काठमाडौं उपत्यकामा आज बिहानैदेखि निषेधाज्ञा जारी भएको छ। कोरोना भाइरसको बढ्दो संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो।
निषेधाज्ञापछि सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाइए संगै चेकजाँचलाई कडा पारिएको छ।
प्रहरीले चोकचोकमा कडा चेकजाँच गरिरहेको छ भने पास बिना सञ्चालित यातायातका साधनलाई होल्ड गरेको गरेको छ। विनाकाम हिँड्नेलाई पनि होल्ड गरेको छ।
प्रकाशित: १६ वैशाख २०७८ ०३:०८ बिहीबार