coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

बुहारीको तिलहरी

मैपतीका सँगैका दौंतरीहरू कोही एसएलसीसम्म, कोही आइएसम्म पढेर ऊबेला सजिलै पाइने मास्टरी जागिर खाएर, हुलाकी जागिर खाएर गाउँमा ‘सर’को परिचयले हिँडडुल गरेर खान्छन्। मैपतिले भने खासै पढेनन् स्कुले विद्या।

अस्ताए गायक योगेश

चिनियाँ नेता चाउ एन लाई नेपाल भ्रमणमा आएका बेला स्कुलमै गीत गाएर चर्चा कमाएका वरिष्ठ गायक तथा संगीतकार योगेश वैद्यको निधनसँगै इतिहासको एक कालखण्ड अन्त्य भएको छ। लामो समयदेखि मिर्गौला र मधुमेहबाट पीडित योगेशको बिहीबार राति ७७ वर्षको उमेरमा काठमाडौंमा निधन भएको हो।

चाहिन्न एसएलसी

शिक्षा मन्त्रालय, शिक्षालय, अभिभावक, विद्यार्थी सबै एसएलसीमा राम्रो नम्बर ल्याउनुपर्ने एकसूत्रीय रटानमा लागे। जसले यो एसएलसी भन्ने शब्द विद्यार्थीको प्रगतिका लागि ठूलो अवरोध बन्यो। अर्थात् मनको बाघ बनाइयो यसलाई।

शिक्षा पत्रकार प्रकृति अधिकारीको ‘राणाकालीन शिक्षा’ सार्वजनिक

पत्रकार प्रकृति अधिकारीद्धारा लेखिएको ‘राणाकालीन शिक्षा’ पुस्तक बुधबार सार्वजनिक भएको छ।अन्तर्राष्ट्रिय शिक्षा दिवसको अवसरमा शिक्षा तथा मानव स्रोत विकास केन्द्र, सानोठिमीमा आयोजित कार्यक्रममा सो पुस्तक सार्वजनिक गरिएको हो।

अब एसएलसी कक्षा १२ मा

सरकारले शिक्षा नियमावली २०५९ संशोधन गरी शिक्षा (सातौं संशोधन) नियमावली २०६९ मा हाल कक्षा १२ लाई विद्यालय शिक्षाको अन्तिम खुट्किलो कायम गरेको छ। मूल नियमावलीको नियम ४७(क)मा संशोधन गरी नियमावलीको नियमन (४७) कमा रहेको ‘कक्षा १० मा’ भन्ने शब्दावलीको सट्टा ‘कक्षा १२ मा’ भन्ने शब्दावली राखिएको छ। जसले गर्दा अब विद्यार्थीको स्कुल लिभिङ सर्टिफिकेट अर्थात् (एसएलसी) कक्षा १२ मा कायम भएको राष्ट्रिय परीक्षा बोर्ड माध्यमिक शिक्षा परीक्षा कक्षा १० का परीक्षा नियन्त्रक रामराज खकुरेलले बताए।

त्यो एसएलसीः प्रधानमन्त्रीको जन्म दिन परेपछि परीक्षा सारियो

एसएलसी परीक्षा चलिरहेको थियो। तर यत्तिकैमा अचानक इतिहास विषयको परीक्षा तोकिएको दिन नहुने र भोलिपल्ट गरिने सूचना जारी भयो। धेरैजना के के न भयो भनेर रनभुल्लमा परे।

पश्चिमेलीको मन जित्दै बुटवल–भैरहवाका उच्च मावि

कुनै समय थियो, एसएलसी वा एसइई परीक्षा सकिएलगत्तै बुटवल भैरहवाका नाम चलेका स्कुलका अब्बल भनिएका विद्यार्थी ब्रिज कोर्स पढ्ने बहानामा काठमाडौं हानिन्थे। रिजल्ट आउने बेला काठमाडांैका नाम चलेका कलेजमा भर्नाका लागि भनसुन सुरु हुन्थ्यो। काठमाडौंका टप भनिएका कलेजका सञ्चालकहरू आफैं उत्कृष्ट विद्यार्थी खोज्दै बुटवल आउँथे। तर, पछिल्लो समय यहाँको शैक्षिक माहोल फेरिएको छ। कक्षा ११ र १२ अध्ययनका लागि काठमाडौं जाने विद्यार्थीको संख्या जिल्लामा नगन्य छ। रुपन्देहीसँगै पश्चिम नेपालका विभिन्न जिल्लाका विद्यार्थी अभिभावकको रोजाइमा बुटवल, भैरहवाका कलेजहरू पर्न थालेका छन्। जसका कारण यहाँका माविहरूमा अहिले एसइई पास भएका विद्यार्थीको भर्नाका लागि भीड बढेको छ।

