८ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

एसएलसीको पूरक परीक्षा साउन १४ गतेदेखि, तयारी पूरा

भक्तपुर-परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यही साउन १४ गतेबाट सुरु हुने एसएलसी पूरक अर्थात् ग्रेड वृद्धि परीक्षाको तयारी पूरा गरेको छ।      कार्यालयका परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले १४ गतेदेखि सुरु हुने ग्रेड वृद्धि परीक्षाको तयारी पूरा गरेको आज जानकारी दिए। उनले परीक्षाका लागि आवश्यक प्रश्नपत्र, उत्तरपुस्तिका र अन्य सामग्री जिल्लाहरुमा पठाइसकिएको जानकारी दिए ।

 परीक्षाका लागि कार्यालयले ७५ वटै जिल्लामा १९२ वटा परीक्षा केन्द्र निर्धारण गरेको जानकारी दिँदै उनले एक लाख ४७ हजार विद्यार्थीले ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने बताए।

परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले दुई विषयसम्म सैद्धान्तिकतर्फ ‘डी’ र ‘इ’ ग्रेड ल्याएर पूरक परीक्षा दिन पाउने विद्यार्थीको सङ्ख्या नियमिततर्फ एक लाख आठ हजार ३२६ जना र एक्जाम्टेडतर्फ ३९ हजार २५७ जना गरी कुल एक लाख ४७ हजार ५८३ जना रहेको बताए।

एसएलसी परीक्षामा बढीमा दुई विषयसम्म सैद्धान्तिकतर्फ ‘डी’ र ‘इ’ ग्रेड ल्याउने परीक्षार्थीले पूरक अर्थात् ग्रेड वृद्धि परीक्षा दिन पाउने कार्यालयले व्यवस्था गरेको छ ।     परीक्षा साउन १४ देखि २१ गतेसम्म बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुने उहाँले जानकारी दिए। रासस

प्रकाशित: १० श्रावण २०७३ ०७:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App