२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
खेल

महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेदरल्यान्डसँग प्रतिस्पर्धा गर्दै नेपाल

काठमाडौंमा जारी महिला टी-२० विश्वकप ग्लोबल छनोट अन्तर्गत घरेलु टोली नेपालले आज आफ्नो दोस्रो खेलमा नेदरल्यान्डको सामना गर्दैछ।

त्रिवि क्रिकेट मैदानमा आज बिहान ९ बजेबाट खेल सुरु हुनेछ। जारी प्रतियोगितामा नेपाल आफ्नो पहिलो खेलमा थाइल्यान्डसँग ८ विकेटले पराजित भएको थियो।

नेदरल्यान्ड भने आफूले खेलेको दुवै खेलमा विजयी भएको छ। छनोट खेल अन्तर्गत जिम्बाबेलाई २२ रनले हराउँदै नेदरल्यान्डले प्रतियोगितामा सुखद सुरुआत गरेको थियो। त्यसपछि स्कटल्यान्डलाई ७ रनले पराजित गर्दै नेदरल्यान्डले अर्को सफलता हात पार्याे।

नेपाल भने आज घरेलु मैदानमा पहिलो जितको खोजीमा हुनेछ। नेपाल र नेदरल्यान्डले हालसम्म टी-२० मा तीन पटक भिडेका छन् जहाँ तीन खेलमा नेदरल्यान्डले नेपाललाई पराजित गरेको छ।

प्रकाशित: ८ माघ २०८२ ०६:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App