२४ फाल्गुन २०८२ आइतबार
image/svg+xml

लोकसेवाको तयारी छोडेर राजनीतिमा होमिएकी निशा डाँगी भन्छिन्: मिसन र भिजनमा स्पष्ट छु

जागिर खाएर व्यक्तिगत जीवन सुधार्ने सोच त्यागेर जनताको सेवक बन्ने उद्देश्यका साथ उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को झण्डामुनि गोलबद्ध हुने कठिन तर चुनौतीपूर्ण बाटोमा होमिइन्।

उदयपुर–२ मा रास्वपाको बाजी

उदयपुर क्षेत्र नम्बर -२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सूर्यबहादुर तामाङ फराकिलो मतान्तरसहित विजयी भएका छन्।

अब खुसी मनाउने होइन, काम गर्ने कुरा हुन्छ: पुन

म्याग्दीमा विगतका वर्षहरूमा निर्वाचनपछि विजेताले खुसी साँट्ने तडकभडकपूर्ण विजयी उत्सवले बजार क्षेत्र कोलाहलपूर्ण बन्ने गरेको थियो।

राजनीतिमा महावीर शैली: विजयपछि उत्सव होइन, जिम्मेवारीको सन्देश

निर्वाचनबाट एक जना मात्र विजेता हुने र अन्य उम्मेदवार पराजित हुने भएकाले विजेताले सबै उम्मेदवारको भावनाको सम्मान गर्नुपर्ने उनले धारणा राखे। विजयी उत्सवका तडकभडकले कसैलाई जित–हारको पीडा महसुस गराउनु उचित नहुने भन्दै सांसद पुनले सबै उम्मेदवारको सम्मानका लागि आफूले विजयी उत्सव नगर्ने बताए।

सडकको आवाजलाई सदनमा पुर्‍याउँदै शर्मा

‘आमयुवा र हाम्रो बागलुङ, हाम्रो जिम्मेवारी’ का संस्थापक सोम शर्मा युवाको आवाजलाई सडकबाट संसद्मा पुर्‍याउँदै छन्।

जनताको आवाज सशक्त उठाउँछुः दीपक बोहरा

कञ्चनपुर निर्वाचन क्षेत्र नं-२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दीपकराज बोहराले जनताको आवाज संसद्सम्म सशक्त रूपमा पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।

धनुषा ४ मा रास्वपाका महतो विजयी

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का रघुवीर महासेठले ११ हजार ५२९ मत प्राप्त गरे। यस क्षेत्रमा विभिन्न दल र स्वतन्त्र गरी ३७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए। एक लाख २७ हजार ७७८ मतदाता रहेकामा ८३ हजार ९६७ मत खसेको थियो।

जनहित, विकास र समृद्धिका लागि इमान्दारीपूर्वक काम गर्छु : नवनिर्वाचित सांसद महता

महताले मतदाताहरूले आफूमाथि देखाएको विश्वास र भरोसालाई सधैँ सम्मान गर्दै जनहित, विकास र समृद्धिका लागि इमान्दारीपूर्वक काम गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे।

डडेल्धुरामा ३४ वर्षे कांग्रेस विरासत ढल्यो : शेरबहादुरको गढमा ताराप्रसाद उदाए

विशेषगरी २०६२/६३ को जनआन्दोलनमा डा जोशीको सक्रिय सहभागिता रहेको थियो। सामाजिक, सांस्कृतिक तथा आर्थिक क्षेत्रमा समेत सक्रिय रहेका उनी सामाजिक मुद्दामा आवाज उठाउने नेताका रूपमा चिनिन्छन्।

एमालेले जोगायो ३ दशकदेखिको ‘लालकिल्ला’

देशभर राष्ट्रिय स्वतन्त्र पार्टीले पुराना दलहरूलाई चुनावी प्रतिस्पर्धाबाट ‘बढारिहेका’ बेला इलाम क्षेत्र-२ मा भने नेकपा (एमाले) आफ्नो ३ दशकयताको विरासत जोगाउन सफल भएको छ।

अहिलेसम्म १२ महिला उम्मेदवार निर्वाचित

नेपाली कांग्रेसका तर्फबाट भने दैलेख-१ मा बासना थापा १२ हजार ३७२ मतसहित विजयी भएकी छन्। उनले एमालेका रवीन्द्रराज शर्मालाई पराजित गरिन्।

ओखलढुंगामा विश्वराज पोखरेल २२१ मतले अगाडि

ओखलढुंगामा जारी मतगणनामा लामो समयदेखि पछि परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विश्वराज पोखरेलले अग्रता लिएका छन्।

इलाम-२ मा एमालेका सुहाङ नेम्बाङ विजयी

निर्वाचन अधिकृतको कार्यालयबाट औपचारिक घोषणा हुन बाँकी रहे पनि अन्तिम मतपरिणामअनुसार नेम्बाङले फराकिलो मतान्तरसहित जित सुनिश्चित गरेका हुन्।

मोरङ–३ : बेलबारीको मत गन्दा कार्कीको अग्रता फराकिलो, शर्मा ११ हजार मतले पछि

मोरङ क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार गणेश कार्कीले फराकिलो अग्रता बनाएका छन्। बेलबारी नगरपालिकाको वडा नम्बर २ र १० को मतपरिणाम मिसिएपछि कार्कीले मतान्तर थप बढाएका हुन्।

बाजुरामा कांग्रेसका गिरीले लिए अग्रता, हेमराज तेस्रो

प्रतिनिधिसभा सदस्य पदका लागि भएको निर्वाचनमा बाजुरमा नेपाली कांग्रेसका उम्मेदवार जनकराज गिरीले अग्रता लिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्