२० वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

खोटाङका थप ६५ जनालाई संक्रमण

खोटाङका थप ६५ जनालाई कोभिड–१९ को संक्रमण पुष्टि भएको छ। शुक्रबारको पीसीआर/एन्टिजेन परीक्षणबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका ४६ जना, जन्तेढुंगा गाउँपालिकामा ११ जना, रावाबेँसी गाउँपालिकाका ४ जना र साकेला गाउँपालिकाका ४ जनालाई कोभिड–१९ को संक्रमण पुष्टि भएको हो। यससँगै जिल्लामा कोभिड–१९ बाट सक्रिय संक्रमितको संख्या ३२६ पुगेको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देलले बताए। हालसम्म जिल्लामा २ संक्रमितको मृत्यु हुँदा २३ संक्रमितले कोभिड–१९ लाई जितिसकेका छन्।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका १४ जना, साकेला गाउँपालिकाका ७ जना, हलेसी तुवाचुङ नगरपालिकाका १ जना र जन्तेढुंगा गाउँपालिकाका १ जनाले संक्रमणलाई जितेका स्वास्थ्य कार्यालयले जनाएको छ।

हाल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा १३७ जना, हलेसी तुवाचुङ नगरपालिकामा ४० जना, ऐसेलुखर्क गाउँपालिकामा ४० जना, जन्तेढुंगा गाउँपालिकामा ३७ जना, रावाबेँसी गाउँपालिकामा २४ जना, साकेला गाउँपालिकामा २० जना, खोटेहाङ गाउँपालिकामा १२ जना, केपिलासगढी गाउँपालिकामा १० जना र दिप्रुङ चुईचुम्मा गाउँपालिकामा ६ जना सक्रिय संक्रमित छन्।  

सक्रिय संक्रमितमध्ये २९७ जना होम आइसोलेसनमा, २१ जना संस्थागत आइसोलेसनमा र ८ जनालाई थप उपचारका लागि अन्यत्र रेफर गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ।  

यसैबीच रावाबेँसी गाउँपालिकाका अध्यक्ष लिलानाथ निरौलालाई कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । शुक्रबार गरिएको एन्टिजेन परीक्षणमा गाउँपालिका अध्यक्षलाई संक्रमण पुष्टि भएको हो।

प्रकाशित: ७ जेष्ठ २०७८ १३:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App