१५ मंसिर २०८१ शनिबार
image/svg+xml

रसुवागढी आइसिपीः चीनसँगको व्यापारमा कोसेढुंगा

भनिन्छ, समस्या सिर्जना भएपछि समाधानका लागि अनेकौं बाटा खुल्छन् । उत्तरी छिमेकी चीन जोड्ने नेपालको दोस्रो प्रमुख नाका रसुवागढीको हकमा पनि यही उक्ति चरितार्थ भएको छ । २०७१ मा भारतले नेपालमाथि अघोषित नाकाबन्दी लगाएपछि सरकारले विकल्पका रुपमा यो नाकाबाट व्यापारिक कारोबार सुरु गरेको थियो ।

८५ प्रतिशत श्रमदानमा आधारभूत स्वास्थ्य भवन तयार

सरकारले हरेक विकास निर्माणको काममा अनिवार्य गरेको कम्तीमा १० प्रतिशत लागत सहभागिता (जनश्रमदान) गर्नसम्म जनता नमान्ने गरेको सुनिन्छ । उदयपुरको एउटा बस्तीमा भने ८५ प्रतिशत जनश्रम गरेर स्वास्थ्य भवन बनाएको सुन्दा तपाँईलाई पत्यार नलाग्न सक्छ । तर, कुरो वास्तविक हो, त्यो पनि सदरमुकामसँगै सीमा जोडिएको बस्तीमा ।

बजेट निर्माणको गृहकार्य सुरु

अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७८/०८९ को बजेट निर्माणका लागि गृहकार्य सुरु गरेको छ। सो क्रममा अर्थ मन्त्रालयले बुधबार पूर्व अर्थसचिवहरूसँग छलफल गरेको छ।

भारतको अनुदानमा बन्ने स्कुलको शिलान्यास

भारत सरकारको अनुदानमा पुनर्निर्माण हुने काठमाडौंको कागेश्वरीस्थित कान्तिभैरव माध्यमिक विद्यालय भवनको शिलान्यास गरिएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील ज्ञवाली र भारतीय राजदूतावासकी मिसन उपप्रमुख नामग्या खम्पाले संयुक्त रूपमा शिलान्यास गरेका हुन्।

पुनर्निर्माणमा पहल

२०७२ सालको विध्वंशकारी भूकम्पले क्षति पुर्‍याएको सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयको पुनर्निर्माण सकिएर सोमबार उद्घाटन भएको छ । मुलुकको प्रमुख प्रशासनिक भवनकारूपमा रहेको प्रधानमन्त्री कार्यालयको प्रबलीकरण गरिएको हो जसमा पूर्वी, उत्तरी र दक्षिणी मोहडाको काम सम्पन्न भएको छ ।

मधेसको लाइफलाइन निर्माणले फेरि पलायो समृद्धिको आशा

राणाकालदेखिकै मधेसको मन जित्ने नारा हो, हुलाकी राजमार्ग निर्माण। यही नारालाई संसदीय र स्थानीय तह निर्वाचनका उम्मेदवारले मजाले भजाए। यो राजमार्गसँग जोडिएको मधेसी जनताको आर्थिक समृद्धिको चुनावी नारा पनि खुबै बिक्यो।

धरहरा फागुनसम्म सक्न निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा र सिंहदरबारको पुनर्निर्माण आगामी महिनाभित्रै सक्न गर्न निर्देशन दिएका छन्। प्रधानमन्त्री ओलीले २०७२ वैशाख १२ गतेको भूकम्पबाट क्षतिग्रस्त सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय तथा धरहराको पुनर्निर्माण कार्यको निरीक्षण गर्दै आगामी महिनाभित्रै सम्पन्न गर्न निर्देशन दिएका हुन्। प्रधानमन्त्री ओलीले सिंहदरबार पुनर्निर्माणका क्रममा पुरातात्विक महत्वका वस्तुलाई यथास्वरूपमै कायम राख्न निर्देशन दिएका छन्।

वर्षदिनमै चर्कियो भवन

पश्चिम सुर्खेतको बराहताल गाउँपालिका–८ कुनाथरीस्थित सरस्वती आधारभूत विद्यालयको दुईकोठे भवन बनेको वर्षदिनमै चर्किएको छ। उक्त भवन निर्माणका लागि २०७६ वैशाख २६ गते सम्झौता भएर एक महिनामै बनाइएको थियो। जिल्ला समन्वय समितिको २५ लाख अनुदानमा निर्माण भएको भवन वर्ष दिनमै चर्किएको हो।

