२६ आश्विन २०८१ शनिबार
image/svg+xml

अचानोको चोट

अरे बाबा तिमीलाई थाहै छ नि, मसँग तिमीले भोग्ने गरेकै एकथान योनि छ नि । कृष्ण, शिव, धर्म, सभ्यता, अधिकार, कर्तव्य, चोर, साधु, भूत, वर्तमान, भविष्य सबैले सामुहिक र बेग्लाबेग्लै मेरो त्यही योनिलाई भोगेका छन् । ‘रेप’ गरेका छन् अनन्तसम्म अनि अचानोले चिन्दैन त ?

म एक्लो भएर रोएँ तिमीलाई सम्झिएर

म एक्लो भएर रोएँ तिमीलाई सम्झिएर, रोकिएनन् अश्रुधारा बगे सारा बर्सिएर । कहिले रारा कहिले फेवा बनिदिन्छ आँखा, फाइदा के हुन्छ अब तिमीलाई पर्खिएर ।

कोपरा

उसले संकटका दिन काटिसक्यो । काँडा बिच्छ्याएको बाटो पार गरेर फूल बिच्छ्याएको बाटोमा हिंड्न थालिसक्यो । हिजोसम्म कतिखेर कहाँ मारिने हो , प्रहरी र सुराकीबाट लखेटिएको मान्छे आज तिनै प्रहरीलाई अगुवापछुवा बनाएर कारमा हुँइकिन थालिसक्यो । तर, संकटकालभरि उसले छेरेको कोपरा आमैकै बुइँगलमा लडिरहेको छ ।

रातमा जून रुन्छ आँसु बनेर शीत निस्कन्छ

रातमा जून रुन्छ आँसु बनेर शीत निस्कन्छ , सारंगीमा धुन अनि वेदनाको गीत निस्कन्छ । कैयौं पटक हुन्छ वादविवाद अनि संवाद , त्यसैको परिणाम हो अन्तिममा प्रीत निस्कन्छ ।

जनता र राष्ट्र

सर्वत्र देशभरिका जनताले रोग, भोग, अभाव र व्याध खप्नुपर्यो । संसारभरिबाट राहतको सहयोग आए पनि त्यो पीडित जनतासम्म पुग्न सकेन । बर्सौ भैसक्दा पनि भूकम्पले सर्वसाधारणको पुरयाएको क्षतिको पुनर्निर्माण हुन सकेको छैन । रामकुमारका दाजुभाइले बुबाआमालाई त्यसबेला पनि लागि केही कुराको अभाव हुन दिएनन् । भत्किएको घरको पुननिर्मामाण गरे ।

सम्झनाका क्षणहरू

कहाँ थिए र अश्लील फिल्महरू फूल फुल्ने आशामा, कोपिलामा बसेनन् भमराहरू तर आजकाल फरक छन् समय र परिस्थितिहरू पाकेका फल छोडेर विदेसिएका छन् दाइ र भाइहरू बिर्सिएर पनि बिर्सिन सकिन्न, हृदय र मानसपटलमा नउक्किने गरी टाँसिएर बसेका डोबहरू त्यसैले त बिर्सिन सकिन्न, आफू जन्मेर हुर्किएको माटो, ढुंगा र बोटहरू जहाँ बसे पनि सम्झिन्छ आफ्नै गाउँ र ठाउँहरू बिर्सिने छैनन् बाचिन्जेल ती क्षणहरू बारम्बार आइरहन्छन् सम्झनाका क्षणहरू ।

स्वर्गतुल्य नेपाल भयो फोहोर रछ्यान

असल हैन कमसल गर्छ धेरै चुरीफुरी विदेशी यहाँ घोडा चढ्छन् हामीचाहिँ धुरी । नीति–नियम मान्नेभन्दा बिगार्नेको लर्काे, कामभन्दा भ्रष्टचारी सधैँ गर्छ झर्काेफर्काे ।अभावसँगै बढ्दो छ गरिबी कहर, त्यसैले त पछौटे यो गाउँ यो शहर । विवाद जहिल्यै झगडा यो दन्तबझान, स्वर्गतुल्य नेपाल भयो फोहोर रछ्यान । चेत खुल्लाभन्दा झनै मति भ्रष्ट देखेँ ,नेपालको मायामा मैले यो गीत लेखेँ ।

