१२ मंसिर २०८१ बुधबार
image/svg+xml

डोटीको बडिकेदार गाउँपालिकामा कांग्रेस विजयी

नौ वटा स्थानीय तह रहेको डोटीमा पहिलो पटक कांग्रेसले आफ्नो विजयको सुरुआत गरेको हो ।

विराटनगर महानगरको प्रमुखमा काँग्रेसको अग्रता कायमै

कोइरालाले २ हजार तीन सय सतहतर मत प्राप्त गरेका छन् भने एमालेका सागर थापाले १ हजार ७ सय १० मत प्राप्त गरेका छन्। त्यसैगरी, उपप्रमुखमा एमालेकी शिल्पा निराला कार्कीले १ हजार ९ सय २३ मत प्राप्त गरेकी छन् भने गठबन्धनततर्फबाट जसपाका अमरेन्द्र यादवले १ हजार २ सय ८ मत प्राप्त गरेका छन्।

सिन्धुलीकाे दुई वडामा काँग्रेस विजयी

५ सय ८० मत सहित उनीले जितेका हुन्। कार्की यसअघिका पनि त्यस वडाका वडा अध्यक्ष थिए। यस्तै सिन्धुलीको तीनपाटन गाँउपालिका ११ मा काँग्रेसले जितेका छ।

कांग्रेसले थप्यो तीन वडाध्यक्षः तीन पालिका प्रमुखमा उसकै अग्रता

प्रमुखका उम्मेदवार बालकृष्ण बस्नेतले १ हजार २ सय ७३ र उपप्रमुखकी उम्मेदवार मञ्जु तामाङले १ हजार १ सय ८४ मत पाएका छन्। उनीहरुलाई एमाले प्रमुख र उपप्रमुखका उम्मेदवार निमफुञ्जो शेर्पा र सुशीला पाख्रिनले टक्कर दिइरहेका छन्।

बर्दियाको गुलरिया न.पा–१ मा कांग्रेस प्यानल विजयी

गुलरिया नगरपालिका-१ को वडा अध्यक्षमा जोगिराम थारुको प्यानल विजयी भएको छ। गुलरिया नगरपालिका-१ मा नेपाली कांग्रेसको पुरै प्यानल विजयी भएको हो।

गोरखा नगरपालिका मेयरमा कांग्रेसको अग्रता

गोरखा नगरपालिकाको वडा नम्बर १ र २ को मतगणना सकिँदा मेयरमा नेपाली कांग्रेसले अग्रता लिएको छ। कांग्रेसले मेयरमा १ हजार ५६ मतल्याएको छ भने उप मेयरमा १ हजार ८० मतप्राप्त गरेको छ।

रोल्पामा कांग्रेसले जितको खाता खोल्यो

रोल्पामा नेपाली कांग्रेसले जितको खाता खोलेको छ। गंगादेव गाउँपालिका वडा न. १ मा नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवार अमृतबहादुर ओलीले विजयी सुरुवात गरेका हुन्।

दाङमा कांग्रेसको विजयी सुरुवात

दाङमा नेपाली कांग्रेससले विजयी सुरुवात गरेको छ। जिल्लाको दङ्गिशरण गाउँपालिका वडा नम्बर ९ को वडा अध्यक्षमा कांग्रेस विजयी भएको हो।

बैतडीका ४ मा कांग्रेस २ स्थानीय तहमा एमालेको अग्रता

बैतडीका चार स्थानीय तहमा कांग्रेस र दुई स्थानीय तहमा एमालेका उम्मेदवारले अग्रता लिएका छन्। जिल्लाका १० स्थानीय तहमध्ये ६ स्थानीय तहमा मतगणना जारी रहेको छ।

बुटवल र भैरहवामा कांग्रेसको अग्रता

रुपन्देहीका स्थनीय तहहरूमा मत गणना भइरहेको छ। मतगणना सुरु भएका स्थानीय तहहरूमा कांग्रेसले अग्रता लिएको छ।

कागेश्वरी मनोहरामा कांग्रेसको प्रारम्भिक अग्रता

कागेश्वरी मनोहरा नगरपालिकाको प्रारम्भिक मतगणनाअनुसार नगर प्रमुखमा नेपाली कांग्रेसले अग्रता लिएको छ।

नुवाकोटको म्यागङ–१ मा कांग्रेसको प्यानल विजयी

यही वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा अन्तर्गत सो वडा को वडाध्यक्ष पदमा जिमाबहादुर तामाङ ९४ मत ल्याएर विजयी भएकाे निर्वाचन अधिकृतले सूर्यदर्शन पण्डितले जानकारी दिए।

उम्मेदवार चढेको गाडीको ठक्करबाट मतदाताको मृत्यु

रुकुम पश्चिममा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। नेपाली कांग्रेसका गाउँपालिका अध्यक्षका उम्मेदवार जनक बाँठामगर सवार गाडीको ठक्करबाट बाँफिकोट गाउँपालिका वडा नं. ७ का ७० वर्षीय प्रवीण खत्रीको मृत्यु भएको हो।

सत्यवती माध्यामिक विद्यालयबाट रामचन्द्र पौडेलले गरे मतदान

उनले बिहान व्यास नगरपालिका -२ सत्यवती माध्यामिक विद्यालयको मतदान केन्द्र ‘ख’ मा मतदान गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्