५ वैशाख २०८१ बुधबार
अन्य

‘एसएलसी पास हुँदा दुःखी भएँ’

खगेन्द्र लामिछाने, अभिनेता

तपार्इं अभिनेता कि लेखक ?
दुवै ।

यी दुवै नभएको भए के बन्नुहुन्थ्यो ?
किसान बन्थेँ । सानैदेखि खेतीकिसानीमा रुचि थियो ।

अभिनेता बनिसकेपछि के कुरालाई तपार्इं सबैभन्दा बढी ‘मिस’ गर्नुहुन्छ ?
आमाबा, लेखन र खेतीकिसानीलाई धेरै मिस गर्छु ।

तपाईंको पहिलो जागिर र तलब कति थियो ?
सन्  २००७ मा बीबीसी मिडिया एक्सनबाट जागिर थालेको हुँ । महिनाको लगभग ६० हजार रुपैयाँ तलब थापेको थिएँ ।

जीवनको कुनै यस्तो दिन, जसलाई तपाईं फेरि जिउन चाहनुहुन्छ ?
एसएलसी पास भएको दिन म निकै दुःखी थिएँ । त्यति धेरै दुःखी त्यसपछि कहिल्यै भएन । त्यो दिन फेरि बाँच्न मन छ ।
पास हुँदा पनि दुःखी चाहिँ किन ?
म किसान बन्न चाहन्थेँ । घरमै बस्न चाहन्थेँ । एसएलसी पास भएपछि मलाई बाउले पढाउन शहर खेद्छन भन्ने पक्कापक्की थियो । त्यसैले दुःखी थिएँ ।

मनोरञ्जन क्षेत्रको कुन कुरा तपाईंलाई सबैभन्दा बढी मन पर्छ ?
यो क्षेत्रले धेरै खालका मान्छेसँग अन्तक्रिया गर्ने अवसर दिन्छ । यसले समाज बुभ्mन अलिकति मद्दत गर्छ । यो कुरा नै बढी मन पर्छ ।

के कुराले तपार्इंलाई बढी चित्त दुख्छ ?
पढ्न–लेख्नबाट वञ्चित बालबालिका देख्दा निकै चित्त दुख्छ ।

तपाईंको अगाडि साँच्चिकै ‘हनुमान’ प्रकट भए भने के गर्नुहुन्छ ?
‘हनुमानजी, म पशुपतिप्रसाद । चिन्नु भएन ?’ भनेर सोध्छु ।

यदि तपाईं देशको प्रधानमन्त्री बन्नुभयो भने सबैभन्दा पहिला के गर्नुहुन्छ ?
सबभन्दा पहिला कुनै एउटा सरकारी अस्पतालको चर्पी आपैmँले सफा गर्छु । अनि, कर्मचारीलाई सफा गर्न लगाउँछु ।

कस्तो कुराले तपाईंलाई बढी खुशी बनाउँछ ?
देशको फलानो ठाउँमा यस्तो चिज बन्यो । यो चिजले यति मान्छे लाभान्वित भए भन्ने समाचार पढ्दा असाध्यै खुशी लाग्छ ।

के देख्दा दुःख लाग्छ ?
खादा र टीका लगाएर खाडी हिँडेका दाजुभाइ, दिदीबहिनी देख्दा एकदमै दुःख लाग्छ ।

युवतीहरूले प्रेम प्रस्ताव राख्दा कस्तो लाग्छ ?
‘म विवाहित हुँ’ भनेर सम्झाउँछु ।

तपाईंको गोप्य कुरा जो दर्शकलाई थाहा छैन ?
म खाना एकदमै मीठो पकाउँछु ।

तपाईंले चाहेको तर गर्न नसकेको कुनै अधुरो काम ?
आफ्नै लगानीमा काठमाडौँमा एउटा आर्ट सेन्टर खोल्ने सपना छ ।

तपार्इंको कमजोरी के हो ?
अलि छिटो रिसाउँछु । नयाँ साथीलाई पनि छिट्टै विश्वास गर्छु ।

आफूभित्रको के कुरालाई आफ्नो शक्ति ठान्नुहुन्छ ?
लगनशीलता र अनुशासन ।

आफूलाई नै मन पर्ने आफ्नो बानी ?
कसैले केही भन्यो भने मलाई ‘रियाक्ट’ गरिहाल्नुपर्छ । त्यो चाहिँ मन पर्दैन । हटाउन खोज्दैछु ।


प्रस्तुतिः अनिल

 

 

प्रकाशित: २८ चैत्र २०७३ १०:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App