सरकारी काम गर्दा खोसिएको खुसी !
त्यस दिन विद्युत् प्राधिकरणको काममा नगएका भए तनहुँ माझकोटमा शिवबहादुर थापा खाडीमा रोजगार भएर राम्रैसँग घरगृहस्थी चलाइरहेका हुन्थे। दुई दिनपछि साउदी उड्ने तयारी थियो उनको। पत्नी र एक छोरीको मुहारमा खुसी ल्याउने आशा बोकेका उनको मन फुरुंग थियो।