१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

विपद् जोखिम न्यूनीकरणमा विशेष ध्यान दिन राष्ट्रपतिको आग्रह

राष्ट्रपति विद्यादेवी भण्डारीले बाढी‚ पहिरो र डुबानबाट प्रभावितको खोजी तथा उद्धार, विपद्पश्चात् गरिने राहत, पुनःस्थापना र पुनर्निर्माणका कामका साथै जोखिम न्यूनीकरणका लागि गरिनुपर्ने पूर्वतयारीको काममा सरकारले विशेष ध्यान पुर्‍याउनु पर्ने बताएकी छन्।

बागलुङमा विपद्: ४१ परिवार विस्थापित, ७ घर उच्च जोखिममा

गत सोमबारदेखि निरन्तर परेको भारी वर्षाका कारण ४१ परिवारले घर छोडेर अन्यत्र आश्रय लिएर बस्न बाध्य भएका छन्। यसमा अधिकको घर पूर्ण क्षति र केहीको आशिंक क्षति भएको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ।

मनसुन प्रवेशसँगै बाढीपहिरोको जोखिम उच्च, सतर्कता अपनाउन आग्रह

जल तथा मौसम विज्ञान विभागले मनसुनको आगमनसँगै यस वर्ष बाढी तथा पहिरोको जोखिममा बढोत्तरी हुने सम्भावना रहेको उल्लेख गर्दै सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ ।

खोप नलिएका र बालबालिका तेस्रो लहरको जोखिममा

अबको चारदेखि ६ महिनाभित्र सबै उमेर समूह तेस्रो लहरको कोरोना संक्रमणको जोखिममा रहेको विज्ञले औंल्याएका छन्। नेपालमा अहिले पनि करिब ८ प्रतिशत जनसंख्याले मात्र खोप लिएका र बाँकीका बारेमा अन्योल रहेको अवस्थामा खोप नलिएका उमेर समूह जोखिममा पर्ने उनीहरूको तर्क छ।

पहिराेले गहुँबाली बगायो, २० घर उच्च जोखिममा

निरन्तर आएको अविरल वर्षाका कारण पहिरो गएपछि गहुँ, जौँ बगाएको हो। अविरल वर्षाले वाइकुलो नजिकै पहिरो बगेपछि गहुँ, जौँ बालीमा पूर्णरुपमा क्षति पुर्‍याएको त्यहाँका स्थानीयवासीले बताएका छन्।

करेन्ट लगाएर माछा मार्दा जलचर नै जोखिममा

तमोर, काबेली जस्ता ठूला नदीमा मात्र होइन, स–साना नदीमा पनि माछा मार्न करेन्टको प्रयोग भइरहेको छ। कतै लुकिछिपी तथा कतै स्थानीय अगुवासँगै मिलेर पनि करेन्ट लगाउने गरेको पाइन्छ। कतै रमाइलोका लागि त कतै माछाबाट छिटै आम्दानी लिनका लागि पनि खोलामा करेन्ट लगाइन्छ।

कोरोनाको उच्च जोखिममा डोल्पा: रोकथाम र नियन्त्रणमा नगरको ४० लाख

कोरोना जोखिम न्यूनीकरणमा यहाँका राजनीतिक दलहरुले ऐक्यबद्धता जनाएका छन्। पछिल्लो समय हिमाली जिल्ला डोल्पामा कोरोना संक्रमणको दर बढ्दै गएको र समयमा यसको रोकथाम तथा नियन्त्रणमा ध्यान नपुर्‍याए कोरोनाले उच्च रुप लिने बताउँदै यसको रोकथाम र नियन्त्रणमा यहाँका राजनीतिक दलहरुले ऐक्यबद्धता जनाएका हुन्।

सिन्धुलीमा दैनिक संक्रमणदर बढ्दै, स्वास्थ्य सर्तकता नअपनाउँदा किनमेलमै जोखिम

दैनिक संक्रमण दर बढ्दै गएपनि सिन्धुलीमा अत्यावश्यक सामान किनमेलका लागि भन्दै विहानभर खोलिएका पसलमै न्यूनतम सर्तकता नअपनाउँदा समस्या भएको छ।

संक्रमणको जोखिम गाउँमा बढ्यो

गाउँमा गत वर्षको तुलनामा यो वर्ष क्वारेन्टिनको उचित व्यवस्था नहुनु, जनस्वास्थ्य मापदण्ड पालनामा बेवास्ता, निषेधाज्ञाकै बीचमा हिँडडुल, होम आइसोलेसनमा बसेका संक्रमितका परिवारका सदस्यले मास्क प्रयोग नगर्नु र साबुनपानीले राम्रोसँग हात सफा नगर्नु जस्ता कारणले संक्रमण बढेको देखिन्छ।

रोल्पामा संक्रमित संख्या ५ सय नाघ्यो, महामारीसँग जुध्न छैन योजना

जिल्ला प्रसाशन कार्यालय रोल्पाको तथ्याङ्कअनुसार अहिलेसम्म ३६ जनाले कोरोना जितेका छन्। स्थानीय प्रशासनले जेठ ५ सम्म घोषणा गरेको निषेधाज्ञा १५ दिन थपेर जेठ २० गतेसम्म पुर्याएको छ।

जोखिममा रिपोर्टिङ गर्ने पत्रकारलाई स्वास्थ्य सामग्री

नयाँ भेरियन्टसहित दोस्रो चरणमा फैलिएको कोरोना महामारीको उच्च जोखिममा रहेका बाँकेका पत्रकारका लागि स्वास्थ्य सामग्री सहयोग गरिएको छ।

गम्भीर लक्षणपछि मात्रै अस्पताल पुग्दा बढ्यो जोखिम

कोरोनाको जोखिमसँगै आवश्यक जानकारीको अभावमा समयमै स्वास्थ्य संस्थामा नपुग्दा उपचार सम्भव भएका बिरामीले समेत ज्यान गुमाउनु परेको छ। कोरानोको दोस्रो लहरसँगै बेनी अस्पतालमा पुगेका कोरोना संक्रमति र दिर्घरोगीमा श्वासप्रश्वासको समस्या भएकामध्ये अधिकांंश चिन्ताजनक अवस्थामा भर्ना हुन आएको अस्पतालका प्रमुख डा. जितेन्द्र कँडेलले बताए।

रिपोर्ट ढिलो आउँदा जोखिम बढ्यो

रिपोर्ट ढिलो आउँदा संक्रमित पहिचान गर्न नसकिएको र त्यस्ता व्यक्ति गाउँमा खुलेआम हिँड्दा संक्रमण दर पनि बढ्दै गएको स्वास्थ्यकर्मीले बताएका छन्।

बरालिएका ओली, जोखिममा नागरिक

नेपाल समूहले छुट्टै चुनाव चिह्न लिएर निर्वाचनमा भाग लिए विगत वामदेमको ‘माले’ को हैसियतमा खुम्चने संभावना रहन्छ।

तटबन्ध लगाएर पानीको मुहान संरक्षण

वडा कार्यालय र युनिसेफ नेपालको सहयोगमा रेडक्रसबाट सञ्चालित बाल केन्द्रित विपद् जोखिम न्यूनीकरण कार्यक्रमले ग्याविन वाल लगाएपछि पानीको मुहान संरक्षण भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्