१९ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

सम्मानित भए विश्व कीर्तिमानी डी. आर. उपाध्याय

युगेन्द्र-लक्ष्मीकान्त अन्तर्राष्ट्रिय अनुवाद पुरस्कार गुठी, सिलगढी, भारतले सर्जक एवं विश्व कीर्तिमानी डा. डी. आर. उपाध्यायलाई विशेष सम्मान गरेकाे छ। उक्त सम्मान कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कलाकार मदनदास श्रेष्ठले प्रदान गरेका थिए। सर्जक उपाध्यायलाई सम्मानपत्र, मेडल, मायाको चिनो, दोसल्ला, टोपी, रुद्राक्ष/ फूलको माला र टिका तथा फूल वर्षासहित सम्मान गरिएको थियो।

उक्त कार्यक्रममा युगेन्द्र-लक्ष्मीकान्त अन्तर्राष्ट्रिय अनुवाद पुरस्कार गुठीको नेपाली/अंग्रेजी संस्करण (विशेषाङ्क) सम्वाद संजालको पनि लोकार्पण गरिएको थियो।

गुठीका अध्यक्ष साहित्यकार राधेश्याम लेकालीको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा पत्रकार कृष्ण भूषालले सम्मानित स्रष्टा डी. आर. को परिचय प्रस्तुत गरेका थिए।

कार्यक्रममा प्रमुख अतिथि मदनदास श्रेष्ठ, अध्यक्ष राधेश्याम लेकाली, विशिष्ट अतिथिहरू वरिष्ठ इतिहासविद् प्राडा सुरेन्द्र केसी, गीतकार संघका निवर्तमान अध्यक्ष गीतकार चूडामणि देवकोटा, साहित्यिक पत्रकार संघका पूर्व अध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठ र सम्मानित स्रष्टा विश्व कीर्तिमानी सर्जक डा. डी. आर. उपाध्यायले मन्तव्य राखेका थिए।

कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)का केन्द्रीय उपाध्यक्ष कवि राजेन्द्र श्रेष्ठलाई स्वागत सम्पन्न गरिएको थियो।

कार्यक्रममा विशेष अतिथिहरू गीतकार संघका अध्यक्ष वसन्त बित्यासी, समालोचकहरू प्रमोद प्रधान, प्राडा गोविन्दमान सिंह कार्की, साहित्यकारहरू खेमनाथ दाहाल र लेखनाथ पोखरेलको उपस्थिति रहेको थियो।

गुठीकी सदस्य साहित्यकार प्राज्ञ सुभद्रा भट्टराईले चलाएकाे कार्यक्रममा साहित्यकारहरू विमल भौकाजी, रमेश दाहाल, सुधा शर्मा, रुद्र अधिकारी, सागर अधिकारी शरद, नीता श्रेष्ठ, कल्पना खरेल, सुरेन्द्र थापा, गीता अधिकारी लगायतको उपस्थिति रहेको थियो।

युगेन्द्र क्षेत्री अनुवाद अन्तर्राष्ट्रिय पुरस्कार आफ्ना श्रीमान् युगेन क्षेत्रीको नाममा र लक्ष्मीकान्त जोशी राष्ट्रिय अनुवाद पुरस्कार आफ्ना पिता लक्ष्मीकान्त जोशीका नाममा सूचना संवाद संजालकी सम्पादक साहित्यकार ललिता क्षेत्रीले स्थापना गरेका हुन्।

प्रकाशित: ३० चैत्र २०८० १२:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App