२३ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

तटबन्ध लगाएर पानीको मुहान संरक्षण

दशरथचन्द नगरपालिका–१ गुरुखोलाकी भागरथी भट्ट पानीको मुहान पुरिने डरले चिन्तित थिइन्। पानीको न्वाला (मुहान) माथिबाट आउने पहिरोले मुहान पुरिने चिन्ताले सताइरहेको थियो।

माथि रहेको मणिलेक माविको पर्खालबाट आउने पानीको भलले मुहानै पुर्ने चिन्तामा थिइन् तर अहिले उनको चिन्ता दूर भएको छ। मुहान संरक्षणको लागि ग्याविन वाल (तारजाली) लगाएपछि उनी ढुक्क छिन्।

उनी मात्र होइन गाउँका अन्य स्थानीय र नजिकै रहेको बजारबासी पनि खुसी भएका छन्। तटबन्दले पहिरो रोकिँदा स्थानीयबासी हर्षित भएका छन्।

पानीको मुहानमा आउने भल रोकिएपछि मुहानको संरक्षण हुँदा उनीहरु खुसी भएका हुन्। वडा कार्यालय र युनिसेफ नेपालको सहयोगमा रेडक्रसबाट सञ्चालित बाल केन्द्रित विपद् जोखिम न्यूनीकरण कार्यक्रमले ग्याविन वाल लगाएपछि पानीको मुहान संरक्षण भएको हो।

यसअघि माथिबाट आउने भलले मुहान पुरिँदा समस्या हुने गरेको स्थानीय गजेन्द्रबहादुर चन्दले बताए। खानेपानीको अन्य स्रोत नहुँदा गाउँका सबैले त्यही मुहानको प्रयोग गर्दै आएका छन्। मुहान संरक्षणको लागि मुहान वरपर बिरुवा पनि लगाइएको छ। त्यहाँका स्थानीयको समस्यालाई ध्यानमा राखी सानो लगानीमा मुहान संरक्षण गरिएको बाल केन्द्रित विपद् जोखिम न्यूनीकरण कार्यक्रम अधिकृत तेज पाण्डेले बताए।

अहिले स्थानीयबासी पानीको मुहान सरसफाइ गर्नेदेखि अन्य संरक्षणको काम गर्दै आएको दशरथचन्द नगरपालिका–१ का वडाध्यक्ष भुवनप्रसाद भट्टले बताए । वडा कार्यालय वडाका अन्य ठाउँमा पनि पानीका मुहान संरक्षणको काम गर्दै आएको जानकारी दिए। 

प्रकाशित: २२ वैशाख २०७८ १२:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App