१३ मंसिर २०७७ शनिबार

डिभी

उसले टिकट पनि काट्यो। आफ्नो, श्रीमतीको र छ वर्षको छोराको। जाने दिन नजिकिदै थियो। श्रीमतीको अमेरिकाप्रतिको आसक्तिले निरन्तर डिभी भरिरयो । सपना – जपना नै अमेरिका देख्ने उनी माइतबाट फर्कदा एक्सिडेन्ट भयो। यो नियतिको खेललाई कसैले रोक्न सकेनन्। अन्ततः उनले मृत्यु वरण गरिन्।

प्रमोसन

हवाइलो कोठामा मधुर वार्तालाप चल्दै थियो । खुलेआम मन रौसिँदै थिए । दुवै अर्धनग्न भइसकेका थिए । अचानक प्रज्ञाको मोबाइलको घन्टी बज्यो । प्रज्ञाले अनुहारको डिम्पल माथिका जोडी आँखाले चूपचाप बस्न संकेत गर्दै आदेशको भाषा बोलिन्, ‘ओ माई डार्लिङ, सुन त अफिसियल काममा म व्यस्त छु । आज म आउन्न । नानीहरूको ख्याल गर्नु है ।’

मनको बर्डफ्लु

वर्डफ्लु नियन्त्रणको अभियानमा सरकारले कुखुरा फार्महरूमा अनुगमन गर्दै कुखुराहरू मार्दै बोरामा हाल्ने खाडल खनेर गाड्ने र बोरामा कोचेर जिउँदै जलाइएका दृश्य समाचारमा वसन्तले देखेको थियो । आज तिनै गतिविधि उसले प्रत्यक्ष आफ्नै आँखाले देख्यो । कुखुराहरूमाथिको त्यो क्रूरताले वसन्तको मन नराम्रोसंग अमिलियो । त्यो दृश्य हेर्न नसकेर वसन्त भुँइमा थचक्क बस्यो ।

बेथितिको चाङ

जदौ मालिक हजुरले राज्यलाई कुनै न कुनै रूपमा जताततै गाँजेको गाँजेकै छ साम, दाम, दण्ड र भेदले राज गरेको गरेकै छ पाउ मोली तलुवा चाटेकै देखिन्छ त्यसैलाई आशीर्वाद प्रदान भएको भएकै छ स्वाभिमान र उच्चानुशासन दण्डित भएको भएकै छ सायद यस्तै महसुस हुँदैछ लाग्छ यसको स्थिरीकरण र निर्मलीकरण समयको क्रममा ढिलो –चाँडो हुनेछ केवल सपनाको ओछ्यानमा पल्टिएको बेला कल्पनाको सिरानीमा सोचका सिरकहरू ओढिरहेका बेला केवल नआउने मुस्कानको मीठो लड्डु खाएको बेला ।

माया

मङ्सिरको महिना जाडो निकै बढेको थियो । हरिया पातहरू भेट्न मुस्किल थियो । म आफैले आफैँलाई प्रकृतिसँग मूल्याङ्कन गरिरहेको थिएँ । यस्तै उजाड छ यो मन पनि ? किन कहिले फर्कदैन वसन्त ? किन कहिले हरियो हुँदैन यो मन ? किन रमाउन सक्दिन म ? किन कसैको मायाले पनि मलाई पूर्ण बनाउन सक्दैन ? म के खोजिरहेकी छु ?

गाउँलेलाई गाउँ नै प्यारो

गाउँ डुलिरहेको छु । बस्ती –बस्ती नियालिरहेको छु । बस्तीको सुन्दर मुहारदेखि लोभिरहेको छु । छेउछाउमा बस्ती बिचमा धुलाम्मे सडक । न पिच बाटो । जे भए पनि मनमोहक गाउँ । विकासको आयोजना छैन । बस्तीमा छन् मुशहर दाजुभाइ, आमा– दिदी र बहिनीहरू । यसरी बस्ती नियाल्दै गर्दा फेरि अर्कोले सोधे, ‘को हो तपाईं ! कहाँबाट आउनुभएको ! तपाईंजस्तै थुप्रै मान्छे यसरी हाम्रो बस्ती नियाल्छन् र थुथुथुथु गर्दै भटभटेबाटै धुलो उडाएर भाग्छन् ।

बानी

– यसपछि जतिपटक सोध्दा पनि यस्तै उत्तर दिन थालेपछि उनको केही लागेन छ अनि म अर्को पटक पुगेको बेलामा पसलबाट एउटा कपी निकालिन । जुन कपीमा मैले भनेका र उनले नबुझेका शब्द टिप्ने गरेकी रहिछन् र कपीमा लेखेको हेर्दै मलाई नै सुटुक्क सोधिन्– दाइ, यो पोट्याटो चिल्ली भनेको के हो !

