमा अनलाईन बजार महत्वपूर्ण औजारको रुपमा प्रयोग हुन सक्ने दाबी गर्दै सेवा सञ्चालनमा राख्न सरकारसंग आग्रह गरेको एसोसिसनका अध्यक्ष सागरदेव भट्टले आग्रह गरेका छन् ।

विश्वभरका देशहरुमा व्यापक प्रयोगमा रहेको अनलाईन सपिङले लकडाउनको समयमा आम मानिसलाई घर भित्र बस्न सहयोग गरेकाले संक्रमण रोक्नसमेत अनलाईन सपिङ सञ्चालनमै रहनुपर्ने उनको भनाई छ ।

भट्टलेदेशभर अनलाईन सेवा, होम डेलिभरी कम्पनी र ई–कमर्स क्षेत्र प्रतिबन्धित बनाउँदा आम मानिस अर्काे मानिसको प्रत्यक्ष सम्पर्कमा जान बाध्य रहेको बताएका छन् । सरकारले यसअघिका लकडाउनमा ई–कमर्स र होम डेलिभरीबारे स्पष्ट धारणा सार्वजनिक गरेपनि हाल कुनै स्पष्ट प्रावधान नल्याउदा प्रशासनले सेवामा रोक लगाउँदै आएको उनले बताए ।

कोरोना संक्रमणको दौरान अनलाईन किनमेलबारे अन्तर्राष्ट्रिय अभ्यासहरु भईरहदा नेपालले भने प्रतिबन्ध लगाउँदा सेवाग्राहीहरु पसलसम्म जाँदा सम्भावित संक्रमणको जोखिममा पर्न थालेको समेत उनको भनाइ छ। अनलाईन बजारबाट खाद्य समाग्रीका सवारीमात्रै सञ्चालनको अनुमती रहँदा खाना, विद्युतिय समाग्री अनलाईन कक्षाको लागि आवश्यक स्टेशनरीका समान, ल्यापटप, ट्याबलेट, नोटबुक, पुस्तक लगायतको डेलिवरीमा रोक लगाउन नहुने उनको भनाई छ ।

त्यस्तै, रेस्टुरेन्टबाट पकाएको खाना पनि धेरैलाई अत्यावश्यक रहेको बताउँदै उनले एक्लो कोरोना संक्रमितलाई तातो खाना खानबाट सरकारले बञ्चित रोकेको भट्टले बताए ।

दराज, सस्तोडिल, हाम्रो बजार, फूडमाडौं लगायतका ई –कमर्स बजारको सेवा रोकिदा हाल नागरिकहरु अन्य व्यक्तिको सम्पर्कमा जान बाध्य रहेको जनाउँदै कोरोनाविरुद्वको खोप लगाएका राईडरबाट सेनिजाईज भएका समाग्री डेलिवरिमा रोक लगाउन नहुने उनको तर्क छ ।

अहिलको अवस्थामा ई–व्यापार एसोसिएसनसँग सम्बद्ध निकायहरूले कडा सुरक्षा उपायहरू अपनाएको उनको दाबी छ । त्यस्तै अनलाईन सेवा प्रदायक कम्पनी दराजले समेत आम नागरिकलाई घरबाट बाहिर ननिस्कन सघाउँ पु¥याउन सेवा सञ्चालन हुन दिनुपर्ने जनाएको छ ।  

कम्पनीले सरकारले तोकेका अत्यावश्यक बस्तुहरु दुई चार दिनलाई मात्रै स्टोर गर्न मिल्ने भएकालेपनि महिनौ घर भित्र बस्दा धेरै बस्तु अत्यावश्यक बस्तु अन्र्तगत पर्ने भएकाले उचित मापदण्ड अनुसार सेवा सञ्चान हुन पर्नेमा जोड दिएको हो ।

प्रकाशित: २२ वैशाख २०७८ १२:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App