जानीजानी गधालाई गाई भन्नुपर्ने
विधा बनाउने , क्या ताल देखियो षड्यन्त्रै षड्यन्त्रको , चाल देखियो टुप्पोमा पुगेपछि बिनासुझबुझ औंठा छापहरूको , कमाल देखियो ।
विधा बनाउने , क्या ताल देखियो षड्यन्त्रै षड्यन्त्रको , चाल देखियो टुप्पोमा पुगेपछि बिनासुझबुझ औंठा छापहरूको , कमाल देखियो ।
दिउँसै रात सम्झेर सपना देख्नेहरू पत्थर सम्झेर मान्छेको मनमा टेक्नेहरू आफ्नो मात्र भलो सोच्दछन् जो अवश्य लड्नेछन् न्यानो घाम छेक्नेहरू ।
मलाई थाहा छ, मान्छे अजम्बरी छैन । जन्मेपछि मर्छ । तर जीवनमा गरिएका ससाना निर्णयहरूले जीवनभर पछ्याइरहन्छन् । अहिले पनि जब त्यो दाहिने पिँडुलाको हड्डी दुख्छ, म हजुरआमालाई सम्झन्छु । अहिले पनि जब मेरो बिहेका फोटाहरू हेर्छु, मेरा आँखाले हजुरआमालाई पहेँलो सारीमा हेर्न खोज्छन् र म त्यो मिठो मायालाई सम्झन्छु । मैले जानेर हजुरआमाको चित्त दुखाएको सम्झना छैन मलाई । तर दिन नसकेको पहेँलो सारी जीवनभरि आइरहन्छ । मेरो उटपटयाङ निर्णय देखापर्छ । अनि म अहिले पनि भावविह्वल हुन्छु
शान्ति सम्झौतापस्चात उसले बन्दुक बिसायो अरूसँगै । अब ऊ एक प्रभावशाली नेता कमरेड राज थियो । राजधानीमा आफ्नै घर थियो । महंगो गाडी थियो । जर्मन कुकुर थियो । एउटा समृद्ध सँसारको मालिक बनेको थियो विगतको राजबहादुर खत्री ।
सोचे – यो कल्पना र सपना पो हो कि ! फेरि दिमाग खियाएँ उनलाई मैले देखेको हो । बोल्न नसक्नु मेरो कमजोरी हो । बोलाऊँ पनि कसरी ! पहिलोपटक देखेको मान्छे ।फेरि मनमा कुरा खेलाएँ, ‘अब कतै देखे भने मिठो स्वर निकालेर सोध्छु , ‘हजुरलाई चिनेझै लाग्यो । कहीँ कतै भेटेर बोलेझैं लाग्यो । लौन परिचय गरौ न फेरि ! जसरी पनि भन्छुभन्छु।’
संस्कृत भाषालाई देववाणी मानिन्छ । आर्यावर्तमा देवादिदेव महादेवका शंखध्वनि ओमकार नाद ब्रह्मबाट निसृत भएको छ । मेरो पुस्तासम्मले स्कुली पठनपाठनसम्म यसोतसो गर्दै अलिअलि अध्ययन ग-यौँ संस्कृत ।
यो यही भाग्यमानी चौर हो, जहाँ बुवाका सन्तानहरूका विवाह व्रतबन्धजस्ता खुसीका कार्यक्रम भए । बुवाआमाको सहस्र चन्द्रदर्शन र बुवाको १०१ वर्षको जन्मोत्सव जस्तो पवित्र एवम् दिव्य धार्मिक कार्य भए ।
यिनी पनि नेपालखाल्डाका मुख्य देवता हुन्। यिनलाई शैवहरू शिव, बौद्धहरू मत्स्येन्द्रनाथ, वैष्णवहरू विष्णु, शाक्तहरू शक्ति, सौरहरू सूर्य भनी पूजा गर्छन्। यिनको नाम करुणामय लोकेश्वर भनी प्रख्यात छ।
आज आएर हामीकहाँ जसरी आमाको नाममा नागरिकताको अभ्यास गर्नुपरेको छ, के हामी आमाको गोत्र वा वंश परम्पराको नयाँ अभ्यास गर्न सक्दैनौँ ?
मैथिल समुदायमा चाडपर्व, संस्कारको एक अंग बनेको यो कला विशेषतः महिलाले स्वस्फूर्त रूपमा निर्माण गर्छन् । नेपालमा पश्चिमी शैली र प्रवृत्तिबाट निर्देशित कलाका औपचारिक स्कुल खुल्न थालेपछि कलाकारहरू यस्ता ज्ञान र सीप लिन बढी उद्वेलित भए ।
खुट्टाले संयम हुन अनुरोध गर्दै सम्झायो, ‘हात, वर मात्रै ठिङ्ङ उभिएको चौतारीको अवस्था कस्तो होला ! तिमी र म त वरपीपलजस्तै हौं । शिष्टाचारको अभावमा मानववस्ती अवनतिको चक्रव्यूहमा फस्दै गएको तिमीले देखेका छैनौं ! हामी दुवैको उत्तिकै भूमिका हुन्छ भन्ने कुरा स्वीकार्नुपर्छ है नत्र हाम्रो हालत पनि ।
घुसलाई उसले प्राण मान्छ । जीवन पार लगाउने त्राण ठान्छ । कहिले आकाश घुम्छ । कहिले धर्ती चुम्छ । हिमाल पहाडमधेश उपत्यका घुमिरहन्छ । देशको फलस्रोत र जलस्रोतको अध्ययन गरिरहन्छ । राजधानी फर्केर व्यापारका निम्ति ग्राहक खोज्छ, उसले । कोशी दियो, गण्डकी पियो र महाकाली चढायो । दुनियाका तुलनामा जलस्रोतको दोस्रो धनी हाम्रो देश । एकातिर पानी खान नपाएर उजाड तराईको धर्ती छ । अर्काेतिर लोडसेडिङको कालरात्रि छ । यो त सब बाठाको खेल न हो ।