अलिअलि गर्दै एक करोडको छात्रवृत्ति

गरिबीका कारण उनले उच्च शिक्षा पढ्न सकेनन्। अभावले राम्रोसँग पढ्न नपाउँदा उनले एसएलसीअध्ययन पनि पूरा गर्न सकेनन्। पढ्ने धोको अधुरै छाडेर उनी खाडी पुगे। २०५० सालमा परिवारलाई डेरामा राखेर धन कमाउन साउदी अरब गए। पाँच वर्ष छ महिना विदेशमा श्रम गरेर फर्किए। आफूले नपढे पनि छोराछोरीलाई पढाए।

एसएलसी नोस्टाल्जिया

खेलमा त विभिन्न तौल समूहमा वर्गीकरण गरी प्रतियोगिता हुन्छ। यो एसएलसीमा कति पक्षपाती व्यवहार? अंग्रेजी माध्यममा पढे–बढेका विद्यार्थी र एउटा साधारण प्यासेज पनि कनीकुथी अर्थ्याउनुपर्ने सरकारी परीक्षार्थीबीच एकै प्रतिस्पर्धा, समान प्रश्नपत्र।

एसएलसी खारेज, अब एसइई हुने

सरकारले यसै वर्षदेखि एसएलसी परीक्षाको नाम फेर्‍यो। संशोधित शिक्षा ऐनअनुसार कक्षा १२ सम्म माध्यमिक तह कायम गरियो । तर, कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई) सञ्चालनको जिम्मेवारी भने परीक्षा नियन्त्रण कार्यालयले नै पाएको छ।

एसएलसी परीक्षाको अन्योल

शिक्षा ऐन २०२८ को आठौँ संशोधनपश्चात् सबैभन्दा धेरै सोधिएको प्रश्न अब एसएलसी परीक्षा हुन्छ कि हुँदैन भन्ने थियो र त्यो आजका दिनसम्म पनि उत्तिकै मात्रामा सोधिने गरेको छ। किनकि १९९० सालदेखि सञ्चालनमा ल्याइएको एसएलसी परीक्षाले आममानिसमा एउटा गज्जबको छाप बसालिसकेको छ।

एक हजारमा एसएलसीको प्रमाणपत्र

प्रहरीले एकहजार रुपैयाँमा एसएलसीको प्रमाण पत्र बनाउने ब्यक्ती सहित तीनजनालाई पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाले नक्कली शैक्षिक प्रमाणपत्र देखि सरकारी कार्यालय र मन्त्रालयसम्मका नक्कली पत्र बनाउने तीनजनालाई पक्रेको हो।

एसएलसी पूरक परीक्षा आजदेखि सुरु

परीक्षा नियन्त्रण कार्यालय सानो ठिमीले देशभरका १९२ वटा परीक्षा केन्द्रमार्फत आजबाट प्रवेशिका (एसएलसी) पूरक अर्थात ग्रेड वृद्धि परीक्षा सुरु गरेको छ। परीक्षा नियन्त्रण कार्यालय सानो ठिमीका परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले आजदेखि सुरु भएको परीक्षामा नियमित तर्फ एक लाख आठ हजार ३२६ जना र एक्जाम्टेड तर्फ ३९ हजार २५७ जना गरी कुल एक लाख ४७ हजार पाँचसय ८३ जना सहभागी भएको जानकारी दिए।

एसएलसीको पूरक परीक्षा साउन १४ गतेदेखि, तयारी पूरा

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यही साउन १४ गतेबाट सुरु हुने एसएलसी पूरक अर्थात् ग्रेड वृद्धि परीक्षाको तयारी पूरा गरेको छ। कार्यालयका परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले १४ गतेदेखि सुरु हुने ग्रेड वृद्धि परीक्षाको तयारी पूरा गरेको आज जानकारी दिए। उनले परीक्षाका लागि आवश्यक प्रश्नपत्र, उत्तरपुस्तिका र अन्य सामग्री जिल्लाहरुमा पठाइसकिएको जानकारी दिए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्