मेरा आँगनमा फुलेका फूलहरू

तिमी कसरी यस्तो विपतमा पनि हाँसिरहका छ्यौ ? तिमी कसरी प्रकृतिको अनेकौँ चुनौतीलाई पार गर्दै बाँचिरहको छ्यौ रे आखिर सृष्टि त एउटै हो हामीले अलिकति बाटो विरायौ कि ? तिम्रो सौन्दर्यको महत्व पो बुझेनौ कि ?तिम्रो सुगन्धको सन्देश पो बुझेनौ कि

पासपोर्टको रन्को र अमेरिकी भिसा

विराटनगरको घर बेच्दा मेरी श्रीमतीको आँसुका थोपाले भिजेको राजीनामा कागज सम्झेँ । छोरीहरूको पिल्पिलाउँदो इनोसेन्ट अनुहार मेरा दिमागका पत्रपत्रमा घुम्न थाले । भौतिक कुरा सम्झेँ । आध्यात्म सम्झेँ । गरीबधनीका कुरा सम्झेँ । मरिजाने चोलाका कुरा पनि सम्झेँ । तर पनि किन हो किन जन्म दिएपछि छोरीहरूको खुट्टा लगाइदिनु मेरो भौतिक तथा आध्यात्मिक दायित्व दुवै भएझैँ लाग्यो । किनकि मेरा छोरीहरूको जन्म उनीहरूको आग्रह होइन, हाम्रो आवश्यकता, रहर र संयोग हो । यति कुरा सम्झँदै गर्दा मलाई औडाहा भयो । रातभरि सुत्न सकिनँ ।

धन

बाबु, आफ्ना मान्छे नभएका भए म यहाँ आउँदैनथेँ । घर कुपन्डोलमा छ । एउटा छोरा थियो । छोरा मरेपछि बुहारी र नातिले व्यापार गर्छ भनेर घरखेतमा सहीछाप गरिदिएँ । मभन्दा धन प्यारो भयो । सबैले हेला गर्न थालेपछि छिमेकीले यहाँ ल्याइदिए ।

पोखरेदेखि पोखरासम्म

म्याग्दीमा मगर जातिका जनताको बेग्लै मगर भाषा थिएन र अहिले पनि छैन । उनीहरू नेपाली भाषा नै बोल्छन् तर त्यो सुन्दा अर्कै भाषा बोले कि जस्तो सुनिन्छ र बुझ्न सारै मुस्किल हुन्छ । मगर जातिकाको मात्र होइन कोहीकोही अरू जातका जनताको नेपाली पनि बुझ्न गारो हुन्थ्यो । हर्कवीर र रामबहादुर बरुवालका पत्नीहरूले बोलेको पनि पटक्कै बुझिदैनथ्यो । पार्टी कामकै सिलसिलामा उनीस‘ग भेट भएका समयमा त्यस विषयमा सल्लाह भयो । ‘औल’ गएर व्याग बुझाउने दिन तय गरियो ।

ताल र आँखाहरू

जसरी तिमी र म उभिएर उमारेका छौं प्रेमको नवीन अँकुरण कयौं उकुसमुकुसका लहरहरू जमेका छन् तालमा तरंगहरू दौडाएर एक कुना र अर्को कुनामा सग्लो बस्न खोजिरहन्छ ताल वेदना र खुशीहरू कहिले चित्रमा उतारेर र , कहिले कुलोबाट बाहिर निकालेर सधैं सँग्लिन खोज्छन् आँखाहरू तिम्रा आँखाको नीलो पानी र नीलै रंगमा लहरिरहेको ताल दुवै उस्तै – उस्तै लागिरहेको छ ।

धर्म संस्कृति

बाआमालाई जति सेवा गरेर रिझाउन खोज्दा पनि उहाँहरूको मन पग्लेन, बुहारीले पकाएकै नखाने, परपरै बस्नुपर्ने, मन भाँचिनु स्वभाविकै थियो प्रमोदको, छोराबुहारीले छुट्टिएर बस्ने मनसाय राख्दा केही रोकावट भएन । – गए जाउन् , आफ्नो अर्को छोरो छँदै छ केको चिन्ता भन्नेजस्तो भाव देखाए हरिराम दम्पतीले।

छिमेकी

कहिल्यै बाहिर नखाएकी भए पनि परिस्थिति फरक थियो । भित्र भोक थियो । मनले नमाने पनि खाइन् । अरू उपाय थिएन । सात दिनसम्म साहिँली बज्यै अस्पताल बसिन् । भेट्न कोही आफन्त आएनन् । रमेशका जोईपोइले नै अस्पतालबाट घर ल्याएपछि साहिँली बज्यैले सोचिन् कि सानो जात भनेर सधैँ हेला गरेको छिमेकीले प्राण बचाए । हेलत्तो गरेका घर्तीले पकाएको खाना कत्ति मिठो । मनमनै यो सोचेर रमेशको घरमा आइन् र भनिन्, ‘रमेश, म आज यहीँ खाना खाने गरी आएकी, खान दिन्छौ

फाइदा

चुनावभरि साहिलीको पसलमा भिड लाग्यो । चुनावमा साहिली पनि भोट माग्न गई । गोरेलाई जिताउनुपर्छ भनेर चिनेजानेका सबैलाई भनी । चुनावभरि पिताम्बरले पनि साहिलीको पसलमा सित्तैमा रक्सी खान पाउँदा दंग परेको छ । गोरेले चुनाव जित्यो । गोरे मन्त्री भएको हप्ता दिनपछि साहिली पनि हराई । एक महिनापछि एउटा कार्यक्रममा गोरेसँग साँहिली पनि टेलिभिजनमा देखापरी

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्