२० वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

बुटवल र भैरहवामा कांग्रेसको अग्रता

रुपन्देहीका स्थनीय तहहरूमा मत गणना भइरहेको छ। मतगणना सुरु भएका स्थानीय तहहरूमा कांग्रेसले अग्रता लिएको छ।

बुटवल उपमहानगरपालिकामा ९ सय मतगणना हुँदा  नेपाली कांग्रेसका खेलराज पण्डेले ४ बाइस मतले अग्रता लिएका छन्। दोस्रो स्थानमा राप्रपाका मृगेन्द्रकुमार शेरचनले २१५ मत पाएका छन्। एमाले तेस्रो स्थानमा छ। एमालेका बाबुराम भट्टराईले १६० मत पाएका छन्।

सिद्धार्थनगर नगरपालिकामा पनि कांग्रेसले अग्रता लिएको छ। दोस्रामा राष्ट्रिय प्रजातन्त्र पार्टी छ। तेस्रामा एमाले छ। सिद्धार्थनगरमा ७९२ मत गणना हुँदा कांग्रेसका इस्तियाक अहमद खानले ३९१,राप्रपाका सागरप्रताप राणाले १६५ नेकपा एमालेले जम्मा ६२ मत पाएका छन्।

प्रकाशित: ३१ वैशाख २०७९ ०५:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App