विजयपुर खोलामा पौने ६ करोडको पुल

पोखरा र सिक्लेस सडकखण्डअन्तर्गत पर्ने विजयपुर खोलामा पुल बनेको छ। पोखरादेखि पर्यटकीय र ऐतिहासिक गाउँ सिक्लेस पुग्ने सडकखण्डअन्तर्गत पर्ने पोखरा महानगरपालिका–१३ र मादी गाउँपालिका–५ को सिमानामा पर्ने सिन्डीकोमुख गारकाटेस्थित विजयपुर खोलामा मोटरेबल पुल बनेको हो।

बदलिँदै दिपायल

थोत्रा टिनले बेरिएका स–साना झुप्रा। त्यही झुप्राबाट बर्सौंदेखि चल्दै आएको दिपायल (पिपल्ला) बजारले गति लिँदै बदलिन थालेको छ। पछिल्ला दिनमा पर्यापर्यटन र बजारीकरण विस्तारले दिपायलका टिनका टहरा बदलिएर गगनचुम्बी महलमा परिणत हुन थालेका हुन्।

रूप फेर्दै रंगेली

पूर्वाधार निर्माणमा भएको प्रगतिले ४/५ वर्षपहिले रंगेली छाडेर जानेहरू फर्किन थालेका छन्। रंगेली छाड्न चाहनेले योजना परिवर्तन गरेका छन्। रंगेलीमा जग्गा किनबेच र मूल्य अत्यधिक बढेको छ।

छ लेन सडक: थपेको म्याद पनि सकियो निर्माण कार्य अधुरै

सुदूरपश्चिम प्रदेशको महत्वपूर्ण आयोजनाको रूपमा रहेको दक्षिणतर्फ भारतको मुख्य नाका गौरीफन्टासँग जोडिएको धनगढी मोहनादेखि अत्तरियासम्मको ६ लेन सडक निर्माण दुई वर्षमा सिध्याउनु पर्नेमा आयोजना कार्यालय र ठेकेदारको लापरवाहीले ४३ महिना बित्दा पनि सम्पन्न हुन सकेको छैन।

फेरि अवरुद्ध मदन भण्डारी लोकमार्ग

लामो समयदेखि निर्माणाधीन ‘मदन भण्डारी लोकमार्ग’ अन्तर्गत उदयपुरको पुरानो गाईघाट (पिजी) चोकमा चौडाई विवाद बल्झेपछि निर्माण अवरुद्ध भएको छ । नगरपालिकाले लागू गरेको २२ मिटर चौडा बनाउने विषयमा दायाँबायाँका स्थानीयले जमिन छाड्न नमानेपछि वर्ष दिनयता सडक निर्माण अवरुद्ध भएको थियो । दुई साताअघि यसमा सहमति जुटेपछि काम सुचारु भएकामा अहिले फेरि विवाद झिकेर अवरुद्ध भएको छ ।

एनसेलले रिङरोडको १०.२ किलोमिटर सडकखण्डमा हरियाली निर्माण गर्दै

एनसेल आजियाटा लिमिटेडले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत वन तथा भू–संरक्षण विभागसँगको सहकार्यमा कोटेश्वरदेखि कलंकी सडकखण्डको ग्रीन बेल्ट क्षेत्रमा हरियाली निर्माण तथा संरक्षण गर्दैछ। झण्डै १०.२ किलोमिटर दूरी रहेको यस सडकखण्डको हरियाली विकास तथा संरक्षण गर्दै एनसेलले वातावरण संरक्षणमा योगदान पुर्‍याउने उद्देश्य लिएको छ।

६ लेन सडक निर्माण: थप म्याद पनि सकियो, काम सकिएन

सुदूरपश्चिम प्रदेशको महत्वपुर्ण आयोजनाको रुपमा रहेको दक्षिणतर्फ भारतको मुृख्य नाका गौरिफन्टा सँग जोडिएको धनगढी मोहना देखि अत्तरिया सम्मको ६ लेन सडक निर्माण दुई बर्षमा सिध्याउनु पर्नेमा आयोजना कार्यालय र ठेकदारको लापरवाहीले ४३ महिना बित्दा पनि सम्पन्न हुन सकेको छैन ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्