प्रत्यक्ष ज्ञान

बाह्य इन्द्रियहरू भौतिक तत्त्वहरूबाट बनेको छ । यसकारण यसले केही विशेष पदार्थहरूको ज्ञान गराउने क्षमता राख्दछ । केही विशेष गुण भएको हुँदा नै इन्द्रियहरूले काम गर्न सकेको हो । मन भनेको अभौतिक हो । सबै किसिमको ज्ञान गराउनमा मनले एक समान क्षमता राख्दछ । मनको कुनै विशेष गुण नहुँदा पनि इन्द्रियहरूमा कार्य गर्दछ ।

ग्राउन्ड जिरोबाट म माइकल

म माइकल जोन यो ग्राउन्ड जिरोबाट तिमीहरूलाई साक्षी राख्दै सम्पूर्ण विश्वलाई साक्षी राख्दै अपील गर्दछु बन्द गर झुठा अहंकार र आडम्बर बन्द गर दादागिरी बन्द गर आतंकका यी अनगिन्ती श्रृंखलाहरू अब न्यायको, स्वतन्त्रता र समानताको, अहिंसा र शान्तिको, इतिहास लेखिनुपर्छ ।

सपना

उहाँ मेरो अगाडिको टेबुलमा हात टेकाएर निहुरिनुहुन्थ्यो । त्यो बेला उहाँका सौन्दर्यका पहाडहरू ब्लाउजका सिमाना नाघेर फाल हान्न खोज्थे । म नजानिदो पारामा आँखाहरूले ती ठूल्ठूला पहाडका डाँडापाखा चाहर्थे । उहाँ ती पहाडहरूको मनमोहक प्राकृतिक सौन्दर्य नजानिदो पारामा मलाई झन्– झन् बढी झुल्याउन उद्दत हुनुहुन्थ्यो ।

बैँसको प्रेम

शर्मिला सोह्र वर्ष मात्र पुगेकी थिई तर उसको चन्चलता उमेरभन्दा बढी थियो । छरछिमेकका जुनसुकै उमेरका केटाहरूसँग उत्ताउलो भएर कुरा गरेको देखेर उसको बुवा भोलाले भन्ने गर्दथ्यो–“हेर, शर्मिला ! तँ यसरी जोसँग पनि छिलिएर नबोल् त । धेरैजसो केटा मान्छेको बानी भँमराको जस्तो हुन्छ । रस चुस्यो अनि फूललाई छोडेर हिड्यो । तेरो यस्तै बानी रहने हो भने, म सिपाहीसँग तेरो बिहे गराइदिन बाध्य हुने छु ।”

‘नियात्रामा नौलो आयाम’ लोकार्पण

त्रिभुवन विश्वविद्यालय पद्मकन्या बहुमुखी क्याम्पस, नेपाली विभागको आयोजनामा डा. विदुर चालिसेद्वारा लिखित ‘नियात्रामा नौलो आयाम’ समालोचना पुस्तकको विमोचन गरियो । नेपाली विभागका अध्यक्ष डा. शैलेन्दुप्रकाश नेपालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि क्याम्पस प्रमुख प्रा. घनप्रसाद पण्डित, विशेष अतिथि लघुकथा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’, प्राडा कुमारप्रसाद कोइराला, डा. लेखप्रसाद निरौला, केशवप्रसाद चालिसे तथा कृतिका लेखक डा. विदुर चालिसेले बोलेका थिए ।

छैन रहेछ कुनै अर्थ यहाँ दुख पीर भनेर

थाहा हुँदैन बगैचामा फुलेको फूललाई त, बिहान म आर्यघाट पुग्छु या मन्दिर भनेर। भनिन्छ जित्नेहरूको इतिहास लेखिन्छ रे, बुझ्नुपर्छ यस्तै रहेछ मेरो तकदिर भनेर । चिनी माग्दा नुन दिने चलन छ समाजमा, छैन रहेछ कुनै अर्थ यहाँ दुख पीर भनेर।

मेरो देश

नेपालीकी छोरी म नेपाल मेरो देश धेरै पढीलेखी गर्नु छ देशको विकास नेपालका सन्तत्ति सानासाना नानी नेपाललाई माया गर्ने बसालौँ है बानी।

कहिले भयो मातृसत्ताको पतन ?

अध्यात्मवाद लगायत धार्मिक चिन्तन र भौतिकवादजस्ता दुई विपरीत धाराका दार्शनिक चिन्तनले यौनको महत्व र नारीको गरिमालाई नकारेको छैन। तर लैंगिक समानताको सवालमा नारीको भूमिकालाई भोगवादी दृष्टिकोणले हेर्ने पितृसत्ता नै बलशाली भएको मातृसत्तापछिको पितृसत्ताको इतिहास छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्