१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

उम्मेदवार चढेको गाडीको ठक्करबाट मतदाताको मृत्यु

रुकुम पश्चिममा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। नेपाली कांग्रेसका गाउँपालिका अध्यक्षका उम्मेदवार जनक बाँठामगर सवार गाडीको ठक्करबाट बाँफिकोट गाउँपालिका वडा नं. ७ का ७० वर्षीय प्रवीण खत्रीको मृत्यु भएको हो।

उनको सल्ले अस्पतालमा मृत्यु भएको प्रहरीले बताएको छ। बाँफिकोट गाउँपालिकाको धारवाङ स्कुलको मतदान केन्द्र नजिक लु३च ३३१० नम्बरको गाडीले खत्रीलाई ठक्कर दिएको थियो। गाडीमा उम्मेदवार जनककुमार बाँठा मगर चढेका थिए।

खत्री मत हाल्नका लागि मतदान केन्द्रतिर जाँदै बाँठालाई मतदान केन्द्रमा जाँदै गरेको उक्त गाडीले ठक्कर दिएको थियो। प्रहरीले गाडीका चालक देवराज शाहीलाई नियन्त्रणमा लिएको छ। दैनिक कांगे्रस माओवादी झडप भइरहेको रुकुममा यो दुर्घटनालाई पनि केहिले राजनिति करण गर्न थालेको एक प्रहरीले बताए।

प्रकाशित: ३० वैशाख २०७९ १३:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App