८ वैशाख २०८१ शनिबार
राजनीति

नुवाकोटको म्यागङ–१ मा कांग्रेसको प्यानल विजयी

नुवाकोटको म्यागङ गाँउपालिका वडा नं १ मा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ। यही वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा अन्तर्गत सो वडा को वडाध्यक्ष पदमा जिमाबहादुर तामाङ ९४ मत ल्याएर विजयी भएकाे निर्वाचन अधिकृतले सूर्यदर्शन पण्डितले जानकारी दिए।

उनका अनुसार नवनिर्वाचित तामाङको निकटतम् प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का  अनिलकुमार घलेले ६९ मत प्राप्त गरेका छन्। वडाध्यक्षसहित महिला सदस्य, दलित महिला सदस्य र दुई खुला सदस्य गरेर वडाको पाँच जना पदाधिकारी नै कांग्रेसका उम्मेदवार विजयी भएका छन्।

उक्त वडाबाट गाउँपालिकाको अध्यक्षमा  कांग्रेसका उम्मेदवारलाई ९३ , माओवादीका उम्मेदवारलाई ६९, नेकपा (एमाले) को उम्मेदवारलाई ३७ मत प्राप्त भएको थियो। अहिले सोही गाउँपालिकाको वडा नं २ को मतगणना जारी छ।

प्रकाशित: ३१ वैशाख २०७९ ०१:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App